| عَمَّ يَتَسَاءَلُونَ (1) (यी) मानिसहरूले कुन कुराको बारेमा सोधपूछ गरिराखेका छन्
 | 
| عَنِ النَّبَإِ الْعَظِيمِ (2) (के) त्यस ठूलो समाचारको बारेमा
 | 
| الَّذِي هُمْ فِيهِ مُخْتَلِفُونَ (3) जसमा यिनीहरूले मतभेद गरिराखेका छन्
 | 
| كَلَّا سَيَعْلَمُونَ (4) हेर, यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।
 | 
| ثُمَّ كَلَّا سَيَعْلَمُونَ (5) अनि यकिनको साथ यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।
 | 
| أَلَمْ نَجْعَلِ الْأَرْضَ مِهَادًا (6) के हामीले धरतीलाई ओछ्यान बनाएनौं
 | 
| وَالْجِبَالَ أَوْتَادًا (7) र पहाडहरूलाई मेख खम्बा
 | 
| وَخَلَقْنَاكُمْ أَزْوَاجًا (8) र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं ।
 | 
| وَجَعَلْنَا نَوْمَكُمْ سُبَاتًا (9) र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं ।
 | 
| وَجَعَلْنَا اللَّيْلَ لِبَاسًا (10) र रातलाई पर्दा बनायौं ।
 | 
| وَجَعَلْنَا النَّهَارَ مَعَاشًا (11) र दिनलाई जीविकोपार्जनको समय बनायौं ।
 | 
| وَبَنَيْنَا فَوْقَكُمْ سَبْعًا شِدَادًا (12) र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं
 | 
| وَجَعَلْنَا سِرَاجًا وَهَّاجًا (13) र एक चम्किलो प्रकाशमान सूर्य बनायौं ।
 | 
| وَأَنزَلْنَا مِنَ الْمُعْصِرَاتِ مَاءً ثَجَّاجًا (14) र बादलहरूबाट हामीले पानीको बृष्टि गरायौं ।
 | 
| لِّنُخْرِجَ بِهِ حَبًّا وَنَبَاتًا (15) ताकि त्यसबाट अन्न र सब्जी उत्पन्न गरौं
 | 
| وَجَنَّاتٍ أَلْفَافًا (16) र बाक्ला घना बगैंचाहरू
 | 
| إِنَّ يَوْمَ الْفَصْلِ كَانَ مِيقَاتًا (17) निःसन्देह फैसलाको दिन निश्चित छ
 | 
| يَوْمَ يُنفَخُ فِي الصُّورِ فَتَأْتُونَ أَفْوَاجًا (18) जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ ।
 | 
| وَفُتِحَتِ السَّمَاءُ فَكَانَتْ أَبْوَابًا (19) र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ ।
 | 
| وَسُيِّرَتِ الْجِبَالُ فَكَانَتْ سَرَابًا (20) र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।
 | 
| إِنَّ جَهَنَّمَ كَانَتْ مِرْصَادًا (21) निःसंदेह जहन्नम घातमा छ ।
 | 
| لِّلطَّاغِينَ مَآبًا (22) अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।
 | 
| لَّابِثِينَ فِيهَا أَحْقَابًا (23) त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।
 | 
| لَّا يَذُوقُونَ فِيهَا بَرْدًا وَلَا شَرَابًا (24) उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको ।
 | 
| إِلَّا حَمِيمًا وَغَسَّاقًا (25) उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ ।
 | 
| جَزَاءً وِفَاقًا (26) उनीहरूले पूरा–पूर प्रतिफल पाउनेछन् ।
 | 
| إِنَّهُمْ كَانُوا لَا يَرْجُونَ حِسَابًا (27) उनीहरूलाई त हिसाबको आशा नै थिएन ।
 | 
| وَكَذَّبُوا بِآيَاتِنَا كِذَّابًا (28) र निडर भएर उनीहरूले हाम्रा आयतहरूको उपहास गर्दथे ।
 | 
| وَكُلَّ شَيْءٍ أَحْصَيْنَاهُ كِتَابًا (29) हामीले प्रत्येक कुरालाई लेखेर गन्तीमा राखेका छौं ।
 | 
| فَذُوقُوا فَلَن نَّزِيدَكُمْ إِلَّا عَذَابًا (30) तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं ।
 | 
| إِنَّ لِلْمُتَّقِينَ مَفَازًا (31) निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ ।
 | 
| حَدَائِقَ وَأَعْنَابًا (32) बगैचाहरू छन्, र अँगूरहरू छन् ।
 | 
| وَكَوَاعِبَ أَتْرَابًا (33) नौयवना कुमारी युवतीहरू छिन् ।
 | 
| وَكَأْسًا دِهَاقًا (34) र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू ।
 | 
| لَّا يَسْمَعُونَ فِيهَا لَغْوًا وَلَا كِذَّابًا (35) उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्ने छन् ।
 | 
| جَزَاءً مِّن رَّبِّكَ عَطَاءً حِسَابًا (36) तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ
 | 
| رَّبِّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا الرَّحْمَٰنِ ۖ لَا يَمْلِكُونَ مِنْهُ خِطَابًا (37) उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन ।
 | 
| يَوْمَ يَقُومُ الرُّوحُ وَالْمَلَائِكَةُ صَفًّا ۖ لَّا يَتَكَلَّمُونَ إِلَّا مَنْ أَذِنَ لَهُ الرَّحْمَٰنُ وَقَالَ صَوَابًا (38) जुन दिन आत्मा र फरिश्ताहरू पंक्तिबद्ध भएर उभिनेछन् तर कोही कुरो गर्न सक्दैन परन्तु जसलाई अललाहले आज्ञा दिन्छ र उसले ठीक कुरो मुखबाट निकाल्नेछ ।
 | 
| ذَٰلِكَ الْيَوْمُ الْحَقُّ ۖ فَمَن شَاءَ اتَّخَذَ إِلَىٰ رَبِّهِ مَآبًا (39) त्यो दिन सत्य (सुनिश्चित) छ । अब जसले चाहन्छ (सत्कर्म गरेर) आफ्नो पालनकर्ताकहाँ राम्रो ठेगाना बनाओस् ।
 | 
| إِنَّا أَنذَرْنَاكُمْ عَذَابًا قَرِيبًا يَوْمَ يَنظُرُ الْمَرْءُ مَا قَدَّمَتْ يَدَاهُ وَيَقُولُ الْكَافِرُ يَا لَيْتَنِي كُنتُ تُرَابًا (40) हामीले तिमीसित छिटै आउनेवाला सजायबाट डरायौं । जुनदिन मान्छे आफूले गरेको कमाई देख्नेछ र काफिर भन्ने छन् कि काश हामी माटो भइहालेको भए ।
 |