إِذَا جَاءَكَ الْمُنَافِقُونَ قَالُوا نَشْهَدُ إِنَّكَ لَرَسُولُ اللَّهِ ۗ وَاللَّهُ يَعْلَمُ إِنَّكَ لَرَسُولُهُ وَاللَّهُ يَشْهَدُ إِنَّ الْمُنَافِقِينَ لَكَاذِبُونَ (1) हे मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) ! जब मुनाफिकहरू तपाई सामु आउँदछन् तब भन्दछन् कि हामी साक्षी छौं कि निश्चय नै तपाई अल्लाहको रसूल हुनुहुन्छ । अल्लाह जान्दछ कि निश्चय नै तपाई उसको रसूल हुनुहुन्छ तर अल्लाह गवाही दिन्छ कि यी मुनाफिकहरू एकदमै झूठा छन् । |
اتَّخَذُوا أَيْمَانَهُمْ جُنَّةً فَصَدُّوا عَن سَبِيلِ اللَّهِ ۚ إِنَّهُمْ سَاءَ مَا كَانُوا يَعْمَلُونَ (2) उनीहरूले आफ्नो शपथहरूलाई कवच बनाइसकेका छन् । यसप्रकार उनीहरूले अल्लाहको मार्गबाट रोकिए । निश्चय नै त्यो नराम्रो काम छ जुन यिनीहरूले गरिराखेका छन् । |
ذَٰلِكَ بِأَنَّهُمْ آمَنُوا ثُمَّ كَفَرُوا فَطُبِعَ عَلَىٰ قُلُوبِهِمْ فَهُمْ لَا يَفْقَهُونَ (3) यो यसकारण कि यिनीहरूले ईमान ल्याएपछि फेरि काफिर भइहाले, तसर्थ उनीहरूको हृदयमा छाप लगाइदिइयो अब यिनीहरूले बुझ्दैनन् । |
۞ وَإِذَا رَأَيْتَهُمْ تُعْجِبُكَ أَجْسَامُهُمْ ۖ وَإِن يَقُولُوا تَسْمَعْ لِقَوْلِهِمْ ۖ كَأَنَّهُمْ خُشُبٌ مُّسَنَّدَةٌ ۖ يَحْسَبُونَ كُلَّ صَيْحَةٍ عَلَيْهِمْ ۚ هُمُ الْعَدُوُّ فَاحْذَرْهُمْ ۚ قَاتَلَهُمُ اللَّهُ ۖ أَنَّىٰ يُؤْفَكُونَ (4) तपाईले उनीहरूलाई जब देख्नुहुन्छ त उनका शरीर तपाईलाई राम्रो लाग्दछन् र यदि तिनीहरूले कुरा गर्दछन् त उनका कुरा तपाई सुनी राख्नुहुन्छ । यसरी जस्तो कि उनीहरू काठहरू (थाम) हुन् जसलाई भित्ताको सहारामा उभ्याइएको छ । प्रत्येक ठूलो स्वरलाई उनीहरूले आफ्नै विरुद्धमा ठान्दछन् । तिनै वास्तविक शत्रु हुन् । अतः उनीहरूबाट पन्छिएर बस, अल्लाह उनीहरूलाई समाप्त गरोस् । उनीहरू विमुख भई कहाँ गइराखेका छन् । |
وَإِذَا قِيلَ لَهُمْ تَعَالَوْا يَسْتَغْفِرْ لَكُمْ رَسُولُ اللَّهِ لَوَّوْا رُءُوسَهُمْ وَرَأَيْتَهُمْ يَصُدُّونَ وَهُم مُّسْتَكْبِرُونَ (5) जब उनीसित भनिन्छ कि आऊ अल्लाहका रसूल तिम्रो निम्ति क्षमा माँगुन्, त टाउको हल्लाइदिन्छन् र तपाईले देख्नुहुनेछ कि घमण्ड गर्दै मुख फर्काइहाल्दछन् । |
