| حم (1) हा. मीम
 | 
| وَالْكِتَابِ الْمُبِينِ (2) र स्पष्ट किताबको कसम
 | 
| إِنَّا أَنزَلْنَاهُ فِي لَيْلَةٍ مُّبَارَكَةٍ ۚ إِنَّا كُنَّا مُنذِرِينَ (3) निःसन्देह हामीले यसलाई एउटा बरकतले भरिएको रातमा अवतरित गरेका छौं, हामी त मार्ग देखाउनेवाला हौं ।
 | 
| فِيهَا يُفْرَقُ كُلُّ أَمْرٍ حَكِيمٍ (4) त्यसै रातमा तमाम (समस्त) तत्वदर्शीयुक्त कुरा निर्णित एवं स्पष्ट गरिन्छ ।
 | 
| أَمْرًا مِّنْ عِندِنَا ۚ إِنَّا كُنَّا مُرْسِلِينَ (5) हामीकहाँबाट आदेश भएर, निःसन्देह हामीले नै पैगम्बरलाई पठाउँछौं ।
 | 
| رَحْمَةً مِّن رَّبِّكَ ۚ إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ (6) तिम्रो पालकर्ताको दयालुता हो । निःसन्देह त्यो सबै कुरा सुन्नेवाला जान्नेवाला छ ।
 | 
| رَبِّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا ۖ إِن كُنتُم مُّوقِنِينَ (7) आकाशहरू र धरती र जे–जति यी दुबैमा छन्, सबैको मालिक हो, यदि तिमी विश्वास गर्नेवाला हौ ।
 | 
| لَا إِلَٰهَ إِلَّا هُوَ يُحْيِي وَيُمِيتُ ۖ رَبُّكُمْ وَرَبُّ آبَائِكُمُ الْأَوَّلِينَ (8) उस बाहेक अन्य कोही सत्य पूज्य छैन, उसैले जीवित गर्दछ र मार्दछ, त्यही तिम्रो र तिम्रा बाबु बाजेको पालनकर्ता हो ।
 | 
| بَلْ هُمْ فِي شَكٍّ يَلْعَبُونَ (9) तर यी मानिसहरू शंकामा परि खेलिराखेका छन् ।
 | 
| فَارْتَقِبْ يَوْمَ تَأْتِي السَّمَاءُ بِدُخَانٍ مُّبِينٍ (10) तपाई त्यस दिनको प्रतीक्षा गर्नुस् जबकि आकाशबाट सफा धुवाँ निस्कनेछ ।
 | 
| يَغْشَى النَّاسَ ۖ هَٰذَا عَذَابٌ أَلِيمٌ (11) जसले मानिसहरूले ढाकिहाल्नेछ र यो कष्टदायक यातना हो ।
 | 
| رَّبَّنَا اكْشِفْ عَنَّا الْعَذَابَ إِنَّا مُؤْمِنُونَ (12) भन्नेछन् हे पालनकर्ता ! हामीबाट यस यातनालाई टाढा राख, हामीले विश्वास गर्दछौं ।
 | 
| أَنَّىٰ لَهُمُ الذِّكْرَىٰ وَقَدْ جَاءَهُمْ رَسُولٌ مُّبِينٌ (13) अब उनीहरूलाई उपदेश केही लाभदायक हुनेछैन जबकि उनीहरूको पासमा पैगम्बर आइसकेका थिए जसले स्पष्टरूपले कुरा वर्णन गर्दथे ।
 | 
| ثُمَّ تَوَلَّوْا عَنْهُ وَقَالُوا مُعَلَّمٌ مَّجْنُونٌ (14) अनि उनीहरूले उनीबाट विमुख भइहाले र भन्नथाले कि सिकाइएको दिवाना हो ।
 | 
| إِنَّا كَاشِفُو الْعَذَابِ قَلِيلًا ۚ إِنَّكُمْ عَائِدُونَ (15) हामीले यातना थोडै हटाइदिन्छौ त तिमी पुनः कुफ्र गर्नथाल्छौ ।
