| سَبِّحِ اسْمَ رَبِّكَ الْأَعْلَى (1) (हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर्नु ।
 | 
| الَّذِي خَلَقَ فَسَوَّىٰ (2) जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।
 | 
| وَالَّذِي قَدَّرَ فَهَدَىٰ (3) र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।
 | 
| وَالَّذِي أَخْرَجَ الْمَرْعَىٰ (4) र जसले वनस्पति उमार्यो ।
 | 
| فَجَعَلَهُ غُثَاءً أَحْوَىٰ (5) अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।
 | 
| سَنُقْرِئُكَ فَلَا تَنسَىٰ (6) हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।
 | 
| إِلَّا مَا شَاءَ اللَّهُ ۚ إِنَّهُ يَعْلَمُ الْجَهْرَ وَمَا يَخْفَىٰ (7) तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।
 | 
| وَنُيَسِّرُكَ لِلْيُسْرَىٰ (8) हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।
 | 
| فَذَكِّرْ إِن نَّفَعَتِ الذِّكْرَىٰ (9) अतः तपाईले उपदेश गर्दै गर्नुस्, यदि उपदेश लाभप्रद छ ।
 | 
| سَيَذَّكَّرُ مَن يَخْشَىٰ (10) त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ ।
 | 
| وَيَتَجَنَّبُهَا الْأَشْقَى (11) हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ ।
 | 
| الَّذِي يَصْلَى النَّارَ الْكُبْرَىٰ (12) जो ठूलो आगोमा पर्नेछ ।
 | 
| ثُمَّ لَا يَمُوتُ فِيهَا وَلَا يَحْيَىٰ (13) अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।
 | 
| قَدْ أَفْلَحَ مَن تَزَكَّىٰ (14) निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।
 | 
| وَذَكَرَ اسْمَ رَبِّهِ فَصَلَّىٰ (15) र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।
 | 
| بَلْ تُؤْثِرُونَ الْحَيَاةَ الدُّنْيَا (16) तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ ।
 | 
| وَالْآخِرَةُ خَيْرٌ وَأَبْقَىٰ (17) जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।
 | 
| إِنَّ هَٰذَا لَفِي الصُّحُفِ الْأُولَىٰ (18) निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ ।
 | 
| صُحُفِ إِبْرَاهِيمَ وَمُوسَىٰ (19) अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा ।
 |