| وَالسَّمَاءِ وَالطَّارِقِ (1) कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको ।
 | 
| وَمَا أَدْرَاكَ مَا الطَّارِقُ (2) र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो
 | 
| النَّجْمُ الثَّاقِبُ (3) त्यो तारा हो, चम्किलो ।
 | 
| إِن كُلُّ نَفْسٍ لَّمَّا عَلَيْهَا حَافِظٌ (4) कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।
 | 
| فَلْيَنظُرِ الْإِنسَانُ مِمَّ خُلِقَ (5) मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।
 | 
| خُلِقَ مِن مَّاءٍ دَافِقٍ (6) त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।
 | 
| يَخْرُجُ مِن بَيْنِ الصُّلْبِ وَالتَّرَائِبِ (7) जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।
 | 
| إِنَّهُ عَلَىٰ رَجْعِهِ لَقَادِرٌ (8) निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।
 | 
| يَوْمَ تُبْلَى السَّرَائِرُ (9) जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।
 | 
| فَمَا لَهُ مِن قُوَّةٍ وَلَا نَاصِرٍ (10) त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।
 | 
| وَالسَّمَاءِ ذَاتِ الرَّجْعِ (11) आकाशको कसम जसले वृष्टि गर्दछ ।
 | 
| وَالْأَرْضِ ذَاتِ الصَّدْعِ (12) र धरतीको कसम जुन च्यातिनेवाला छ ।
 | 
| إِنَّهُ لَقَوْلٌ فَصْلٌ (13) कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो ।
 | 
| وَمَا هُوَ بِالْهَزْلِ (14) त्यो कुनै ठट्टा होइन ।
 | 
| إِنَّهُمْ يَكِيدُونَ كَيْدًا (15) उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।
 | 
| وَأَكِيدُ كَيْدًا (16) र मैले पनि एउटा चालचली राखेको छु ।
 | 
| فَمَهِّلِ الْكَافِرِينَ أَمْهِلْهُمْ رُوَيْدًا (17) अतः तिमीले काफिरहरूलाई मोहलत दिइहाल, केही दिन उनलाई छाडिदिनु ।
 |