| قُلْ أُوحِيَ إِلَيَّ أَنَّهُ اسْتَمَعَ نَفَرٌ مِّنَ الْجِنِّ فَقَالُوا إِنَّا سَمِعْنَا قُرْآنًا عَجَبًا (1) (हे पैगम्बर सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् कि मेरो पासमा वह्य आएको छ कि जिन्नहरूको एउटा समूहले (किताबलाई) सुनेर भन्न थाले कि हामीले एउटा आश्चर्य लाग्दो ‘‘कुरआन’’ सुन्यौं ।
 | 
| يَهْدِي إِلَى الرُّشْدِ فَآمَنَّا بِهِ ۖ وَلَن نُّشْرِكَ بِرَبِّنَا أَحَدًا (2) जसले भलाईको बाटो देखाउँछ, तसर्थ हामीले त्यसमाथि ईमान ल्यायौं । (अब) हामीले आफ्नो पालनकर्तासँग कसैलाई कदापि साझेदार बनाउने छैनौं ।
 | 
| وَأَنَّهُ تَعَالَىٰ جَدُّ رَبِّنَا مَا اتَّخَذَ صَاحِبَةً وَلَا وَلَدًا (3) र निश्चितरूपले हाम्रो पालनकर्ताको गौरव अत्यन्त उच्च छ उसले आफ्नो निम्ति कसैलाई न पत्नी बनायो न कुनै सन्तान
 | 
| وَأَنَّهُ كَانَ يَقُولُ سَفِيهُنَا عَلَى اللَّهِ شَطَطًا (4) र यो कि हामीमध्ये केही मूर्खले अल्लाहको बारेमा असत्य कुरा रच्दछन्
 | 
| وَأَنَّا ظَنَنَّا أَن لَّن تَقُولَ الْإِنسُ وَالْجِنُّ عَلَى اللَّهِ كَذِبًا (5) र हामीले यो ठानेका थियौं कि मानिस र जिन्नहरू अल्लाहको बारेमा झूठ बोल्दैनन् ।
 | 
| وَأَنَّهُ كَانَ رِجَالٌ مِّنَ الْإِنسِ يَعُوذُونَ بِرِجَالٍ مِّنَ الْجِنِّ فَزَادُوهُمْ رَهَقًا (6) कुरो यो हो कि केही मानिसहरूले केही जिन्नहरूको शरण माँग्दथे, जसबाट उनको अटेरीपना झन् बढीहालेको थियो ।
 | 
| وَأَنَّهُمْ ظَنُّوا كَمَا ظَنَنتُمْ أَن لَّن يَبْعَثَ اللَّهُ أَحَدًا (7) र मानिसहरूले पनि तिमी जिन्नहरू जस्तै अनुमान गरेका थिए कि अल्लाहले कसैलाई पठाउने छैन, (वा पुर्नजीवित गर्नेछैन) ।
 | 
| وَأَنَّا لَمَسْنَا السَّمَاءَ فَوَجَدْنَاهَا مُلِئَتْ حَرَسًا شَدِيدًا وَشُهُبًا (8) र यो कि हामीहरूले आकाशमा चियायौं, त त्यसलाई बलिया पहरेदार र प्रज्वलित आगोले भरिएको पायौं
 | 
| وَأَنَّا كُنَّا نَقْعُدُ مِنْهَا مَقَاعِدَ لِلسَّمْعِ ۖ فَمَن يَسْتَمِعِ الْآنَ يَجِدْ لَهُ شِهَابًا رَّصَدًا (9) र यो कि पहिला हामी आकाशमा कैयन् ठाउँहरूमा कुरा सुन्नको निम्ति बस्ने गर्दथ्यौं । त अहिले जो पनि कान लगाउँछ एक आगोको झिल्का आफ्नोतिर पाउँछ ।
 | 
