| سَأَلَ سَائِلٌ بِعَذَابٍ وَاقِعٍ (1) एउटा माँग्नेवालाले (रसूलसित) त्यो यातना माँग्यो, जुन घटित हुनेवाला छ ।
 | 
| لِّلْكَافِرِينَ لَيْسَ لَهُ دَافِعٌ (2) काफिरहरूबाट कसैले त्यसलाई टाल्न सक्नेछैन ।
 | 
| مِّنَ اللَّهِ ذِي الْمَعَارِجِ (3) अल्लाहको तर्फबाट हुनेछ, जुन (चढ्नको लागि) सोपानवाला छ ।
 | 
| تَعْرُجُ الْمَلَائِكَةُ وَالرُّوحُ إِلَيْهِ فِي يَوْمٍ كَانَ مِقْدَارُهُ خَمْسِينَ أَلْفَ سَنَةٍ (4) जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ ।
 | 
| فَاصْبِرْ صَبْرًا جَمِيلًا (5) अर्थात् तिमी राम्रो सँग धैर्य गर ।
 | 
| إِنَّهُمْ يَرَوْنَهُ بَعِيدًا (6) निःसन्देह उनीहरूको दृष्टिमा त्यो अजाब टाढा छ ।
 | 
| وَنَرَاهُ قَرِيبًا (7) र हाम्रो दृष्टिमा नजीक छ ।
 | 
| يَوْمَ تَكُونُ السَّمَاءُ كَالْمُهْلِ (8) जुन दिन आकाश जलेको तेल जस्तो भइहाल्नेछ ।
 | 
| وَتَكُونُ الْجِبَالُ كَالْعِهْنِ (9) र पहाडहरू रंगीन ऊनको जस्ता हुनेछन्
 | 
| وَلَا يَسْأَلُ حَمِيمٌ حَمِيمًا (10) र कुनै मित्रले कुनै मित्रलाई सोध्नेछैन ।
 | 
| يُبَصَّرُونَهُمْ ۚ يَوَدُّ الْمُجْرِمُ لَوْ يَفْتَدِي مِنْ عَذَابِ يَوْمِئِذٍ بِبَنِيهِ (11) (जबकि) एक अर्कालाई अगाडि देखिराखेका हुनेछन् । (त्यस दिन) अपराधीले इच्छा गर्नेछ कि (यातनाको सट्टामा) आफ्ना छोराहरू (देओस्) ।
 | 
| وَصَاحِبَتِهِ وَأَخِيهِ (12) र आफ्नो पत्नी र आफ्नो भाइ
 | 
| وَفَصِيلَتِهِ الَّتِي تُؤْوِيهِ (13) र आफ्नो परिवार जसले उसलाई शरण दिन्थ्यो ।
 | 
| وَمَن فِي الْأَرْضِ جَمِيعًا ثُمَّ يُنجِيهِ (14) र जति मानिसहरू धरतीमा छन् सबै कुरा दिन चाहनेछ जसले उसलाई यातनाबाट मुक्त गराइहालोस् ।
 | 
| كَلَّا ۖ إِنَّهَا لَظَىٰ (15) (तर) यस्तो कहिल्यै हुनेछैन, निःसंदेह त्यो प्रज्वलित आगो हो
 | 
| نَزَّاعَةً لِّلشَّوَىٰ (16) जसले अनुहार र टाउकोको छाला उप्काइदिनेछ
 | 
| تَدْعُو مَنْ أَدْبَرَ وَتَوَلَّىٰ (17) उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ फर्काएर विमुख भए
 | 
| وَجَمَعَ فَأَوْعَىٰ (18) र धन एकत्रित गरेर थुपारेर राखे
 | 
| ۞ إِنَّ الْإِنسَانَ خُلِقَ هَلُوعًا (19) निःसन्देह मानिस काँचो मुटुवाला बनाइएको छ ।
 | 
| إِذَا مَسَّهُ الشَّرُّ جَزُوعًا (20) जब उसलाई कष्ट पुग्छ त आत्तिन्छ ।
 | 
| وَإِذَا مَسَّهُ الْخَيْرُ مَنُوعًا (21) तर जब उसलाई राहत (सम्पन्नता) प्राप्त हुन्छ त उसले कन्जूसी देखाउँछ ।
 | 
| إِلَّا الْمُصَلِّينَ (22) तर नमाज पढ्नेहरूको कुरा अर्कै छ ।
 | 
| الَّذِينَ هُمْ عَلَىٰ صَلَاتِهِمْ دَائِمُونَ (23) जसले नमाज नियमित्ताकासाथ पढ्दछन्
 | 
| وَالَّذِينَ فِي أَمْوَالِهِمْ حَقٌّ مَّعْلُومٌ (24) र जसको सम्पत्तिमा(अरुको) हक निश्चित छ
 | 
| لِّلسَّائِلِ وَالْمَحْرُومِ (25) (अर्थात्) माँग्नेवालाको र नमाँग्नेवालाको पनि
 | 
| وَالَّذِينَ يُصَدِّقُونَ بِيَوْمِ الدِّينِ (26) जसले न्यायको दिन(कयामत) माथि ईमान राख्दछ ।
 | 
