ن ۚ وَالْقَلَمِ وَمَا يَسْطُرُونَ (1) नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू) लेख्दछन् । |
مَا أَنتَ بِنِعْمَةِ رَبِّكَ بِمَجْنُونٍ (2) कि (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बउलाहा होइन । |
وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونٍ (3) र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ । |
وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٍ (4) निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ । |
فَسَتُبْصِرُ وَيُبْصِرُونَ (5) अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन् |
بِأَييِّكُمُ الْمَفْتُونُ (6) कि तिमीमध्येबाट को भ्रमित भएको छ । |
إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِ وَهُوَ أَعْلَمُ بِالْمُهْتَدِينَ (7) निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् । |
فَلَا تُطِعِ الْمُكَذِّبِينَ (8) तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु । |
وَدُّوا لَوْ تُدْهِنُ فَيُدْهِنُونَ (9) तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् । |
وَلَا تُطِعْ كُلَّ حَلَّافٍ مَّهِينٍ (10) र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ । |
هَمَّازٍ مَّشَّاءٍ بِنَمِيمٍ (11) बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ । |
مَّنَّاعٍ لِّلْخَيْرِ مُعْتَدٍ أَثِيمٍ (12) (र जो)राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) । |
عُتُلٍّ بَعْدَ ذَٰلِكَ زَنِيمٍ (13) घमण्डी र त्यो पनि जारज । |
أَن كَانَ ذَا مَالٍ وَبَنِينَ (14) उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ |
إِذَا تُتْلَىٰ عَلَيْهِ آيَاتُنَا قَالَ أَسَاطِيرُ الْأَوَّلِينَ (15) जब उसका सामु हाम्रा आयतहरू पढेर सुनाइन्छन्, तब भन्छ कि यी त पहिलाका मानिसहरूका कथा हुन् । |
سَنَسِمُهُ عَلَى الْخُرْطُومِ (16) हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं । |
إِنَّا بَلَوْنَاهُمْ كَمَا بَلَوْنَا أَصْحَابَ الْجَنَّةِ إِذْ أَقْسَمُوا لَيَصْرِمُنَّهَا مُصْبِحِينَ (17) निःसंदेह हामीले उनीहरूको यस्तै प्रकारले परीक्षा लिएकाछौं जुन प्रकारले बागवालाहरूको परीक्षा लिएका थियौं, जबकि उनीहरूले कसम खाए कि प्रातःकाल हुनासाथ अवश्य त्यस बगैचाका फल टिप्नेछौं । |
وَلَا يَسْتَثْنُونَ (18) र ‘‘इन्शाअल्लाह’’(यदि अल्लहले चाह्यो) भनेनन् |
فَطَافَ عَلَيْهَا طَائِفٌ مِّن رَّبِّكَ وَهُمْ نَائِمُونَ (19) तसर्थ उनीहरूमाथि उनीहरू सुतिराखेकै बेलामा तिम्रो पालनकर्ताको तर्फबाट एउटा विपदाले चक्कर लगाइहाल्यो । |
فَأَصْبَحَتْ كَالصَّرِيمِ (20) तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती |
فَتَنَادَوْا مُصْبِحِينَ (21) जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले |
أَنِ اغْدُوا عَلَىٰ حَرْثِكُمْ إِن كُنتُمْ صَارِمِينَ (22) कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग । |
فَانطَلَقُوا وَهُمْ يَتَخَافَتُونَ (23) फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे । |
أَن لَّا يَدْخُلَنَّهَا الْيَوْمَ عَلَيْكُم مِّسْكِينٌ (24) कि आज यहाँ तिम्रो पासमा कोही गरिब आउन नपाओस् |
وَغَدَوْا عَلَىٰ حَرْدٍ قَادِرِينَ (25) र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं । |
فَلَمَّا رَأَوْهَا قَالُوا إِنَّا لَضَالُّونَ (26) जब उनीहरूले बागलाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो बिर्सिसकेका छौं |
بَلْ نَحْنُ مَحْرُومُونَ (27) होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो । |
قَالَ أَوْسَطُهُمْ أَلَمْ أَقُل لَّكُمْ لَوْلَا تُسَبِّحُونَ (28) एउटा जुन उनीहरूमध्ये बुद्धिमान थियो उसले भन्यो, के मैले तिमीसित भनेको थिएन कि तिमीले अल्लाहको पवित्रताको वर्णन किन गर्दैनौ |
قَالُوا سُبْحَانَ رَبِّنَا إِنَّا كُنَّا ظَالِمِينَ (29) तब उनीहरू सबैले भन्नथाले कि हाम्रो पालनकर्ता पवित्र छ, निश्चय नै हामी नै अत्याचारी थियौं |
فَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَلَاوَمُونَ (30) अनि उनीहरू एक अर्कातिर मुख फर्काइ परस्पर धिक्कार्न थाले |
قَالُوا يَا وَيْلَنَا إِنَّا كُنَّا طَاغِينَ (31) भन्न थाले, हाय अफशोच हामी नै हदभन्दा अगाडि गइसकेका थियौं । |
عَسَىٰ رَبُّنَا أَن يُبْدِلَنَا خَيْرًا مِّنْهَا إِنَّا إِلَىٰ رَبِّنَا رَاغِبُونَ (32) आशा छ कि हाम्रो पालनकर्ताले यसको सट्टा हामीहरूलाई यसभन्दा राम्रो बदला प्रदान गरोस्, हामी त अब आफ्नो पालनकर्ताबाटै आशन्वित हुन्छौं । |
كَذَٰلِكَ الْعَذَابُ ۖ وَلَعَذَابُ الْآخِرَةِ أَكْبَرُ ۚ لَوْ كَانُوا يَعْلَمُونَ (33) (हेर) विपदा यस्तै आउँछ र परलोकको विपदा धेरै ठूलो छ, यदि यो कुरा उनीहरूले बुझ्नसक्ने भए । |
إِنَّ لِلْمُتَّقِينَ عِندَ رَبِّهِمْ جَنَّاتِ النَّعِيمِ (34) निश्चय नै संयमीहरूको निम्ति उनीहरूको पालनकर्ताकहाँ उपहारवाला स्वर्गहरू छन् । |
أَفَنَجْعَلُ الْمُسْلِمِينَ كَالْمُجْرِمِينَ (35) के हामी आज्ञाकारीहरूलाई अपराधीहरू जस्तो गरिदिनेछौं |
مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ (36) तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ |
أَمْ لَكُمْ كِتَابٌ فِيهِ تَدْرُسُونَ (37) के तिम्रो पासमा कुनै किताब छ जसबाट तिमी (यो) पढ्छौ |
إِنَّ لَكُمْ فِيهِ لَمَا تَخَيَّرُونَ (38) कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन् |
أَمْ لَكُمْ أَيْمَانٌ عَلَيْنَا بَالِغَةٌ إِلَىٰ يَوْمِ الْقِيَامَةِ ۙ إِنَّ لَكُمْ لَمَا تَحْكُمُونَ (39) वा तिमीहरूले हामीसित कुनै शपथ लिएकाछौ ? जुन कयामतको दिनसम्म बाँकी रहनेछ, कि तिम्रो निम्ति त्यो सबै छ जुन तिमीले आफ्नो तर्फबाट फैसला गर्दछौ । |
