| عَبَسَ وَتَوَلَّىٰ (1) उसले रूखापनागरेर मुख फर्कायो ।
 | 
| أَن جَاءَهُ الْأَعْمَىٰ (2) किनकि उसको पासमा एउटा अन्धो आयो ।
 | 
| وَمَا يُدْرِيكَ لَعَلَّهُ يَزَّكَّىٰ (3) तिमीलाई के थाह शायद उसको भलो हुने थियो ।
 | 
| أَوْ يَذَّكَّرُ فَتَنفَعَهُ الذِّكْرَىٰ (4) अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो ।
 | 
| أَمَّا مَنِ اسْتَغْنَىٰ (5) तर जो लापरवाही गर्दछ ।
 | 
| فَأَنتَ لَهُ تَصَدَّىٰ (6) उसैको तर्फ तिमी पूरै ध्यान दिन्छौ ।
 | 
| وَمَا عَلَيْكَ أَلَّا يَزَّكَّىٰ (7) हुनत यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन ।
 | 
| وَأَمَّا مَن جَاءَكَ يَسْعَىٰ (8) र जो तिम्रो पासमा दगुर्दै आयो ।
 | 
| وَهُوَ يَخْشَىٰ (9) र ऊ (अल्लाहसित) डर्छ पनि ।
 | 
| فَأَنتَ عَنْهُ تَلَهَّىٰ (10) उसलाई तिमीले बेवास्ता गर्दछौ ।
 | 
| كَلَّا إِنَّهَا تَذْكِرَةٌ (11) हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।
 | 
| فَمَن شَاءَ ذَكَرَهُ (12) तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् ।
 | 
| فِي صُحُفٍ مُّكَرَّمَةٍ (13) यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।
 | 
| مَّرْفُوعَةٍ مُّطَهَّرَةٍ (14) जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।
 | 
| بِأَيْدِي سَفَرَةٍ (15) यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।
 | 
| كِرَامٍ بَرَرَةٍ (16) जो प्रतिष्ठित र पवित्र छन् ।
 | 
| قُتِلَ الْإِنسَانُ مَا أَكْفَرَهُ (17) अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ छ ।
 | 
| مِنْ أَيِّ شَيْءٍ خَلَقَهُ (18) अल्लाहले उसलाई कुन कुराबाट सृष्टि गर्यो
 | 
| مِن نُّطْفَةٍ خَلَقَهُ فَقَدَّرَهُ (19) वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो ।
 | 
| ثُمَّ السَّبِيلَ يَسَّرَهُ (20) र उसको निम्ति मार्ग सरल बनाइदियो ।
 | 
| ثُمَّ أَمَاتَهُ فَأَقْبَرَهُ (21) अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो ।
 | 
| ثُمَّ إِذَا شَاءَ أَنشَرَهُ (22) फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ
 | 
| كَلَّا لَمَّا يَقْضِ مَا أَمَرَهُ (23) केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।
 | 
| فَلْيَنظُرِ الْإِنسَانُ إِلَىٰ طَعَامِهِ (24) अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।
 | 
| أَنَّا صَبَبْنَا الْمَاءَ صَبًّا (25) हामीले नै धेरै पानी वर्षायौं ।
 | 
| ثُمَّ شَقَقْنَا الْأَرْضَ شَقًّا (26) फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं ।
 | 
| فَأَنبَتْنَا فِيهَا حَبًّا (27) त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं ।
 | 
| وَعِنَبًا وَقَضْبًا (28) र अंगूर र तरकारी ।
 | 
| وَزَيْتُونًا وَنَخْلًا (29) र जैतून र खजूरहरू ।
 | 
| وَحَدَائِقَ غُلْبًا (30) र बाक्ला घना बगैंचाहरू ।
 | 
| وَفَاكِهَةً وَأَبًّا (31) र फल र चाराहरू ।
 | 
| مَّتَاعًا لَّكُمْ وَلِأَنْعَامِكُمْ (32) (यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।
 | 
| فَإِذَا جَاءَتِ الصَّاخَّةُ (33) तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।
 | 
| يَوْمَ يَفِرُّ الْمَرْءُ مِنْ أَخِيهِ (34) त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।
 | 
| وَأُمِّهِ وَأَبِيهِ (35) र आफ्नो आमा र बाबुबाट ।
 | 
| وَصَاحِبَتِهِ وَبَنِيهِ (36) र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ ।
 | 
| لِكُلِّ امْرِئٍ مِّنْهُمْ يَوْمَئِذٍ شَأْنٌ يُغْنِيهِ (37) यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।
 | 
| وُجُوهٌ يَوْمَئِذٍ مُّسْفِرَةٌ (38) कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।
 | 
| ضَاحِكَةٌ مُّسْتَبْشِرَةٌ (39) हाँस्दै खुशी र आनन्दित हुनेछन् ।
 | 
| وَوُجُوهٌ يَوْمَئِذٍ عَلَيْهَا غَبَرَةٌ (40) र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।
 | 
| تَرْهَقُهَا قَتَرَةٌ (41) जसमाथि कालोपना छाएको हुनेछ
 | 
| أُولَٰئِكَ هُمُ الْكَفَرَةُ الْفَجَرَةُ (42) यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।
 |