| وَالْمُرْسَلَاتِ عُرْفًا (1) हृदय प्रसन्न गर्दै बग्ने वायुको कसम ।
 | 
| فَالْعَاصِفَاتِ عَصْفًا (2) अनि अत्यन्त प्रचण्ड भइहाल्ने (हवा)को कसम ।
 | 
| وَالنَّاشِرَاتِ نَشْرًا (3) र (बादलहरूलाई) उचालेर फिजाउँछन् त्यसको सौगन्ध ।
 | 
| فَالْفَارِقَاتِ فَرْقًا (4) फेरि सत्य र असत्यलाई अलग–अलग टुक्रा–टुक्रा गरिदिने
 | 
| فَالْمُلْقِيَاتِ ذِكْرًا (5) र वह्य ल्याउने फरिश्ताहरूको कसम ।
 | 
| عُذْرًا أَوْ نُذْرًا (6) जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ ।
 | 
| إِنَّمَا تُوعَدُونَ لَوَاقِعٌ (7) जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ ।
 | 
| فَإِذَا النُّجُومُ طُمِسَتْ (8) अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।
 | 
| وَإِذَا السَّمَاءُ فُرِجَتْ (9) र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।
 | 
| وَإِذَا الْجِبَالُ نُسِفَتْ (10) र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।
 | 
| وَإِذَا الرُّسُلُ أُقِّتَتْ (11) र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।
 | 
| لِأَيِّ يَوْمٍ أُجِّلَتْ (12) कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ
 | 
| لِيَوْمِ الْفَصْلِ (13) फैसलाको दिनको निम्ति ।
 | 
| وَمَا أَدْرَاكَ مَا يَوْمُ الْفَصْلِ (14) र तिमीलाई के थाहा कि फैसलाको दिन के हो
 | 
| وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ (15) बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ।
 | 
| أَلَمْ نُهْلِكِ الْأَوَّلِينَ (16) के हामीले पहिलाका मानिसहरूलाई नष्ट गरेनौं
 | 
| ثُمَّ نُتْبِعُهُمُ الْآخِرِينَ (17) अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं ।
 | 
| كَذَٰلِكَ نَفْعَلُ بِالْمُجْرِمِينَ (18) हामीले अपराधीहरूसित यस्तै गर्दैछौं ।
 | 
| وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ (19) त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ ।
 | 
| أَلَمْ نَخْلُقكُّم مِّن مَّاءٍ مَّهِينٍ (20) के हामीले तिमीलाई तुच्छ जल(वीर्य) बाट सृष्टि गरेनौं
 | 
| فَجَعَلْنَاهُ فِي قَرَارٍ مَّكِينٍ (21) अनि हामीले त्यसलाई बलियो र सुरक्षित ठाउँमा राख्यौं ।
 | 
| إِلَىٰ قَدَرٍ مَّعْلُومٍ (22) एउटा निश्चित समयसम्म ।
 | 
| فَقَدَرْنَا فَنِعْمَ الْقَادِرُونَ (23) फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं ।
 | 
| وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ (24) विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति ।
 | 
| أَلَمْ نَجْعَلِ الْأَرْضَ كِفَاتًا (25) के हामीले धरतीलाई समेटनेवाला बनाएनौं
 | 
| أَحْيَاءً وَأَمْوَاتًا (26) जीवितलाई र मृतहरूलाई पनि ।
 | 
| وَجَعَلْنَا فِيهَا رَوَاسِيَ شَامِخَاتٍ وَأَسْقَيْنَاكُم مَّاءً فُرَاتًا (27) र त्यसमाथि हामीले अग्ला–अग्ला पर्वतहरू स्थापित गर्यौं । र तिमीहरूलाई संतुष्ट गर्ने मीठो पानी पिलायौं
 | 
| وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ (28) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी (विनाश) छ ।
 | 
| انطَلِقُوا إِلَىٰ مَا كُنتُم بِهِ تُكَذِّبُونَ (29) जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड
 | 
| انطَلِقُوا إِلَىٰ ظِلٍّ ذِي ثَلَاثِ شُعَبٍ (30) त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्
 | 
| لَّا ظَلِيلٍ وَلَا يُغْنِي مِنَ اللَّهَبِ (31) जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।
 | 
| إِنَّهَا تَرْمِي بِشَرَرٍ كَالْقَصْرِ (32) निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन(ठूलो) किल्ला जस्ता हुन्छन् ।
 | 
| كَأَنَّهُ جِمَالَتٌ صُفْرٌ (33) त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ ।
 | 
| وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ (34) आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ ।
 | 
| هَٰذَا يَوْمُ لَا يَنطِقُونَ (35) आजको दिन त्यो दिन हो कि यिनीहरू बोल्न पनि सक्दैनन् ।
 | 
| وَلَا يُؤْذَنُ لَهُمْ فَيَعْتَذِرُونَ (36) नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ ।
 | 
| وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ (37) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी छ ।
 | 
| هَٰذَا يَوْمُ الْفَصْلِ ۖ جَمَعْنَاكُمْ وَالْأَوَّلِينَ (38) यो फैसलाको दिन हो, (जसमा) हामीले तिमीलाई र पहिलाका मानिसहरूलाई एकत्रित गरेका छौं ।
 | 
| فَإِن كَانَ لَكُمْ كَيْدٌ فَكِيدُونِ (39) तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल ।
 | 
| وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ (40) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।
 | 
| إِنَّ الْمُتَّقِينَ فِي ظِلَالٍ وَعُيُونٍ (41) निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।
 | 
| وَفَوَاكِهَ مِمَّا يَشْتَهُونَ (42) र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।
 | 
| كُلُوا وَاشْرَبُوا هَنِيئًا بِمَا كُنتُمْ تَعْمَلُونَ (43) (हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ ।
 | 
| إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ (44) हामीले भलाई गर्नेवालाहरूको निम्ति यस्तै प्रतिफल दिने गर्दछौं ।
 | 
| وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ (45) यो दिन असत्यवादीहरूको निम्ति विनाश छ ।
 | 
| كُلُوا وَتَمَتَّعُوا قَلِيلًا إِنَّكُم مُّجْرِمُونَ (46) (हे नास्तिकहरू) तिमी अलि खाइहाल र आनन्द गरिहाल, वास्तवमा तिमी अपराधी हौ ।
 | 
| وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ (47) त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ठूलो विनाश छ ।
 | 
| وَإِذَا قِيلَ لَهُمُ ارْكَعُوا لَا يَرْكَعُونَ (48) जब उनीसित भनिन्छ कि (अल्लाहको अगाडि) नतमस्तक होऊ, त हुँदैनन् ।
 | 
| وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ (49) त्यस दिन असत्यवादीहरूको निम्ति बर्बादी छ ।
 | 
| فَبِأَيِّ حَدِيثٍ بَعْدَهُ يُؤْمِنُونَ (50) अब यस कुरआन पश्चात उनीहरूले कुन कुरोमा ईमान ल्याउनेछन्
 |