| وَيْلٌ لِّلْمُطَفِّفِينَ (1) नाप र तौलमा कमी गर्नेहरूलाई ठूलो खराबी छ ।
 | 
| الَّذِينَ إِذَا اكْتَالُوا عَلَى النَّاسِ يَسْتَوْفُونَ (2) जब मानिसहरूसित नापेर लिन्छन्, त पूरा–पूरा लिन्छन् ।
 | 
| وَإِذَا كَالُوهُمْ أَو وَّزَنُوهُمْ يُخْسِرُونَ (3) किन्तु जब उनीहरूलाई नापेर वा तौलेर दिन्छन् त घटाएर दिन्छन् ।
 | 
| أَلَا يَظُنُّ أُولَٰئِكَ أَنَّهُم مَّبْعُوثُونَ (4) के यिनीहरूलाई थाहा छैन कि उनीहरू मरेपछि पक्कै जीवित पारी उठाइनेछन् ।
 | 
| لِيَوْمٍ عَظِيمٍ (5) (अर्थात्) एउटा ठूलो दिनमा ।
 | 
| يَوْمَ يَقُومُ النَّاسُ لِرَبِّ الْعَالَمِينَ (6) जुन दिन सबै मानिसहरू पालनकर्ताको सामुन्ने उभिनेछन्
 | 
| كَلَّا إِنَّ كِتَابَ الْفُجَّارِ لَفِي سِجِّينٍ (7) निःसन्देह दुराचारीहरूको किताब (कर्मपत्रहरू) ‘‘सिज्जीनमा’’ छ ।
 | 
| وَمَا أَدْرَاكَ مَا سِجِّينٌ (8) र तिमीलाई के थाहा कि सिज्जीन के हो
 | 
| كِتَابٌ مَّرْقُومٌ (9) यो त लेखिएको पंज्जिका हो ।
 | 
| وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ (10) त्यस दिन झूठा ठहराउनेहरूलाई ठूलो खराबी (धिक्कार) छ ।
 | 
| الَّذِينَ يُكَذِّبُونَ بِيَوْمِ الدِّينِ (11) जसले निसाफको दिनलाई असत्य भन्दथे ।
 | 
| وَمَا يُكَذِّبُ بِهِ إِلَّا كُلُّ مُعْتَدٍ أَثِيمٍ (12) र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी छन् ।
 | 
| إِذَا تُتْلَىٰ عَلَيْهِ آيَاتُنَا قَالَ أَسَاطِيرُ الْأَوَّلِينَ (13) जब उसलाई हाम्रा आयतहरू सुनाइन्छ त भन्दछ कि यो त पहिलाका मानिसहरूका कथाहरू हुन् ।
 | 
| كَلَّا ۖ بَلْ ۜ رَانَ عَلَىٰ قُلُوبِهِم مَّا كَانُوا يَكْسِبُونَ (14) यो होइन, अपितु जसले नराम्रो कर्महरू गर्दछन्, त्यसकारण उनका हृदयहरूमा खिया लागिसकेको हुन्छ ।
 | 
| كَلَّا إِنَّهُمْ عَن رَّبِّهِمْ يَوْمَئِذٍ لَّمَحْجُوبُونَ (15) निःसन्देह यिनीहरू त्यस दिन आफ्नो पालनकर्ताको दर्शनबाट वंचित हुन्छन् ।
 | 
| ثُمَّ إِنَّهُمْ لَصَالُو الْجَحِيمِ (16) फेरि निःसन्देह यिनीहरू नर्कमा प्रवेश गर्नेछन् ।
 | 
| ثُمَّ يُقَالُ هَٰذَا الَّذِي كُنتُم بِهِ تُكَذِّبُونَ (17) त्यसपछि (उनीसित) भनिनेछ कि यो त्यही कुरा हो, जसलाई तिमीहरूले असत्य ठहराउन्थ्यौ ।
 | 
| كَلَّا إِنَّ كِتَابَ الْأَبْرَارِ لَفِي عِلِّيِّينَ (18) निःसन्देह सुनिराख कि सत्कर्मीहरूको कर्मपात्र ‘‘इल्लीयीनमा’’ छन् ।
 | 
| وَمَا أَدْرَاكَ مَا عِلِّيُّونَ (19) र तिमीलाई के थाहा कि इल्लीयीन के हो
 | 
| كِتَابٌ مَّرْقُومٌ (20) त्यो त लेखिएको किताब हो ।
 | 
| يَشْهَدُهُ الْمُقَرَّبُونَ (21) सामीप्यप्राप्त फरिश्ताहरू त्यसको निरीक्षण गर्दछन् ।
 | 
| إِنَّ الْأَبْرَارَ لَفِي نَعِيمٍ (22) निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् ।
 | 
| عَلَى الْأَرَائِكِ يَنظُرُونَ (23) पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् ।
 | 
| تَعْرِفُ فِي وُجُوهِهِمْ نَضْرَةَ النَّعِيمِ (24) उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ ।
 | 
| يُسْقَوْنَ مِن رَّحِيقٍ مَّخْتُومٍ (25) उनीहरूलाई शीलबन्दी विशुद्ध पेय पिलाइनेछ ।
 | 
| خِتَامُهُ مِسْكٌ ۚ وَفِي ذَٰلِكَ فَلْيَتَنَافَسِ الْمُتَنَافِسُونَ (26) जसको शील कस्तुरी को हुनेछ । तसर्थ अनुकम्पा चाहनेले उसैलाई प्राप्त गर्नुमा प्रतिस्पर्धा गर्नुपर्छ ।
 | 
| وَمِزَاجُهُ مِن تَسْنِيمٍ (27) र यसमा तसनीम (स्वर्गको एउटा छहरा) को पनि मिलावट हुनेछ ।
 | 
| عَيْنًا يَشْرَبُ بِهَا الْمُقَرَّبُونَ (28) त्यो एउटा झरना हो जसको पानी खास खास मानिसहरूले पिउनेछन् ।
 | 
| إِنَّ الَّذِينَ أَجْرَمُوا كَانُوا مِنَ الَّذِينَ آمَنُوا يَضْحَكُونَ (29) काफिरहरूले संसारमा मोमिनहरूको हाँसो गर्ने गर्दथे ।
 | 
| وَإِذَا مَرُّوا بِهِمْ يَتَغَامَزُونَ (30) र उनको पासबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे ।
 | 
| وَإِذَا انقَلَبُوا إِلَىٰ أَهْلِهِمُ انقَلَبُوا فَكِهِينَ (31) र जब आफ्नो घरतिर फर्कन्थे त ठट्टा गर्ने गर्दथे ।
 | 
| وَإِذَا رَأَوْهُمْ قَالُوا إِنَّ هَٰؤُلَاءِ لَضَالُّونَ (32) र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्
 | 
| وَمَا أُرْسِلُوا عَلَيْهِمْ حَافِظِينَ (33) जबकि उनीहरूलाई यिनीहरूमाथि निरीक्षक बनाएर पठाइएको थिएन ।
 | 
| فَالْيَوْمَ الَّذِينَ آمَنُوا مِنَ الْكُفَّارِ يَضْحَكُونَ (34) तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् ।
 | 
| عَلَى الْأَرَائِكِ يَنظُرُونَ (35) मसनदहरूमाथि (बसी उनीहरूको अवस्था) देखिराखेका हुनेछन् ।
 | 
| هَلْ ثُوِّبَ الْكُفَّارُ مَا كَانُوا يَفْعَلُونَ (36) अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो ।
 |