| الرَّحْمَٰنُ (1) रहमान (अल्लाह) ले
 | 
| عَلَّمَ الْقُرْآنَ (2) कुरआन सिकायो ।
 | 
| خَلَقَ الْإِنسَانَ (3) उसैले मानिसहरूलाई सृष्टि गर्यो
 | 
| عَلَّمَهُ الْبَيَانَ (4) र उसलाई बोल्न सिकायो ।
 | 
| الشَّمْسُ وَالْقَمَرُ بِحُسْبَانٍ (5) सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्
 | 
| وَالنَّجْمُ وَالشَّجَرُ يَسْجُدَانِ (6) र तारा र वृक्ष दुबैले ढोगी राखेका छन् ।
 | 
| وَالسَّمَاءَ رَفَعَهَا وَوَضَعَ الْمِيزَانَ (7) र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।
 | 
| أَلَّا تَطْغَوْا فِي الْمِيزَانِ (8) ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।
 | 
| وَأَقِيمُوا الْوَزْنَ بِالْقِسْطِ وَلَا تُخْسِرُوا الْمِيزَانَ (9) न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।
 | 
| وَالْأَرْضَ وَضَعَهَا لِلْأَنَامِ (10) र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।
 | 
| فِيهَا فَاكِهَةٌ وَالنَّخْلُ ذَاتُ الْأَكْمَامِ (11) त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।
 | 
| وَالْحَبُّ ذُو الْعَصْفِ وَالرَّيْحَانُ (12) र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (13) तसर्थ (हे मानिस र जिन्न) तिमीले आफ्नो पालनकर्ताको कुन–कनु अनुकम्पालाई असत्य ठहराउँनेछौ
 | 
| خَلَقَ الْإِنسَانَ مِن صَلْصَالٍ كَالْفَخَّارِ (14) उसले मनुष्यलाई कङक्रिट जस्ता खनखनाउँदो माटोबाट सृष्टि गर्यो ।
 | 
| وَخَلَقَ الْجَانَّ مِن مَّارِجٍ مِّن نَّارٍ (15) र जिन्नलाई उसले आगोको रापबाट सृष्टि गर्यो ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (16) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य साबित गर्नेछौ ।
 | 
| رَبُّ الْمَشْرِقَيْنِ وَرَبُّ الْمَغْرِبَيْنِ (17) ऊ दुई पूर्वको स्वामी हो र दुई पश्चिमको पनि ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (18) अनि (हे जिन्न र मानव) तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पाहरूलाई असत्य ठहाराउनेछौ
 | 
| مَرَجَ الْبَحْرَيْنِ يَلْتَقِيَانِ (19) उसैले दुई समुन्द्र प्रवाहित गरिदियो जो आपसमा मिल्छन् ।
 | 
| بَيْنَهُمَا بَرْزَخٌ لَّا يَبْغِيَانِ (20) ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण गर्दैनन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (21) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| يَخْرُجُ مِنْهُمَا اللُّؤْلُؤُ وَالْمَرْجَانُ (22) ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (23) अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं
 | 
| وَلَهُ الْجَوَارِ الْمُنشَآتُ فِي الْبَحْرِ كَالْأَعْلَامِ (24) र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै अग्लो भई चलीराखेका छन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (25) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| كُلُّ مَنْ عَلَيْهَا فَانٍ (26) प्रत्येक प्राणी जो यस धरतीमा छ, नाशवान छ ।
 | 
| وَيَبْقَىٰ وَجْهُ رَبِّكَ ذُو الْجَلَالِ وَالْإِكْرَامِ (27) तर तिम्रो पालनकर्ताको अनुहार (व्यक्तित्व) जो प्रतिष्ठित र सम्मानित छ शेष रहनेवाला छ ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (28) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| يَسْأَلُهُ مَن فِي السَّمَاوَاتِ وَالْأَرْضِ ۚ كُلَّ يَوْمٍ هُوَ فِي شَأْنٍ (29) आकाशहरू र धरतीमा जो कोही पनि छन् सबै उसैसित माँग्दछन्, प्रत्येक दिन ऊ नौलो शानमा छ ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (30) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| سَنَفْرُغُ لَكُمْ أَيُّهَ الثَّقَلَانِ (31) हे दुवै समुदायहरू (जिन्न र मनुष्य) हामी शीघ्र तिम्रो निम्ति पूर्णरूपले ध्यान दिनेछौं ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (32) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| يَا مَعْشَرَ الْجِنِّ وَالْإِنسِ إِنِ اسْتَطَعْتُمْ أَن تَنفُذُوا مِنْ أَقْطَارِ السَّمَاوَاتِ وَالْأَرْضِ فَانفُذُوا ۚ لَا تَنفُذُونَ إِلَّا بِسُلْطَانٍ (33) हे जिन्न र मनुष्यका समुदायहरू यदि तिमीहरूमा आकाशहरू र धरतीका सीमाहरूलाई पार गर्ने शक्ति छ त निस्केर हेर तर बिना वर्चस्वता र शक्तिको तिमीले कहिल्यै पार गर्न सक्दैनौं ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (34) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| يُرْسَلُ عَلَيْكُمَا شُوَاظٌ مِّن نَّارٍ وَنُحَاسٌ فَلَا تَنتَصِرَانِ (35) तिमीमाथि आगोको ज्वाला र धुवाँ छोडिने छ, अनि तिमीले मुकाबिला गर्न सक्दैनौ ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (36) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
 | 