 | 
| يَوْمَ نَبْطِشُ الْبَطْشَةَ الْكُبْرَىٰ إِنَّا مُنتَقِمُونَ (16) जुनदिन हामीले ठूलो गम्भीर पकडमा लिनेछौं, त निःसन्देह प्रतिशोध लिएर नै छाड्नेछौं ।
 | 
| ۞ وَلَقَدْ فَتَنَّا قَبْلَهُمْ قَوْمَ فِرْعَوْنَ وَجَاءَهُمْ رَسُولٌ كَرِيمٌ (17) र उनीहरूभन्दा पहिला फिरऔनको कौमको पनि परीक्षा लियौं र उनको पासमा एउटा अत्यन्त सज्जन रसूल आए ।
 | 
| أَنْ أَدُّوا إِلَيَّ عِبَادَ اللَّهِ ۖ إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ (18) यो (भने) कि अल्लाहका दासहरूलाई मेरो जिम्मा सुम्पिदेऊ । निश्चय नै म तिम्रो निम्ति एउटा विश्वासनीय रसूल हूँ ।
 | 
| وَأَن لَّا تَعْلُوا عَلَى اللَّهِ ۖ إِنِّي آتِيكُم بِسُلْطَانٍ مُّبِينٍ (19) र अल्लाहको सामु अटेरीपना नगर । म तिम्रो पासमा स्पष्ट प्रमाण लिएर आउनेछु ।
 | 
| وَإِنِّي عُذْتُ بِرَبِّي وَرَبِّكُمْ أَن تَرْجُمُونِ (20) र यस (कुरा) बाट कि तिमीले मलाई ढुंगा हानी–हानी मारिहाल, आफ्नो र तिम्रो पालनकर्ताको शरण माँग्दछु ।
 | 
| وَإِن لَّمْ تُؤْمِنُوا لِي فَاعْتَزِلُونِ (21) र यदि ममा विश्वास गर्दैनौ भने मबाट अलग भइहाल ।
 | 
| فَدَعَا رَبَّهُ أَنَّ هَٰؤُلَاءِ قَوْمٌ مُّجْرِمُونَ (22) तब आफ्नो पालनकर्तासंग प्रार्थना गरे कि यिनीहरू अवज्ञाकारी हुन् ।
 | 
| فَأَسْرِ بِعِبَادِي لَيْلًا إِنَّكُم مُّتَّبَعُونَ (23) (आदेश भयो कि) मेरा बन्दाहरूलाई रातोरात लिएर गइहाल, अवश्य तिमीलाई पछ्याउनेछन् ।
 | 
| وَاتْرُكِ الْبَحْرَ رَهْوًا ۖ إِنَّهُمْ جُندٌ مُّغْرَقُونَ (24) र समुन्द्रलाई रोकिएको अवस्थामा नै छोडेर गइहाल । निश्चय यो सेनाहरूलाई डुबाइदिनेछ ।
 | 
| كَمْ تَرَكُوا مِن جَنَّاتٍ وَعُيُونٍ (25) उनीहरूले धेरै बगैचा र श्रोतहरू छोडेर गइहाले ।
 | 
| وَزُرُوعٍ وَمَقَامٍ كَرِيمٍ (26) र खेतीहरू र राम्रा घरहरू
 | 
| وَنَعْمَةٍ كَانُوا فِيهَا فَاكِهِينَ (27) र सुखसयलका साधनहरू, जसमा उनीहरूले आनन्द लिने गर्दथे ।
 | 
| كَذَٰلِكَ ۖ وَأَوْرَثْنَاهَا قَوْمًا آخَرِينَ (28) यस्तै भयो (परिणाम) र हामीले अरु मानिसहरूलाई उनीहरूका उत्तराधिकारी बनाइदियौं ।
 | 
| فَمَا بَكَتْ عَلَيْهِمُ السَّمَاءُ وَالْأَرْضُ وَمَا كَانُوا مُنظَرِينَ (29) अनि न त आकाश र धरतीले उनीहरूको निम्ति विलाप गरे र न त उनीहरूलाई छुटकारा नै प्राप्त भयो ।
