| إِذَا الشَّمْسُ كُوِّرَتْ (1) जब सूर्यलाई बेरिहालिनेछ
 | 
| وَإِذَا النُّجُومُ انكَدَرَتْ (2) र ताराहरूले आफ्नो चमक गुमाउनेछन् ।
 | 
| وَإِذَا الْجِبَالُ سُيِّرَتْ (3) र जब पहाडहरू चलाइनेछन् ।
 | 
| وَإِذَا الْعِشَارُ عُطِّلَتْ (4) र जब १० महिने गर्भवती ऊँटनीहरू भगाई हालिनेछिन् ।
 | 
| وَإِذَا الْوُحُوشُ حُشِرَتْ (5) र जब जंगली जनावरहरू एकत्रित गरिनेछन ।
 | 
| وَإِذَا الْبِحَارُ سُجِّرَتْ (6) र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।
 | 
| وَإِذَا النُّفُوسُ زُوِّجَتْ (7) जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् ।
 | 
| وَإِذَا الْمَوْءُودَةُ سُئِلَتْ (8) र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।
 | 
| بِأَيِّ ذَنبٍ قُتِلَتْ (9) कि कुन पापको कारण उसलाई मारिएको थियो ।
 | 
| وَإِذَا الصُّحُفُ نُشِرَتْ (10) र जब कर्मपत्र खोलिनेछन् ।
 | 
| وَإِذَا السَّمَاءُ كُشِطَتْ (11) र जब आकाशको छाला उघारिनेछ ।
 | 
| وَإِذَا الْجَحِيمُ سُعِّرَتْ (12) र जब नर्कको आगो प्रज्जवलित गरिनेछ ।
 | 
| وَإِذَا الْجَنَّةُ أُزْلِفَتْ (13) र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।
 | 
| عَلِمَتْ نَفْسٌ مَّا أَحْضَرَتْ (14) तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।
 | 
| فَلَا أُقْسِمُ بِالْخُنَّسِ (15) म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् ।
 | 
| الْجَوَارِ الْكُنَّسِ (16) र जो घुम्ने र हराइहाल्ने छन् ।
 | 
| وَاللَّيْلِ إِذَا عَسْعَسَ (17) र रातको कसम, जब समाप्त हुनथाल्छ ।
 | 
| وَالصُّبْحِ إِذَا تَنَفَّسَ (18) र प्रातःको कसम जब उदय हुनथाल्छ ।
 | 
| إِنَّهُ لَقَوْلُ رَسُولٍ كَرِيمٍ (19) निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।
 | 
| ذِي قُوَّةٍ عِندَ ذِي الْعَرْشِ مَكِينٍ (20) जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।
 | 
| مُّطَاعٍ ثَمَّ أَمِينٍ (21) जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।
 | 
| وَمَا صَاحِبُكُم بِمَجْنُونٍ (22) र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् ।
 | 
| وَلَقَدْ رَآهُ بِالْأُفُقِ الْمُبِينِ (23) उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।
 | 
| وَمَا هُوَ عَلَى الْغَيْبِ بِضَنِينٍ (24) उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।
 | 
| وَمَا هُوَ بِقَوْلِ شَيْطَانٍ رَّجِيمٍ (25) र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।
 | 
| فَأَيْنَ تَذْهَبُونَ (26) फेरि तिमी कता गइरहेका छौ
 | 
| إِنْ هُوَ إِلَّا ذِكْرٌ لِّلْعَالَمِينَ (27) यो त सम्पूर्ण संसारको लागि मार्गदर्शन हो ।
 | 
| لِمَن شَاءَ مِنكُمْ أَن يَسْتَقِيمَ (28) खासगरी उसको लागि जो तिमीहरूमध्ये सोझो बाटोमा हिंड्न चाहोस् ।
 | 
| وَمَا تَشَاءُونَ إِلَّا أَن يَشَاءَ اللَّهُ رَبُّ الْعَالَمِينَ (29) र तिमीले विश्वको पालनकर्ताले नचाहिकन केही पनि चाहन सक्दैनौ ।
 |