| فَإِذَا انشَقَّتِ السَّمَاءُ فَكَانَتْ وَرْدَةً كَالدِّهَانِ (37) अनि जब आकाश च्यातिएर रातो छाला जस्तो भइहाल्नेछ ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (38) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| فَيَوْمَئِذٍ لَّا يُسْأَلُ عَن ذَنبِهِ إِنسٌ وَلَا جَانٌّ (39) अनि त्यसदिन न कुनै मानिससित उसको पापको बारेमा सोधिनेछ र न कुनै जिन्नसित ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (40) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| يُعْرَفُ الْمُجْرِمُونَ بِسِيمَاهُمْ فَيُؤْخَذُ بِالنَّوَاصِي وَالْأَقْدَامِ (41) गुनहगारहरू आफ्नो अनुहारबाट नै चिनिनेछन्, र उनका टाउकोको कपालहरू र खुट्टाद्वारा उनीहरूलाई समातिने छ ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (42) अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| هَٰذِهِ جَهَنَّمُ الَّتِي يُكَذِّبُ بِهَا الْمُجْرِمُونَ (43) यही त्यो जहन्नम हो, जसलाई गुनाहगारहरूले असत्य भन्दथे ।
 | 
| يَطُوفُونَ بَيْنَهَا وَبَيْنَ حَمِيمٍ آنٍ (44) उनीहरू यसको र उम्लिराखकेको तातो पानीको बीचमा चक्कर लगाइरहनेछन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (45) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ।
 | 
| وَلِمَنْ خَافَ مَقَامَ رَبِّهِ جَنَّتَانِ (46) र जुन मानिस आफ्नो पालनकर्ताको सामु उभिनुबाट डर मान्यो, उसको निम्ति दुईवटा स्वर्गहरू छन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (47) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
 | 
| ذَوَاتَا أَفْنَانٍ (48) ती दुवै स्वर्गहरूमा धेरै हाँगाहरू हुनेछन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (49) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
 | 
| فِيهِمَا عَيْنَانِ تَجْرِيَانِ (50) यी दुवै बगैंचाहरूमा दुईटा प्रवाहित झरनाहरू छन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (51) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
 | 
| فِيهِمَا مِن كُلِّ فَاكِهَةٍ زَوْجَانِ (52) ती दुवै बगैंचाहरूमा प्रत्येक स्वादिष्ट फलका दुई–दुई किसिम हुनेछन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (53) अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| مُتَّكِئِينَ عَلَىٰ فُرُشٍ بَطَائِنُهَا مِنْ إِسْتَبْرَقٍ ۚ وَجَنَى الْجَنَّتَيْنِ دَانٍ (54) स्वर्गमा रहनेहरू यस्ता ओछ्यानमा तकिया लगाएर बसेका हुनेछन्, जसको अस्तर बाक्लो रेशमका हुनेछन्, र दुवै बगैंचाका फलहरू नजिकै हुनेछन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (55) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
 | 
| فِيهِنَّ قَاصِرَاتُ الطَّرْفِ لَمْ يَطْمِثْهُنَّ إِنسٌ قَبْلَهُمْ وَلَا جَانٌّ (56) त्यहाँ आँखा झुकाएका लज्जालु स्त्रीहरू (अप्सरा) हुनेछिन्, जसलाई जन्नतवालाभन्दा पहिला न कुनै मानिसले स्पर्श गरेको हुन्छ र न कुनै जिन्नले ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (57) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| كَأَنَّهُنَّ الْيَاقُوتُ وَالْمَرْجَانُ (58) ती (अप्सरा) स्त्रीहरू याकूत र मूँगा जस्ती हुनेछिन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (59) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| هَلْ جَزَاءُ الْإِحْسَانِ إِلَّا الْإِحْسَانُ (60) भलाईको बदला भलाई बाहेक अरु के हुनेछ
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (61) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
 | 
| وَمِن دُونِهِمَا جَنَّتَانِ (62) र यी बगैंचाहरू बाहेक दुईवटा अरु बगैंचाहरू छन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (63) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
 | 
| مُدْهَامَّتَانِ (64) दुवै निकै गाढा हरिया छन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (65) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
 | 
| فِيهِمَا عَيْنَانِ نَضَّاخَتَانِ (66) ती दुवै बगैंचाहरूमा दुईवटा बग्ने झरनाहरू प्रवाहित भइराखेका छन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (67) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| فِيهِمَا فَاكِهَةٌ وَنَخْلٌ وَرُمَّانٌ (68) यिनीहरूमा स्वादिष्ट फल, मेवाहरू खजूर र अनारहरू हुनेछन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (69) अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| فِيهِنَّ خَيْرَاتٌ حِسَانٌ (70) यिनीहरूमा चरित्रवान र सुन्दर स्त्रीहरू छिन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (71) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| حُورٌ مَّقْصُورَاتٌ فِي الْخِيَامِ (72) गोरो रंग भएकी ती स्त्रीहरू स्वर्गका खीमाहरूमा रहनेवाली हुन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (73) त तिमीले (हे मानव र जिन्न) आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| لَمْ يَطْمِثْهُنَّ إِنسٌ قَبْلَهُمْ وَلَا جَانٌّ (74) जसलाई पहिला न कुनै मनुष्यले छोएको हुन्छ र न कुनै जिन्नले ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (75) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| مُتَّكِئِينَ عَلَىٰ رَفْرَفٍ خُضْرٍ وَعَبْقَرِيٍّ حِسَانٍ (76) उनीहरू हरिया रेशमी डसना र उत्कृष्ट र असाधारण गलैंचाहरूमा तकिया लगाएर बसेका हुनेछन् ।
 | 
| فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (77) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
 | 
| تَبَارَكَ اسْمُ رَبِّكَ ذِي الْجَلَالِ وَالْإِكْرَامِ (78) ठूलै बरकतवाला नाम हो तिम्रो गरिमामय र उदार पालनकर्ताको ।
 |