| وَالَّذِينَ هُم مِّنْ عَذَابِ رَبِّهِم مُّشْفِقُونَ (27) र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउछन्
 | 
| إِنَّ عَذَابَ رَبِّهِمْ غَيْرُ مَأْمُونٍ (28) निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् ।
 | 
| وَالَّذِينَ هُمْ لِفُرُوجِهِمْ حَافِظُونَ (29) र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन्
 | 
| إِلَّا عَلَىٰ أَزْوَاجِهِمْ أَوْ مَا مَلَكَتْ أَيْمَانُهُمْ فَإِنَّهُمْ غَيْرُ مَلُومِينَ (30) तर आफ्ना पत्नीहरू वा दासीहरू बाहेक जुन उनको अधीनस्थ छन् त उनको लागि कुनै अफशोच छैन
 | 
| فَمَنِ ابْتَغَىٰ وَرَاءَ ذَٰلِكَ فَأُولَٰئِكَ هُمُ الْعَادُونَ (31) जसले यो बाहेक अरु चाहन्छन् उनीहरू सीमा उल्लंघन गर्नेवाला हुन् ।
 | 
| وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ (32) र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र करारको पालना गर्दछन्
 | 
| وَالَّذِينَ هُم بِشَهَادَاتِهِمْ قَائِمُونَ (33) र जो आफ्नो गवाहीमा दृढ रहन्छन्
 | 
| وَالَّذِينَ هُمْ عَلَىٰ صَلَاتِهِمْ يُحَافِظُونَ (34) र जो आफ्नो नमाजको रक्षा गर्दछन्
 | 
| أُولَٰئِكَ فِي جَنَّاتٍ مُّكْرَمُونَ (35) यिनै मानिसहरू स्वर्गहरूमा सम्मानपूर्वक रहनेछन्
 | 
| فَمَالِ الَّذِينَ كَفَرُوا قِبَلَكَ مُهْطِعِينَ (36) फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्
 | 
| عَنِ الْيَمِينِ وَعَنِ الشِّمَالِ عِزِينَ (37) दायाँ र बायाँबाट समुहको रूपमा ।
 | 
| أَيَطْمَعُ كُلُّ امْرِئٍ مِّنْهُمْ أَن يُدْخَلَ جَنَّةَ نَعِيمٍ (38) के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन्
 | 
| كَلَّا ۖ إِنَّا خَلَقْنَاهُم مِّمَّا يَعْلَمُونَ (39) त्यस्तो कदापि हुनेछैन । बरु हामीले उनीहरूलाई जुन चिजबाट सृष्टि गरेका छौं, त्यसलाई उनीहरू जान्दछन् ।
 | 
| فَلَا أُقْسِمُ بِرَبِّ الْمَشَارِقِ وَالْمَغَارِبِ إِنَّا لَقَادِرُونَ (40) अतः केही छैन, म पूर्व र पश्चिमको पलनकर्ताको शपथ लिन्छु कि हामीलाई सामथ्र्य प्राप्त छ ।
 | 
| عَلَىٰ أَن نُّبَدِّلَ خَيْرًا مِّنْهُمْ وَمَا نَحْنُ بِمَسْبُوقِينَ (41) कि उनीहरूको ठाउँमा उनीहरूभन्दा राम्रो मानिसहरू ल्याऊँ र हामी परास्त हुनेवाला छैनौं ।
 | 
| فَذَرْهُمْ يَخُوضُوا وَيَلْعَبُوا حَتَّىٰ يُلَاقُوا يَوْمَهُمُ الَّذِي يُوعَدُونَ (42) अतः उनीहरूलाई लडाई–भिडाई गरेको अवस्थामा छाडिदिनुस् । यहाँसम्म कि आफ्नो त्यस दिनसम्म पुगी जाउन् । जसको वाचा उनीहरूसित गरिएको छ ।
 | 
| يَوْمَ يَخْرُجُونَ مِنَ الْأَجْدَاثِ سِرَاعًا كَأَنَّهُمْ إِلَىٰ نُصُبٍ يُوفِضُونَ (43) जुनदिन उनीहरू चिहानबाट तीव्रताको साथ दौड्दै निस्कनेछन् । मानौं कि, कुनै (विशेष) ठाउँतिर दौड्दै गइरहेका छन् ।
 | 
| خَاشِعَةً أَبْصَارُهُمْ تَرْهَقُهُمْ ذِلَّةٌ ۚ ذَٰلِكَ الْيَوْمُ الَّذِي كَانُوا يُوعَدُونَ (44) उनीहरूको आँखा लज्जाले झुकिरहने छन् र अपमान उनीहरूमाथि घेरिराख्नेछ । यो नै त्यो दिन हो, जसको उनीरुसँग वाचा गरिदै थियो ।
 |