سَوَاءٌ عَلَيْهِمْ أَسْتَغْفَرْتَ لَهُمْ أَمْ لَمْ تَسْتَغْفِرْ لَهُمْ لَن يَغْفِرَ اللَّهُ لَهُمْ ۚ إِنَّ اللَّهَ لَا يَهْدِي الْقَوْمَ الْفَاسِقِينَ (6) तपाईले उनको निम्ति क्षमा माँग्नु वा नमाँग्नु, दुवै समान छ । अल्लाहले उनलाई कहिल्यै क्षमा गर्दैन । निःसन्देह अल्लाहले यस्ता अवज्ञाकारीहरूलाई मार्गदर्शन प्रदान गर्दैन । |
هُمُ الَّذِينَ يَقُولُونَ لَا تُنفِقُوا عَلَىٰ مَنْ عِندَ رَسُولِ اللَّهِ حَتَّىٰ يَنفَضُّوا ۗ وَلِلَّهِ خَزَائِنُ السَّمَاوَاتِ وَالْأَرْضِ وَلَٰكِنَّ الْمُنَافِقِينَ لَا يَفْقَهُونَ (7) यिनै मानिस हुन् जसले भन्दछन्ः कि जो अल्लाहको रसूलको साथमा रहन्छन्, उनीमाथि खर्च नगर, ताकि उनीहरू स्वयं यताउता छरिउन् । जबकि आकाशहरू र धरतीका सबै खजाना अल्लाहकै हुन् तर मुनाफिकहरू बुझ्दैनन् । |
يَقُولُونَ لَئِن رَّجَعْنَا إِلَى الْمَدِينَةِ لَيُخْرِجَنَّ الْأَعَزُّ مِنْهَا الْأَذَلَّ ۚ وَلِلَّهِ الْعِزَّةُ وَلِرَسُولِهِ وَلِلْمُؤْمِنِينَ وَلَٰكِنَّ الْمُنَافِقِينَ لَا يَعْلَمُونَ (8) उनीहरू भन्दछन्ः कि यदि हामीले फर्केर मदिना जान्छौं भने अधिक मर्यादावालाहरूले अपमानितलाई त्यहाँबाट निकालिदिनेछन् हेर इज्जत र प्रतिष्ठा त अल्लाह र उसको रसूल र मोमिनहरूको निम्ति छ, तर ती मुनाफिकहरूले जान्दैनन् । |
يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تُلْهِكُمْ أَمْوَالُكُمْ وَلَا أَوْلَادُكُمْ عَن ذِكْرِ اللَّهِ ۚ وَمَن يَفْعَلْ ذَٰلِكَ فَأُولَٰئِكَ هُمُ الْخَاسِرُونَ (9) हे मोमिनहरू ! तिम्रा माल, सम्पत्ति र सन्तानले तिमीलाई अल्लाहको स्मरणबाट गाफिल (अचेत) नबनाइदेओस् र जसले यस्तो गर्नेछ त्यसले घाटा बेहोर्ने छ । |
وَأَنفِقُوا مِن مَّا رَزَقْنَاكُم مِّن قَبْلِ أَن يَأْتِيَ أَحَدَكُمُ الْمَوْتُ فَيَقُولَ رَبِّ لَوْلَا أَخَّرْتَنِي إِلَىٰ أَجَلٍ قَرِيبٍ فَأَصَّدَّقَ وَأَكُن مِّنَ الصَّالِحِينَ (10) र जे हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसबाट खर्चगर यसभन्दा अगाडि कि तिमीमध्ये कसैको मृत्यु आइहालोस् र (त्यसबेला) भन्न थालोस् कि हे मेरो पालनकर्ता अरु समय किन दिएनौ ? म दान गर्दथें र असल मानिसहरूमा शम्मिलित भइहाल्थें । |
وَلَن يُؤَخِّرَ اللَّهُ نَفْسًا إِذَا جَاءَ أَجَلُهَا ۚ وَاللَّهُ خَبِيرٌ بِمَا تَعْمَلُونَ (11) तर अल्लाहले कुनै व्यक्तिलाई जब उसको निर्धारित समय आइपुग्दछ तब कदापि मोहलत दिंदैन । र जे तिमीले गर्दछौ अल्लाह त्यो सबैबाट अवगत छ । |