| وَأَنَّا لَا نَدْرِي أَشَرٌّ أُرِيدَ بِمَن فِي الْأَرْضِ أَمْ أَرَادَ بِهِمْ رَبُّهُمْ رَشَدًا (10) र यो हामी जान्दैनौं कि तिनीहरूको साथ जो धरतीमा छन् नराम्रो कुराको इरादा गरिएको छ वा उनीहरूको पालनकर्ताले उनीहरूको लागि भलो गर्ने विचार गरेको छ ।
 | 
| وَأَنَّا مِنَّا الصَّالِحُونَ وَمِنَّا دُونَ ذَٰلِكَ ۖ كُنَّا طَرَائِقَ قِدَدًا (11) र यो कि हामीमध्ये कोही नेक छन् र कोही विपरित प्रकारको पनि छन् । हामी विभिन्न किसिमले बाँडिएका छौं
 | 
| وَأَنَّا ظَنَنَّا أَن لَّن نُّعْجِزَ اللَّهَ فِي الْأَرْضِ وَلَن نُّعْجِزَهُ هَرَبًا (12) र (यो कि) हामीले विश्वास गरिसकेछौं कि हामी धरतीमा अल्लाहलाई पराजित गर्न सक्दैनौ र नभागेर उसलाई थकाउन सक्छौं
 | 
| وَأَنَّا لَمَّا سَمِعْنَا الْهُدَىٰ آمَنَّا بِهِ ۖ فَمَن يُؤْمِن بِرَبِّهِ فَلَا يَخَافُ بَخْسًا وَلَا رَهَقًا (13) र हामीले त मार्गदर्शन (को किताब) सुन्यौं, त त्यसमाथि ईमान ल्याइहाल्यौं र जसले आफ्नो पालनकर्तामाथि ईमान ल्याउँछ उसलाई न कुनै हानिको डर हुन्छ, न अत्याचारको
 | 
| وَأَنَّا مِنَّا الْمُسْلِمُونَ وَمِنَّا الْقَاسِطُونَ ۖ فَمَنْ أَسْلَمَ فَأُولَٰئِكَ تَحَرَّوْا رَشَدًا (14) र यो कि हामीमध्ये केही आज्ञाकारी छन् र केही अवज्ञाकारी छन्, तसर्थ जो आज्ञाकारी भए, उनीहरू त सोझो मार्गमा हिंडे
 | 
| وَأَمَّا الْقَاسِطُونَ فَكَانُوا لِجَهَنَّمَ حَطَبًا (15) र जो पापी(अपराधी) भए उनीहरू नर्कको इन्धन भए
 | 
| وَأَن لَّوِ اسْتَقَامُوا عَلَى الطَّرِيقَةِ لَأَسْقَيْنَاهُم مَّاءً غَدَقًا (16) र (हे पैगम्बर ! यो पनि उनीहरूसित भनिदिनुस्) कि यदि यिनीहरू सोझो मार्गमा रहेको भए हामीले उनीहरूको निम्ति पिउनको लागि प्रशस्त पानी दिन्थ्यौं
 | 
| لِّنَفْتِنَهُمْ فِيهِ ۚ وَمَن يُعْرِضْ عَن ذِكْرِ رَبِّهِ يَسْلُكْهُ عَذَابًا صَعَدًا (17) ताकि यसबाट उनको परीक्षा गरौं र जुन मानिसले आफ्नो पालनकर्ताको स्मरणबाट मुख फर्काउनेछ, अल्लाहले उसलाई दुःखद यातनामा प्रविष्ट गर्नेछ
 | 
| وَأَنَّ الْمَسَاجِدَ لِلَّهِ فَلَا تَدْعُوا مَعَ اللَّهِ أَحَدًا (18) र यो कि मस्जिदहरू अल्लाहकै लागि मात्र हुन्, तसर्थ अल्लाहसँग कुनै अरुको पूजा नगर
 | 
| وَأَنَّهُ لَمَّا قَامَ عَبْدُ اللَّهِ يَدْعُوهُ كَادُوا يَكُونُونَ عَلَيْهِ لِبَدًا (19) र जब अल्लाहका भक्त (मुहम्मद), उसको पूजाको निम्ति उभे त काफिरहरूले उनलाई चारैतर्फबाट घेरी उनीमाथि आक्रमण गर्नेवाला थिए ।
 | 
| قُلْ إِنَّمَا أَدْعُو رَبِّي وَلَا أُشْرِكُ بِهِ أَحَدًا (20) भनिदिनुस् कि म त आफ्नो पालनकर्तालाई मात्र पूजा गर्दछु । र उसको साथ कसैलाई शम्मिलित गर्दिन ।
 | 
| قُلْ إِنِّي لَا أَمْلِكُ لَكُمْ ضَرًّا وَلَا رَشَدًا (21) यो पनि भनिदेऊः कि मलाई तिम्रो हकमा नाफा नोक्सानको कुनै अधिकार छैन
 | 
| قُلْ إِنِّي لَن يُجِيرَنِي مِنَ اللَّهِ أَحَدٌ وَلَنْ أَجِدَ مِن دُونِهِ مُلْتَحَدًا (22) यो पनि भनिदिनुस् कि अल्लाह (को यातना) बाट मलाई कसैले बचाउन सक्दैन र म उस बाहेक अन्य कतै शरणको ठाउँ देख्दिन
 | 
| إِلَّا بَلَاغًا مِّنَ اللَّهِ وَرِسَالَاتِهِ ۚ وَمَن يَعْصِ اللَّهَ وَرَسُولَهُ فَإِنَّ لَهُ نَارَ جَهَنَّمَ خَالِدِينَ فِيهَا أَبَدًا (23) हो, अल्लाहको तर्फबाट आदेशहरू र उसको सन्देशहरू पुर्याउने काम (नै मेरो जिम्मामा छ) र जुन मानिसले अल्लाह र उसको पैगम्बरको अवज्ञा गर्नेछ त यस्ताको लागि जहन्नमको आगो छ, सधैं त्यसमा रहनेछन्
 | 
| حَتَّىٰ إِذَا رَأَوْا مَا يُوعَدُونَ فَسَيَعْلَمُونَ مَنْ أَضْعَفُ نَاصِرًا وَأَقَلُّ عَدَدًا (24) यहाँसम्म कि अब यिनीहरूले त्यो (दिन) देखिहाल्नेछन्, जसको उनीसित वाचा गरिएको थियो, तब उनलाई थाहा भइहाल्ने छ कि कसका सहायकहरू कमजोर र कसको संख्या थोरै छ
 | 
| قُلْ إِنْ أَدْرِي أَقَرِيبٌ مَّا تُوعَدُونَ أَمْ يَجْعَلُ لَهُ رَبِّي أَمَدًا (25) भनिदिनुस् कि जुन तिमीसित वाचा गरिन्छ, मलाई थाहा छैन कि त्यो नजिक छ वा मेरो पालनकर्ताले त्यसको अवधि लामो गरिदिएको छ
 | 
| عَالِمُ الْغَيْبِ فَلَا يُظْهِرُ عَلَىٰ غَيْبِهِ أَحَدًا (26) ऊ अदृश्य जान्नेवाला छ र कसैलाई आफ्नो परोक्षको कुरा प्रकट गर्दैन
 | 
| إِلَّا مَنِ ارْتَضَىٰ مِن رَّسُولٍ فَإِنَّهُ يَسْلُكُ مِن بَيْنِ يَدَيْهِ وَمِنْ خَلْفِهِ رَصَدًا (27) हो, जुन पैगम्बरलाई रुचाउँछ, उस बाहेक, तर उनको अगाडि र पछाडि पनि रक्षकहरू खटाइदिन्छ
 | 
| لِّيَعْلَمَ أَن قَدْ أَبْلَغُوا رِسَالَاتِ رَبِّهِمْ وَأَحَاطَ بِمَا لَدَيْهِمْ وَأَحْصَىٰ كُلَّ شَيْءٍ عَدَدًا (28) ताकि जानकारी लियोस् कि उनीहरूले आफ्नो पालनकर्ताको सन्देश पुर्याइदिएका छन् र उसले उनीहरूका सबै कुराहरूलाई नियन्त्रित गरेको छ र हरेक कुरालाई गनिसकेको छ ।
 |