لَا أُقْسِمُ بِيَوْمِ الْقِيَامَةِ (1) म कियामतको दिनको कसम खान्छु |
وَلَا أُقْسِمُ بِالنَّفْسِ اللَّوَّامَةِ (2) र म कसम खान्छु त्यस नफ्सको (आत्मा) जो निन्दा गर्नेवाला हो । |
أَيَحْسَبُ الْإِنسَانُ أَلَّن نَّجْمَعَ عِظَامَهُ (3) के मानिसले यो ठान्दछ कि हामीले कदापि उसका हाडहरूलाई एकत्र गर्नेछैनौं |
بَلَىٰ قَادِرِينَ عَلَىٰ أَن نُّسَوِّيَ بَنَانَهُ (4) अवश्य गर्नेछौं (र) हामी यस कुरामा सामथ्र्यवान छौं कि उसका औंलाका टुप्पाहरू दुरुस्त गरिदेऔं। |
بَلْ يُرِيدُ الْإِنسَانُ لِيَفْجُرَ أَمَامَهُ (5) (होइन) बरु मानिसले चाहन्छ कि आफ्नो अगाडि–अगाडि अवज्ञा गर्दै जाओस् । |
يَسْأَلُ أَيَّانَ يَوْمُ الْقِيَامَةِ (6) सोध्छ कि कियामतको दिन कहिले आउँछ |
فَإِذَا بَرِقَ الْبَصَرُ (7) जब आँखाहरू तिर्मीराइहाल्नेछन् । |
وَخَسَفَ الْقَمَرُ (8) र चन्द्र प्रकाशहीन भइहाल्नेछ । |
وَجُمِعَ الشَّمْسُ وَالْقَمَرُ (9) र सूर्य र चन्द्र एकत्रित गरिनेछन् । |
يَقُولُ الْإِنسَانُ يَوْمَئِذٍ أَيْنَ الْمَفَرُّ (10) त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ |
كَلَّا لَا وَزَرَ (11) निःसन्देह कुनै शरणस्थल छैन । |
إِلَىٰ رَبِّكَ يَوْمَئِذٍ الْمُسْتَقَرُّ (12) आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ । |
يُنَبَّأُ الْإِنسَانُ يَوْمَئِذٍ بِمَا قَدَّمَ وَأَخَّرَ (13) मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ । |
بَلِ الْإِنسَانُ عَلَىٰ نَفْسِهِ بَصِيرَةٌ (14) बरु मानिस स्वयं आफ्नो साक्षी छ । |
وَلَوْ أَلْقَىٰ مَعَاذِيرَهُ (15) यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् । |
لَا تُحَرِّكْ بِهِ لِسَانَكَ لِتَعْجَلَ بِهِ (16) र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् । |
إِنَّ عَلَيْنَا جَمْعَهُ وَقُرْآنَهُ (17) त्यसलाई एकत्रित गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मा छ । |
فَإِذَا قَرَأْنَاهُ فَاتَّبِعْ قُرْآنَهُ (18) अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् । |
ثُمَّ إِنَّ عَلَيْنَا بَيَانَهُ (19) अनि हाम्रो जिम्मामा छ उसको स्पष्टिकरण गर्नु । |
كَلَّا بَلْ تُحِبُّونَ الْعَاجِلَةَ (20) होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ । |
وَتَذَرُونَ الْآخِرَةَ (21) र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ |
وُجُوهٌ يَوْمَئِذٍ نَّاضِرَةٌ (22) त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन् |
إِلَىٰ رَبِّهَا نَاظِرَةٌ (23) आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् । |
وَوُجُوهٌ يَوْمَئِذٍ بَاسِرَةٌ (24) र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् । |
تَظُنُّ أَن يُفْعَلَ بِهَا فَاقِرَةٌ (25) बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ । |
كَلَّا إِذَا بَلَغَتِ التَّرَاقِيَ (26) होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ । |
وَقِيلَ مَنْ ۜ رَاقٍ (27) र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ |
وَظَنَّ أَنَّهُ الْفِرَاقُ (28) र त्यसले जान्दछ कि अब सबैबाट विदाईको समय छ । |
وَالْتَفَّتِ السَّاقُ بِالسَّاقِ (29) र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ । |
إِلَىٰ رَبِّكَ يَوْمَئِذٍ الْمَسَاقُ (30) आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ । |
فَلَا صَدَّقَ وَلَا صَلَّىٰ (31) तर उसले नत सत्य मान्यो न नमाज पढ्यो । |
وَلَٰكِن كَذَّبَ وَتَوَلَّىٰ (32) बरु झूठो ठहरायो र विमुख भयो । |
ثُمَّ ذَهَبَ إِلَىٰ أَهْلِهِ يَتَمَطَّىٰ (33) अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो । |
أَوْلَىٰ لَكَ فَأَوْلَىٰ (34) अफशोच छ तिमीमाथि, झन् धिक्कार छ । |
ثُمَّ أَوْلَىٰ لَكَ فَأَوْلَىٰ (35) धिक्कार छ र खराबी छ तिमीमाथि । |
أَيَحْسَبُ الْإِنسَانُ أَن يُتْرَكَ سُدًى (36) के मानिसले यो ठान्दछ कि उसलाई यस्तै छाडिदिइनेछ |
أَلَمْ يَكُ نُطْفَةً مِّن مَّنِيٍّ يُمْنَىٰ (37) के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन? जसलाई टपकाइएको थियो |
ثُمَّ كَانَ عَلَقَةً فَخَلَقَ فَسَوَّىٰ (38) फेरि ऊ रगतको डल्लो भयो, अनि अल्लाहले उसलाई पैदा गरी ठिकठाक गर्यो । |
فَجَعَلَ مِنْهُ الزَّوْجَيْنِ الذَّكَرَ وَالْأُنثَىٰ (39) अनि उसका जोडाहरू बनायो, पुरुष र स्त्री । |
أَلَيْسَ ذَٰلِكَ بِقَادِرٍ عَلَىٰ أَن يُحْيِيَ الْمَوْتَىٰ (40) त के उसलाई यस कुरामा सामथ्र्य छैन कि मृतकहरूलाई जीवित पारिहलोस् । |