| هَلْ أَتَاكَ حَدِيثُ الْغَاشِيَةِ (1) के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ
 | 
| وُجُوهٌ يَوْمَئِذٍ خَاشِعَةٌ (2) त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् ।
 | 
| عَامِلَةٌ نَّاصِبَةٌ (3) कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।
 | 
| تَصْلَىٰ نَارًا حَامِيَةً (4) उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।
 | 
| تُسْقَىٰ مِنْ عَيْنٍ آنِيَةٍ (5) उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।
 | 
| لَّيْسَ لَهُمْ طَعَامٌ إِلَّا مِن ضَرِيعٍ (6) उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।
 | 
| لَّا يُسْمِنُ وَلَا يُغْنِي مِن جُوعٍ (7) जसले न मोटो गर्नेछ न भोक मेटाउनेछ ।
 | 
| وُجُوهٌ يَوْمَئِذٍ نَّاعِمَةٌ (8) त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।
 | 
| لِّسَعْيِهَا رَاضِيَةٌ (9) आफ्नो प्रयासमा प्रसन्न ।
 | 
| فِي جَنَّةٍ عَالِيَةٍ (10) उच्च र शानदार स्वर्गमा हुनेछन् ।
 | 
| لَّا تَسْمَعُ فِيهَا لَاغِيَةً (11) जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।
 | 
| فِيهَا عَيْنٌ جَارِيَةٌ (12) त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।
 | 
| فِيهَا سُرُرٌ مَّرْفُوعَةٌ (13) र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।
 | 
| وَأَكْوَابٌ مَّوْضُوعَةٌ (14) (प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।
 | 
| وَنَمَارِقُ مَصْفُوفَةٌ (15) र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।
 | 
| وَزَرَابِيُّ مَبْثُوثَةٌ (16) र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
 | 
| أَفَلَا يَنظُرُونَ إِلَى الْإِبِلِ كَيْفَ خُلِقَتْ (17) के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।
 | 
| وَإِلَى السَّمَاءِ كَيْفَ رُفِعَتْ (18) र आकाशतिर के कस्तो उच्च गरिएकोछ
 | 
| وَإِلَى الْجِبَالِ كَيْفَ نُصِبَتْ (19) र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ
 | 
| وَإِلَى الْأَرْضِ كَيْفَ سُطِحَتْ (20) र धरतीतिर कि कसरी बिछाइएको छ
 | 
| فَذَكِّرْ إِنَّمَا أَنتَ مُذَكِّرٌ (21) तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।
 | 
| لَّسْتَ عَلَيْهِم بِمُصَيْطِرٍ (22) तपाई उनीहरूमाथि संरक्षक होइनौ ।
 | 
| إِلَّا مَن تَوَلَّىٰ وَكَفَرَ (23) हो, जो विमुख हुन्छ र कुफ्र गर्छ ।
 | 
| فَيُعَذِّبُهُ اللَّهُ الْعَذَابَ الْأَكْبَرَ (24) त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ
 | 
| إِنَّ إِلَيْنَا إِيَابَهُمْ (25) निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ ।
 | 
| ثُمَّ إِنَّ عَلَيْنَا حِسَابَهُم (26) अनि हामीले नै उनको हिसाब लिनेछौं ।
 |