| وَاللَّيْلِ إِذَا يَغْشَىٰ (1) रात्रीको कसम, जब ढाक्छ ।
 | 
| وَالنَّهَارِ إِذَا تَجَلَّىٰ (2) र दिनको कसम, जब कि चम्किन्छ ।
 | 
| وَمَا خَلَقَ الذَّكَرَ وَالْأُنثَىٰ (3) र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।
 | 
| إِنَّ سَعْيَكُمْ لَشَتَّىٰ (4) निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।
 | 
| فَأَمَّا مَنْ أَعْطَىٰ وَاتَّقَىٰ (5) तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) ।
 | 
| وَصَدَّقَ بِالْحُسْنَىٰ (6) र राम्रो कुराको पुष्टि गर्दैगर्यो ।
 | 
| فَسَنُيَسِّرُهُ لِلْيُسْرَىٰ (7) त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं ।
 | 
| وَأَمَّا مَن بَخِلَ وَاسْتَغْنَىٰ (8) तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।
 | 
| وَكَذَّبَ بِالْحُسْنَىٰ (9) र असल कुराको उपहास गर्यो ।
 | 
| فَسَنُيَسِّرُهُ لِلْعُسْرَىٰ (10) त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।
 | 
| وَمَا يُغْنِي عَنْهُ مَالُهُ إِذَا تَرَدَّىٰ (11) त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।
 | 
| إِنَّ عَلَيْنَا لَلْهُدَىٰ (12) निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।
 | 
| وَإِنَّ لَنَا لَلْآخِرَةَ وَالْأُولَىٰ (13) र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।
 | 
| فَأَنذَرْتُكُمْ نَارًا تَلَظَّىٰ (14) मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।
 | 
| لَا يَصْلَاهَا إِلَّا الْأَشْقَى (15) जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।
 | 
| الَّذِي كَذَّبَ وَتَوَلَّىٰ (16) जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
 | 
| وَسَيُجَنَّبُهَا الْأَتْقَى (17) र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।
 | 
| الَّذِي يُؤْتِي مَالَهُ يَتَزَكَّىٰ (18) जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।
 | 
| وَمَا لِأَحَدٍ عِندَهُ مِن نِّعْمَةٍ تُجْزَىٰ (19) र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।
 | 
| إِلَّا ابْتِغَاءَ وَجْهِ رَبِّهِ الْأَعْلَىٰ (20) बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि) ।
 | 
| وَلَسَوْفَ يَرْضَىٰ (21) निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी भैहाल्नेछ ।
 |