| وَالسَّمَاءِ ذَاتِ الْبُرُوجِ (1) आकाशको कसम, जसमा तारामण्डल छ ।
 | 
| وَالْيَوْمِ الْمَوْعُودِ (2) र त्यस दिनको कसम जसको वाचा छ ।
 | 
| وَشَاهِدٍ وَمَشْهُودٍ (3) उपस्थित हुनेवाला र उपस्थित गराइएकाहरूको कसम ।
 | 
| قُتِلَ أَصْحَابُ الْأُخْدُودِ (4) कि खाल्टो (खन्नेहरू) नष्ट गरिए ।
 | 
| النَّارِ ذَاتِ الْوَقُودِ (5) त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) ।
 | 
| إِذْ هُمْ عَلَيْهَا قُعُودٌ (6) जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए ।
 | 
| وَهُمْ عَلَىٰ مَا يَفْعَلُونَ بِالْمُؤْمِنِينَ شُهُودٌ (7) र मुस्लिमहरूसँग जे गर्नेगरेका थिए त्यो आफ्नो सामु देखिरहेका थिए ।
 | 
| وَمَا نَقَمُوا مِنْهُمْ إِلَّا أَن يُؤْمِنُوا بِاللَّهِ الْعَزِيزِ الْحَمِيدِ (8) यिनीहरूले ती मोमिनहरूसँग (कुनै अन्य अपराधको) बदला लिइरहेका थिएनन्, मात्र यसको लागि कि उनीहरू अल्लाहमाथि ईमान राख्दथे जो अत्यन्त अधिपत्यशाली र प्रशंसनीय छ ।
 | 
| الَّذِي لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ ۚ وَاللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ شَهِيدٌ (9) जसको निम्ति आकाशहरू र पृथ्वीहरूको सत्ता छ र अल्लाहको सामु हरेक वस्तु छ ।
 | 
| إِنَّ الَّذِينَ فَتَنُوا الْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ ثُمَّ لَمْ يَتُوبُوا فَلَهُمْ عَذَابُ جَهَنَّمَ وَلَهُمْ عَذَابُ الْحَرِيقِ (10) निःसंदेह ज–जसले ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरूलाई दुःख दिए, अनि प्रायश्चित गरेनन्, त उनीहरूको निम्ति नर्कको यातना हुनेछ र पोलिने यातना छ ।
 | 
| إِنَّ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَهُمْ جَنَّاتٌ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ ۚ ذَٰلِكَ الْفَوْزُ الْكَبِيرُ (11) निःसन्देह जसले ईमान ल्याए र असल कर्म गरिरहे उनीहरूको निम्ति बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन्, यही नै ठूलो सफलता हो ।
 | 
| إِنَّ بَطْشَ رَبِّكَ لَشَدِيدٌ (12) निःसन्देह तिम्रो पालनकर्ताको पकड अत्यन्त कठोर छ ।
 | 
| إِنَّهُ هُوَ يُبْدِئُ وَيُعِيدُ (13) उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ ।
 | 
| وَهُوَ الْغَفُورُ الْوَدُودُ (14) र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।
 | 
| ذُو الْعَرْشِ الْمَجِيدُ (15) सिंहासनको स्वामी, बडो गौरवशाली छ ।
 | 
| فَعَّالٌ لِّمَا يُرِيدُ (16) जे चाहान्छ गरिहाल्छ ।
 | 
| هَلْ أَتَاكَ حَدِيثُ الْجُنُودِ (17) के तिमीलाई ती सेनाहरूको पनि समाचार पुगेको छ ।
 | 
| فِرْعَوْنَ وَثَمُودَ (18) (अर्थात्) फिरऔन र समूदको ।
 | 
| بَلِ الَّذِينَ كَفَرُوا فِي تَكْذِيبٍ (19) केही होइन, काफिरहरू त (जानी जानी) असत्य कुरा ठह्राउनुमा लागि रहेकाछन् ।
 | 
| وَاللَّهُ مِن وَرَائِهِم مُّحِيطٌ (20) र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ ।
 | 
| بَلْ هُوَ قُرْآنٌ مَّجِيدٌ (21) बरु यो कुरआन धेरै गौरवशाली छ ।
 | 
| فِي لَوْحٍ مَّحْفُوظٍ (22) लौहे महफूज (सुरक्षित फलाम पट्टीका) मा अंकित (छ) ।
 |