| وَالشَّمْسِ وَضُحَاهَا (1) सूर्यको कसम र त्यसको तापको ।
 | 
| وَالْقَمَرِ إِذَا تَلَاهَا (2) र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ ।
 | 
| وَالنَّهَارِ إِذَا جَلَّاهَا (3) र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।
 | 
| وَاللَّيْلِ إِذَا يَغْشَاهَا (4) र रातीको कसम जब उसलाई लुकाउँछ ।
 | 
| وَالسَّمَاءِ وَمَا بَنَاهَا (5) आकाश र त्यसलाई बनाउनेको कसम ।
 | 
| وَالْأَرْضِ وَمَا طَحَاهَا (6) कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।
 | 
| وَنَفْسٍ وَمَا سَوَّاهَا (7) कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को ।
 | 
| فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا (8) फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।
 | 
| قَدْ أَفْلَحَ مَن زَكَّاهَا (9) जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।
 | 
| وَقَدْ خَابَ مَن دَسَّاهَا (10) र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।
 | 
| كَذَّبَتْ ثَمُودُ بِطَغْوَاهَا (11) समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।
 | 
| إِذِ انبَعَثَ أَشْقَاهَا (12) जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।
 | 
| فَقَالَ لَهُمْ رَسُولُ اللَّهِ نَاقَةَ اللَّهِ وَسُقْيَاهَا (13) (तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।
 | 
| فَكَذَّبُوهُ فَعَقَرُوهَا فَدَمْدَمَ عَلَيْهِمْ رَبُّهُم بِذَنبِهِمْ فَسَوَّاهَا (14) तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूका पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो ।
 | 
| وَلَا يَخَافُ عُقْبَاهَا (15) उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन ।
 |