| لَا أُقْسِمُ بِهَٰذَا الْبَلَدِ (1) हामीलाई यस नगर (मक्का) को कसम ।
 | 
| وَأَنتَ حِلٌّ بِهَٰذَا الْبَلَدِ (2) र तपाई यसै नगरमा त बस्नु हुन्छ ।
 | 
| وَوَالِدٍ وَمَا وَلَدَ (3) र मानवीय बाबु र उसको सन्ततिको कसम ।
 | 
| لَقَدْ خَلَقْنَا الْإِنسَانَ فِي كَبَدٍ (4) निःसन्देह हामीले मानिसलाई धेरै दुःखमा पैदा गरेका छौं ।
 | 
| أَيَحْسَبُ أَن لَّن يَقْدِرَ عَلَيْهِ أَحَدٌ (5) के उसले यो ठान्दछ कि उसमाथि कसैको नियन्त्रण छैन ।
 | 
| يَقُولُ أَهْلَكْتُ مَالًا لُّبَدًا (6) भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ ।
 | 
| أَيَحْسَبُ أَن لَّمْ يَرَهُ أَحَدٌ (7) के उसलाई यो लाग्दछ कि कसैले उसलाई देखेन ।
 | 
| أَلَمْ نَجْعَل لَّهُ عَيْنَيْنِ (8) के हामीले उसलाई दुईटा आँखा दिएनौं ।
 | 
| وَلِسَانًا وَشَفَتَيْنِ (9) र जिब्रो र दुईटा ओठ (दिएनौं)
 | 
| وَهَدَيْنَاهُ النَّجْدَيْنِ (10) र उसलाई दुवै मार्ग पनि देखायौं ।
 | 
| فَلَا اقْتَحَمَ الْعَقَبَةَ (11) त उसले त्यो घाटीमा पस्न सकेन
 | 
| وَمَا أَدْرَاكَ مَا الْعَقَبَةُ (12) र तिमीलाई के थाहा कि त्यो घाटी के हो
 | 
| فَكُّ رَقَبَةٍ (13) (कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।
 | 
| أَوْ إِطْعَامٌ فِي يَوْمٍ ذِي مَسْغَبَةٍ (14) वा भोकको दिन खाना खुवाउनु ।
 | 
| يَتِيمًا ذَا مَقْرَبَةٍ (15) कुनै नातेदार अनाथलाई
 | 
| أَوْ مِسْكِينًا ذَا مَتْرَبَةٍ (16) वा धूलधूसरित (फकिर) भिक्षुलाई ।
 | 
| ثُمَّ كَانَ مِنَ الَّذِينَ آمَنُوا وَتَوَاصَوْا بِالصَّبْرِ وَتَوَاصَوْا بِالْمَرْحَمَةِ (17) अनि ती मानिसहरूमा शम्मिलित हुन सक्थ्यौ जसले ईमान ल्याउँछन् र एक अर्कालाई धैर्य राख्न र दया गर्नुको निम्ति शिक्षा दिन्छन् ।
 | 
| أُولَٰئِكَ أَصْحَابُ الْمَيْمَنَةِ (18) यी मानिसहरू नै दायाँ हातवाला हुन् ।
 | 
| وَالَّذِينَ كَفَرُوا بِآيَاتِنَا هُمْ أَصْحَابُ الْمَشْأَمَةِ (19) र जसले हाम्रा आयतहरूलाई मानेनन् उनीहरू बायाँ हातवाला हुन् ।
 | 
| عَلَيْهِمْ نَارٌ مُّؤْصَدَةٌ (20) यिनीहरूमाथि नै आगो हुनेछ जो चारैतिरबाट घेरेको हुनेछ ।
 |