 | 
| وَلَقَدْ نَجَّيْنَا بَنِي إِسْرَائِيلَ مِنَ الْعَذَابِ الْمُهِينِ (30) र हामीले इस्राईलको सन्तानलाई अपमानजनक यातनाबाट छुटकारा दिलायौं ।
 | 
| مِن فِرْعَوْنَ ۚ إِنَّهُ كَانَ عَالِيًا مِّنَ الْمُسْرِفِينَ (31) जो फिरऔनबाट थियो । निःसन्देह त्यो अटेरी (र) सीमाभन्दा अगाडि गइसकेको थियो ।
 | 
| وَلَقَدِ اخْتَرْنَاهُمْ عَلَىٰ عِلْمٍ عَلَى الْعَالَمِينَ (32) र हामीले जानीजानी बनी इस्राईललाई संसारवालाहरूमध्येबाट रोजेका थियौं ।
 | 
| وَآتَيْنَاهُم مِّنَ الْآيَاتِ مَا فِيهِ بَلَاءٌ مُّبِينٌ (33) र उनलाई यस्ता निशानीहरू प्रदान गरेका थियौं, जसमा स्पष्ट परीक्षा थियो ।
 | 
| إِنَّ هَٰؤُلَاءِ لَيَقُولُونَ (34) यिनीहरूले यो नै भन्छन्
 | 
| إِنْ هِيَ إِلَّا مَوْتَتُنَا الْأُولَىٰ وَمَا نَحْنُ بِمُنشَرِينَ (35) कि हामीलाई मात्र पहिलो पटक मर्नुछ र फेरि उठनु छैन ।
 | 
| فَأْتُوا بِآبَائِنَا إِن كُنتُمْ صَادِقِينَ (36) यदि तिमी साँचो हौ भने हाम्रा बाबुबाजेलाई ल्याऊ ।
 | 
| أَهُمْ خَيْرٌ أَمْ قَوْمُ تُبَّعٍ وَالَّذِينَ مِن قَبْلِهِمْ ۚ أَهْلَكْنَاهُمْ ۖ إِنَّهُمْ كَانُوا مُجْرِمِينَ (37) के यिनीहरू राम्रा छन् वा ‘‘तुब्बाको’’ कौम वा ती मानिसहरू जो उनीभन्दा पहिला थिए । उनी सबैलाई विनष्ट गरिहालें, किनकि तिनीहरू अपराधी थिए ।
 | 
| وَمَا خَلَقْنَا السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا لَاعِبِينَ (38) हामीले आकाशहरू र धरतीलाई र जे–जाति उनीहरूको बीचमा छ, तिनलाई खेलमा बनाएको होइनौं ।
 | 
| مَا خَلَقْنَاهُمَا إِلَّا بِالْحَقِّ وَلَٰكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ (39) बरु हामीले उनीहरूलाई सत्यताको साथ सृष्टि गर्यौं किन्तु उनीहरूमा अधिकतरले जान्दैनन् ।
 | 
| إِنَّ يَوْمَ الْفَصْلِ مِيقَاتُهُمْ أَجْمَعِينَ (40) निश्चय नै फैसलाको दिन उनीहरू सबैको निर्धारित समय हो ।
 | 
| يَوْمَ لَا يُغْنِي مَوْلًى عَن مَّوْلًى شَيْئًا وَلَا هُمْ يُنصَرُونَ (41) जुनदिन कुनै मित्र, मित्रको कुनै काम आउनेछैन, र न उनीहरूलाई सहायता प्राप्त हुनेछ ।
 | 
| إِلَّا مَن رَّحِمَ اللَّهُ ۚ إِنَّهُ هُوَ الْعَزِيزُ الرَّحِيمُ (42) किन्तु जसमाथि अल्लाहले दया गर्दछ । निश्चय नै त्यो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान छ ।