سَلْهُمْ أَيُّهُم بِذَٰلِكَ زَعِيمٌ (40) उनीहरूसित सोध कि उनीहरूमध्ये यसको जिम्मावाला को हो |
أَمْ لَهُمْ شُرَكَاءُ فَلْيَأْتُوا بِشُرَكَائِهِمْ إِن كَانُوا صَادِقِينَ (41) के (यस भनाईमा) उनका अरु पनि साझेदार छन् ? यदि उनी साँचो छन् भने आफ्नो साझेदारहरूलाई ल्याई अगाडि उभ्याउन् । |
يَوْمَ يُكْشَفُ عَن سَاقٍ وَيُدْعَوْنَ إِلَى السُّجُودِ فَلَا يَسْتَطِيعُونَ (42) जुन दिन घुँडा खोलिदिइनेछ र उनीहरू सजदाको निम्ति बोलाइने छन्, तब तिनीहरूले सिज्दा गर्नसक्ने छैनन् । |
خَاشِعَةً أَبْصَارُهُمْ تَرْهَقُهُمْ ذِلَّةٌ ۖ وَقَدْ كَانُوا يُدْعَوْنَ إِلَى السُّجُودِ وَهُمْ سَالِمُونَ (43) आँखाहरू तल झुकेका हुनेछन्, र उनीमाथि अपमान छाइराखेको हुनेछ । उनीहरूलाई त्यस बेला पनि ढोगको निम्ति बोलाइन्थ्यो जबकि उनीहरू ठीकठाक थिए । |
فَذَرْنِي وَمَن يُكَذِّبُ بِهَٰذَا الْحَدِيثِ ۖ سَنَسْتَدْرِجُهُم مِّنْ حَيْثُ لَا يَعْلَمُونَ (44) अतः तिमीले मलाई र मेरा वाणीलाई झूठा भन्नेहरूलाई छाडिदेऊ । हामीले उनीहरूलाई विस्तारै यस्तो तरीकाले समात्ने छौं कि उनलाई थाहा पनि हुनेछैन । |
وَأُمْلِي لَهُمْ ۚ إِنَّ كَيْدِي مَتِينٌ (45) मैले उनलाई मोहलत दिइराख्नेछु, निःसंदेह मेरो योजना धेरै बलियो छ । |
أَمْ تَسْأَلُهُمْ أَجْرًا فَهُم مِّن مَّغْرَمٍ مُّثْقَلُونَ (46) के तिमी उनीहरूसित केही बदला माँगिराखेका छौ कि उनीहरू त्यसको बोझबाट थिचिंदै गइराखेका छन् । |
أَمْ عِندَهُمُ الْغَيْبُ فَهُمْ يَكْتُبُونَ (47) वा के उनीहरूको पासमा परोक्षको ज्ञान छ जसलाई उनी लेख्दै गएका छन् |
فَاصْبِرْ لِحُكْمِ رَبِّكَ وَلَا تَكُن كَصَاحِبِ الْحُوتِ إِذْ نَادَىٰ وَهُوَ مَكْظُومٌ (48) अतः आफ्नो पालनकर्ताको आदेशलाई तपाईले धैर्यसित प्रतीक्षा गर्नुस् र माछावाला जस्तै नहुनु, कि उनले गहिरो दुःखको अवस्थामा प्रार्थना गरेका थिए । |
لَّوْلَا أَن تَدَارَكَهُ نِعْمَةٌ مِّن رَّبِّهِ لَنُبِذَ بِالْعَرَاءِ وَهُوَ مَذْمُومٌ (49) यदि उनको साथमा उनको पालनकर्ताको अनुकम्पा नभएको भए उनी खुल्ला मैदानमा फ्याँकिने थिए, र उनको अवस्था नराम्रो हुने थियो । |
فَاجْتَبَاهُ رَبُّهُ فَجَعَلَهُ مِنَ الصَّالِحِينَ (50) अन्ततः उनको पालनकर्ताले फेरि उनलाई रोजिहाल्यो र उनलाई राम्रा मानिसहरूमा शम्मिलित गरिदियो । |
وَإِن يَكَادُ الَّذِينَ كَفَرُوا لَيُزْلِقُونَكَ بِأَبْصَارِهِمْ لَمَّا سَمِعُوا الذِّكْرَ وَيَقُولُونَ إِنَّهُ لَمَجْنُونٌ (51) र नजिक छ कि काफिरहरूले आफ्नो तीव्र दृष्टिबाट तपाईलाई चिप्ल्याई दिनेछन्, जब उनी ‘‘कुरआन’’ सुन्दछन् र भनिदिन्छन् कि यिनी त अवश्य दिवाना छन् । |
وَمَا هُوَ إِلَّا ذِكْرٌ لِّلْعَالَمِينَ (52) वास्तवमा यो (कुरआन) त सबै संसारवालाहरूको निम्ति पूरै उपदेश हो । |