القرآن باللغة النيبالية - سورة العاديات مترجمة إلى اللغة النيبالية، Surah Adiyat in Nepali. نوفر ترجمة دقيقة سورة العاديات باللغة النيبالية - Nepali, الآيات 11 - رقم السورة 100 - الصفحة 599.

| وَالْعَادِيَاتِ ضَبْحًا (1) ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् । |
| فَالْمُورِيَاتِ قَدْحًا (2) अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम । |
| فَالْمُغِيرَاتِ صُبْحًا (3) अनि प्रातःको समय धावा बोल्नेहरूको कसम । |
| فَأَثَرْنَ بِهِ نَقْعًا (4) अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् । |
| فَوَسَطْنَ بِهِ جَمْعًا (5) अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् । |
| إِنَّ الْإِنسَانَ لِرَبِّهِ لَكَنُودٌ (6) निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ । |
| وَإِنَّهُ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٌ (7) र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ । |
| وَإِنَّهُ لِحُبِّ الْخَيْرِ لَشَدِيدٌ (8) त्यो धनको मोहमा बडो दृढ छ । |
| ۞ أَفَلَا يَعْلَمُ إِذَا بُعْثِرَ مَا فِي الْقُبُورِ (9) के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् । |
| وَحُصِّلَ مَا فِي الصُّدُورِ (10) र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् । |
| إِنَّ رَبَّهُم بِهِمْ يَوْمَئِذٍ لَّخَبِيرٌ (11) निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ । |