| اقْرَأْ بِاسْمِ رَبِّكَ الَّذِي خَلَقَ (1) आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।
 | 
| خَلَقَ الْإِنسَانَ مِنْ عَلَقٍ (2) जसले मानिसलाई रगतको थोपाबाट बनायो ।
 | 
| اقْرَأْ وَرَبُّكَ الْأَكْرَمُ (3) तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।
 | 
| الَّذِي عَلَّمَ بِالْقَلَمِ (4) जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।
 | 
| عَلَّمَ الْإِنسَانَ مَا لَمْ يَعْلَمْ (5) जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।
 | 
| كَلَّا إِنَّ الْإِنسَانَ لَيَطْغَىٰ (6) तर मानिस उल्लंघनकारी भइहाल्दछ ।
 | 
| أَن رَّآهُ اسْتَغْنَىٰ (7) यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।
 | 
| إِنَّ إِلَىٰ رَبِّكَ الرُّجْعَىٰ (8) यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।
 | 
| أَرَأَيْتَ الَّذِي يَنْهَىٰ (9) के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।
 | 
| عَبْدًا إِذَا صَلَّىٰ (10) (अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।
 | 
| أَرَأَيْتَ إِن كَانَ عَلَى الْهُدَىٰ (11) तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।
 | 
| أَوْ أَمَرَ بِالتَّقْوَىٰ (12) वा संयमित रहनुको आदेश दिन्छ भने ।
 | 
| أَرَأَيْتَ إِن كَذَّبَ وَتَوَلَّىٰ (13) अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए
 | 
| أَلَمْ يَعْلَم بِأَنَّ اللَّهَ يَرَىٰ (14) त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।
 | 
| كَلَّا لَئِن لَّمْ يَنتَهِ لَنَسْفَعًا بِالنَّاصِيَةِ (15) निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।
 | 
| نَاصِيَةٍ كَاذِبَةٍ خَاطِئَةٍ (16) यस्तो टाउको जो झूठो अपराधी छ ।
 | 
| فَلْيَدْعُ نَادِيَهُ (17) यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् ।
 | 
| سَنَدْعُ الزَّبَانِيَةَ (18) हामीले पनि आफ्नो सजायका दूतहरूलाई बोलाउनेछौं ।
 | 
| كَلَّا لَا تُطِعْهُ وَاسْجُدْ وَاقْتَرِب ۩ (19) खबरदार ! उसको भनाई कदापि नमान्नु र सजदा गर्नु र (अल्लाहको) निकटता प्राप्त गर्दैरहुन् ।
 |