 | 
| إِنَّ شَجَرَتَ الزَّقُّومِ (43) निःसन्देह जक्कूमको (सिउँडीको) वृक्ष
 | 
| طَعَامُ الْأَثِيمِ (44) गुनेहगारहरूको भोजन हुनेछ
 | 
| كَالْمُهْلِ يَغْلِي فِي الْبُطُونِ (45) पग्लेको तामा जस्तोछ, पेटहरूमा उम्लनेछ ।
 | 
| كَغَلْيِ الْحَمِيمِ (46) जस्तो कि पानी उम्लिन्छ ।
 | 
| خُذُوهُ فَاعْتِلُوهُ إِلَىٰ سَوَاءِ الْجَحِيمِ (47) यसलाई समातिहाल र घिसार्दै नर्कको बीचमा लैजाऊ ।
 | 
| ثُمَّ صُبُّوا فَوْقَ رَأْسِهِ مِنْ عَذَابِ الْحَمِيمِ (48) अनि उसको टाउकोमा उम्लिराखेको पानी खन्याइदेऊ ।
 | 
| ذُقْ إِنَّكَ أَنتَ الْعَزِيزُ الْكَرِيمُ (49) स्वाद चाख, तिमी त ठूलो बलशाली सज्जन थियौ ।
 | 
| إِنَّ هَٰذَا مَا كُنتُم بِهِ تَمْتَرُونَ (50) यो त्यहि हो जसमा तिमीहरूले शंका गर्ने गर्दथ्यौ ।
 | 
| إِنَّ الْمُتَّقِينَ فِي مَقَامٍ أَمِينٍ (51) निःसन्देह भय गर्नेहरू निश्चिन्तताको ठाउँमा हुनेछन् ।
 | 
| فِي جَنَّاتٍ وَعُيُونٍ (52) बगैचाहरू र श्रोतहरूमा
 | 
| يَلْبَسُونَ مِن سُندُسٍ وَإِسْتَبْرَقٍ مُّتَقَابِلِينَ (53) रेशमको बस्त्र लगाई एक–अर्काको आमने सामने (आमुन्ने सामुन्ने) बसेका हुनेछन् ।
 | 
| كَذَٰلِكَ وَزَوَّجْنَاهُم بِحُورٍ عِينٍ (54) यसप्रकार हामीले गोरी वर्ण ठूला नेत्र भएकी स्त्रीहरूसित उनीहरूको विवाह गरिदिनेछौं ।
 | 
| يَدْعُونَ فِيهَا بِكُلِّ فَاكِهَةٍ آمِنِينَ (55) त्यहाँ उनीहरूले निश्चिन्तताका साथ प्रत्येक किसिमका स्वादिष्ट फल माँगाइरहेका हुन्छन् ।
 | 
| لَا يَذُوقُونَ فِيهَا الْمَوْتَ إِلَّا الْمَوْتَةَ الْأُولَىٰ ۖ وَوَقَاهُمْ عَذَابَ الْجَحِيمِ (56) त्यहाँ उनीहरूले मृत्युको स्वाद कहिले पनि चाख्नेछैनन् । मात्र पहिलो मृत्युको जे भयो सो भयो, र अल्लाहले उनीहरूलाई नर्कको यातनाबाट बचाइहाल्यो ।
 | 
| فَضْلًا مِّن رَّبِّكَ ۚ ذَٰلِكَ هُوَ الْفَوْزُ الْعَظِيمُ (57) यो सबै तिम्रो पालनकर्ताको विशेष उदार अनुग्रह हो । त्यही ठूलो सफलता हो ।
 | 
| فَإِنَّمَا يَسَّرْنَاهُ بِلِسَانِكَ لَعَلَّهُمْ يَتَذَكَّرُونَ (58) हामीले यस कुरआनलाई तिम्रो भाषामा सहज एवं सुसाध्य बनाइदिएका छौं ताकि उनीहरूले शिक्षा प्राप्त गरुन् ।
 | 
| فَارْتَقِبْ إِنَّهُم مُّرْتَقِبُونَ (59) अतः तिमीले पनि प्रतीक्षा गर, यिनीहरूले पनि प्रतीक्षा गर्दछन् ।
 |