| إِذَا السَّمَاءُ انشَقَّتْ (1) जब आकाश छिया–छिया परिहाल्नेछ ।
 | 
| وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ (2) र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो ।
 | 
| وَإِذَا الْأَرْضُ مُدَّتْ (3) र जब धरतीलाई समतल पारिदिइनेछ ।
 | 
| وَأَلْقَتْ مَا فِيهَا وَتَخَلَّتْ (4) र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ ।
 | 
| وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ (5) र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ ।
 | 
| يَا أَيُّهَا الْإِنسَانُ إِنَّكَ كَادِحٌ إِلَىٰ رَبِّكَ كَدْحًا فَمُلَاقِيهِ (6) हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।
 | 
| فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ (7) अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।
 | 
| فَسَوْفَ يُحَاسَبُ حِسَابًا يَسِيرًا (8) त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।
 | 
| وَيَنقَلِبُ إِلَىٰ أَهْلِهِ مَسْرُورًا (9) र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।
 | 
| وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ وَرَاءَ ظَهْرِهِ (10) र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।
 | 
| فَسَوْفَ يَدْعُو ثُبُورًا (11) त त्यसले मृत्युलाई पुकार्ने छ ।
 | 
| وَيَصْلَىٰ سَعِيرًا (12) र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ ।
 | 
| إِنَّهُ كَانَ فِي أَهْلِهِ مَسْرُورًا (13) त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो ।
 | 
| إِنَّهُ ظَنَّ أَن لَّن يَحُورَ (14) र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन ।
 | 
| بَلَىٰ إِنَّ رَبَّهُ كَانَ بِهِ بَصِيرًا (15) हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो ।
 | 
| فَلَا أُقْسِمُ بِالشَّفَقِ (16) मलाई कसम छ डुब्ने बेलाको प्रकाशको ।
 | 
| وَاللَّيْلِ وَمَا وَسَقَ (17) र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम ।
 | 
| وَالْقَمَرِ إِذَا اتَّسَقَ (18) र चन्द्रको, जबकि त्यो पूर्ण भइहाल्छ ।
 | 
| لَتَرْكَبُنَّ طَبَقًا عَن طَبَقٍ (19) कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।
 | 
| فَمَا لَهُمْ لَا يُؤْمِنُونَ (20) त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् ।
 | 
| وَإِذَا قُرِئَ عَلَيْهِمُ الْقُرْآنُ لَا يَسْجُدُونَ ۩ (21) र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।
 | 
| بَلِ الَّذِينَ كَفَرُوا يُكَذِّبُونَ (22) बरु काफिरहरूले झुठ्लाउँछन् ।
 | 
| وَاللَّهُ أَعْلَمُ بِمَا يُوعُونَ (23) यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ ।
 | 
| فَبَشِّرْهُم بِعَذَابٍ أَلِيمٍ (24) तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु ।
 | 
| إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ (25) हो, ईमानवालाहरू र असल कर्म गर्नेहरूको निम्ति असीमित र नसकिने पुरस्कार छ ।
 |