The Quran in Nepali - Surah Adiyat translated into Nepali, Surah Al-Adiyat in Nepali. We provide accurate translation of Surah Adiyat in Nepali - النيبالية, Verses 11 - Surah Number 100 - Page 599.
وَالْعَادِيَاتِ ضَبْحًا (1) ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् । |
فَالْمُورِيَاتِ قَدْحًا (2) अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम । |
فَالْمُغِيرَاتِ صُبْحًا (3) अनि प्रातःको समय धावा बोल्नेहरूको कसम । |
فَأَثَرْنَ بِهِ نَقْعًا (4) अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् । |
فَوَسَطْنَ بِهِ جَمْعًا (5) अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् । |
إِنَّ الْإِنسَانَ لِرَبِّهِ لَكَنُودٌ (6) निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ । |
وَإِنَّهُ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٌ (7) र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ । |
وَإِنَّهُ لِحُبِّ الْخَيْرِ لَشَدِيدٌ (8) त्यो धनको मोहमा बडो दृढ छ । |
۞ أَفَلَا يَعْلَمُ إِذَا بُعْثِرَ مَا فِي الْقُبُورِ (9) के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् । |
وَحُصِّلَ مَا فِي الصُّدُورِ (10) र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् । |
إِنَّ رَبَّهُم بِهِمْ يَوْمَئِذٍ لَّخَبِيرٌ (11) निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ । |