| وَالطُّورِ (1) तूर (पहाड़) को कसम ।
 | 
| وَكِتَابٍ مَّسْطُورٍ (2) र किताबको पनि जो लेखिएको छ ।
 | 
| فِي رَقٍّ مَّنشُورٍ (3) खुल्ला पानाहरूमा
 | 
| وَالْبَيْتِ الْمَعْمُورِ (4) र आबाद घरको कसम ।
 | 
| وَالسَّقْفِ الْمَرْفُوعِ (5) र उच्च छानाको (कसम) ।
 | 
| وَالْبَحْرِ الْمَسْجُورِ (6) र भड्काइएको समुन्द्रको (कसम) ।
 | 
| إِنَّ عَذَابَ رَبِّكَ لَوَاقِعٌ (7) निश्चय नै तपाईको पालनकर्ताको यातना भएरै रहनेछ ।
 | 
| مَّا لَهُ مِن دَافِعٍ (8) उसलाई कसैले रोक्न सक्नेछैन ।
 | 
| يَوْمَ تَمُورُ السَّمَاءُ مَوْرًا (9) जुन दिन आकाश कम्पित हुनेछ ।
 | 
| وَتَسِيرُ الْجِبَالُ سَيْرًا (10) र पहाडहरू चलायमान हुनेछन् ।
 | 
| فَوَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ (11) त्यसदिन इन्कार गर्नेहरूको निम्ति पूरै तिरस्कार हुनेछ ।
 | 
| الَّذِينَ هُمْ فِي خَوْضٍ يَلْعَبُونَ (12) जो सतही झूठा कुरामा रमाइरहेका छन् ।
 | 
| يَوْمَ يُدَعُّونَ إِلَىٰ نَارِ جَهَنَّمَ دَعًّا (13) जुन दिन उनीहरू नर्कको आगोतिर धकेली लगिनेछन् ।
 | 
| هَٰذِهِ النَّارُ الَّتِي كُنتُم بِهَا تُكَذِّبُونَ (14) यही त्यो नर्कको आगो हो, जसलाई तिमीले असत्य ठान्दथ्यौ ।
 | 
| أَفَسِحْرٌ هَٰذَا أَمْ أَنتُمْ لَا تُبْصِرُونَ (15) त के यो जादू हो अथवा तिमीले देख्दैनौ
 | 
| اصْلَوْهَا فَاصْبِرُوا أَوْ لَا تَصْبِرُوا سَوَاءٌ عَلَيْكُمْ ۖ إِنَّمَا تُجْزَوْنَ مَا كُنتُمْ تَعْمَلُونَ (16) यसमा प्रवेश गरिहाल र धैर्य गर वा नगर, तिम्रो निम्ति समान छ, जुन काम तिमीले गर्ने गर्दथ्यौ, त्यसैको तिमीलाई प्रतिफल दिइनेछ ।
 | 
| إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَنَعِيمٍ (17) जो संयमी छन्, उनीहरू स्वर्गमा र अनुकम्पाहरूमा रहनेछन् ।
 | 
| فَاكِهِينَ بِمَا آتَاهُمْ رَبُّهُمْ وَوَقَاهُمْ رَبُّهُمْ عَذَابَ الْجَحِيمِ (18) जेजति उनीहरूको पालनकर्ताले उनीहरूलाई प्रदान गरेको छ त्यसबाट आनन्दित भइरहनेछन्, र उनको पालनकर्ताले उनीहरूलाई नर्कको सजायबाट बचाइहाल्यो ।
 | 
| كُلُوا وَاشْرَبُوا هَنِيئًا بِمَا كُنتُمْ تَعْمَلُونَ (19) तिमी आफ्ना कर्महरूको प्रतिफल स्वरूप, जुन तिमी गर्दथ्यौ आनन्दसित खाऊ र पिऊ ।
 | 
| مُتَّكِئِينَ عَلَىٰ سُرُرٍ مَّصْفُوفَةٍ ۖ وَزَوَّجْنَاهُم بِحُورٍ عِينٍ (20) पंक्तिबद्ध बिछाइएका शानदार तख्ताहरूमा तकिया लगाएर, र हामीले ठूला–ठूला आँखा भएकी सुन्दरी (अप्सरा)हरूसंग उनीहरूको विवाह गरिदिएका छौं ।
 | 
| وَالَّذِينَ آمَنُوا وَاتَّبَعَتْهُمْ ذُرِّيَّتُهُم بِإِيمَانٍ أَلْحَقْنَا بِهِمْ ذُرِّيَّتَهُمْ وَمَا أَلَتْنَاهُم مِّنْ عَمَلِهِم مِّن شَيْءٍ ۚ كُلُّ امْرِئٍ بِمَا كَسَبَ رَهِينٌ (21) र जसले ईमान ल्याए र उनका सन्तानहरूले पनि ईमानमा उनको अनुशरण गरे, हामीले उनको सन्तानहरूलाई पनि उनीहरूसम्म पुर्याइदिनेछौं र उनका कर्महरूबाट केही कम गर्ने छैनौं । प्रत्येक व्यक्ति आफ्नो कर्मजालमा फँसेको छ ।
 | 
| وَأَمْدَدْنَاهُم بِفَاكِهَةٍ وَلَحْمٍ مِّمَّا يَشْتَهُونَ (22) र हामीले उनीहरूको लागि स्वादिलो फलहरू र मनपराएका मासु पर्याप्त प्रदान गर्नेछौं ।
 | 
| يَتَنَازَعُونَ فِيهَا كَأْسًا لَّا لَغْوٌ فِيهَا وَلَا تَأْثِيمٌ (23) त्यहाँ उनीहरू एक–अर्कासित पान–पत्र (मदिरा) आदानप्रदान गर्नेछन्, जसमा न कुनै फजूलपना हुनेछ न कुनै पाप ।
 | 
| ۞ وَيَطُوفُ عَلَيْهِمْ غِلْمَانٌ لَّهُمْ كَأَنَّهُمْ لُؤْلُؤٌ مَّكْنُونٌ (24) उनीहरूको आसपासमा नवयुवक सेवकहरू हिंडिराख्नेछन् जो सुरक्षित मोतीहरू जस्तो हुनेछन् ।
 | 
| وَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَسَاءَلُونَ (25) र एक अर्कातिर ध्यान दिएर आपसमा कुराकानी गर्नेछन् ।
 | 
| قَالُوا إِنَّا كُنَّا قَبْلُ فِي أَهْلِنَا مُشْفِقِينَ (26) भन्नेछन्ः कि यसभन्दा पहिला हामी आफ्ना घरहरूमा (अल्लाहसित) धेरै डराउने तर्सने गर्दथ्यौं ।
 | 
| فَمَنَّ اللَّهُ عَلَيْنَا وَوَقَانَا عَذَابَ السَّمُومِ (27) अनि अल्लाहले हामीमाथि ठूलो अनुकम्पा गर्यो र हामीलाई बिषालु लूको यातनाबाट बचाइहाल्यो ।
 | 
| إِنَّا كُنَّا مِن قَبْلُ نَدْعُوهُ ۖ إِنَّهُ هُوَ الْبَرُّ الرَّحِيمُ (28) यसभन्दा पहिला नै हामीले उसको (अल्लाहको) प्रार्थना गर्ने गर्दथ्यौं । निःसन्देह ऊ अनुकम्पा गर्नेवाला दयावान् छ ।
 | 
| فَذَكِّرْ فَمَا أَنتَ بِنِعْمَتِ رَبِّكَ بِكَاهِنٍ وَلَا مَجْنُونٍ (29) अतः (हे पैगम्बर) तपाई सम्झाउँदै गर्नुस् किनभने तपाई आफ्नो पालनकर्ताको कृपाले न शकुनविचार गर्नेवाला र नत पागल हुनुहुन्छ ।
 | 
| أَمْ يَقُولُونَ شَاعِرٌ نَّتَرَبَّصُ بِهِ رَيْبَ الْمَنُونِ (30) के इन्कार गर्नेहरूले भन्दछन्ः कि त्यो कवि हो जसको निम्ति हामी कालचक्र अर्थात मृत्युको प्रतीक्षा गरिराखेका छौं ।
 | 
| قُلْ تَرَبَّصُوا فَإِنِّي مَعَكُم مِّنَ الْمُتَرَبِّصِينَ (31) भनिदिनुस् कि तिमी प्रतीक्षा गर्दैजाऊ । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दैछु ।
 | 
| أَمْ تَأْمُرُهُمْ أَحْلَامُهُم بِهَٰذَا ۚ أَمْ هُمْ قَوْمٌ طَاغُونَ (32) के उनीहरूको बुद्धिले उनीहरूलाई यही सिकाउँदछ वा उनीहरू अट्टेरी नै हुन् ।
 | 
| أَمْ يَقُولُونَ تَقَوَّلَهُ ۚ بَل لَّا يُؤْمِنُونَ (33) के इन्कारीहरू भन्दछन् कि यस पैगम्बरले (कुरआनलाई) स्वयं रचिहालेको छ ? (होइन) साँचो कुरा यो छ कि तिनीहरूमा ईमान छैन ।
 | 
| فَلْيَأْتُوا بِحَدِيثٍ مِّثْلِهِ إِن كَانُوا صَادِقِينَ (34) यदि यिनीहरू साँचो छन् भने यस्तो एउटै वाक्य यिनीहरूले पनि ल्याउन् ।
 | 
| أَمْ خُلِقُوا مِنْ غَيْرِ شَيْءٍ أَمْ هُمُ الْخَالِقُونَ (35) के यिनीहरूले कसैले सृष्टि नगरी आफै जन्मिहालेका हुन् वा स्वयं स्रष्टा हुन्
 | 
| أَمْ خَلَقُوا السَّمَاوَاتِ وَالْأَرْضَ ۚ بَل لَّا يُوقِنُونَ (36) के उनीहरूले नै आकाशहरू र धरतीको सृष्टि गरेका छन् ? (होइन) बरु यिनीहरू ईमान नल्याउने मानिस हुन् ।
 | 
| أَمْ عِندَهُمْ خَزَائِنُ رَبِّكَ أَمْ هُمُ الْمُصَيْطِرُونَ (37) वा के उनीहरूको पासमा तिम्रो पालनकर्ताको खजाना छ ? वा उनीहरू नै त्यसको (खाजानाको) रक्षक हुन्
 | 
| أَمْ لَهُمْ سُلَّمٌ يَسْتَمِعُونَ فِيهِ ۖ فَلْيَأْتِ مُسْتَمِعُهُم بِسُلْطَانٍ مُّبِينٍ (38) वा के उनको पासमा कुनै सिंढी छ जसमाथि चढेर उनीहरू सुन्दछन् ? (यदि यस्तो छ) भने उनीहरूमध्ये जसले सुनिराखेको छ उसले त्यसबारेमा स्पष्ट प्रमाण ल्याओस् ।
 | 
| أَمْ لَهُ الْبَنَاتُ وَلَكُمُ الْبَنُونَ (39) वा के अल्लाहको लागि सबै छोरीहरू छन्, र तिम्रा निम्ति छोराहरू
 | 
| أَمْ تَسْأَلُهُمْ أَجْرًا فَهُم مِّن مَّغْرَمٍ مُّثْقَلُونَ (40) वा तपाईले उनीहरूसित कुनै पारिश्रमिक माँग्नु हुन्छ जसको बोझले यिनीहरू थिचिदै गएका छन्
 | 
| أَمْ عِندَهُمُ الْغَيْبُ فَهُمْ يَكْتُبُونَ (41) के उनीहरूसंग अदृश्यको ज्ञान छ कि उनीहरू त्यसलाई लेखिहाल्छन्
 | 
| أَمْ يُرِيدُونَ كَيْدًا ۖ فَالَّذِينَ كَفَرُوا هُمُ الْمَكِيدُونَ (42) के उनीहरू कुनै चाल चल्न चाहन्छन् ? (तर) विश्वास गर्नु काफिर त स्वयम् दाउको चपेटमा पर्नेवाला छन् ।
 | 
| أَمْ لَهُمْ إِلَٰهٌ غَيْرُ اللَّهِ ۚ سُبْحَانَ اللَّهِ عَمَّا يُشْرِكُونَ (43) के अल्लाह बाहेक उनीहरूको अर्को कोही पूज्य छ ? (होइन) अल्लाह उनीहरूको शिर्कबाट पवित्र छ ।
 | 
| وَإِن يَرَوْا كِسْفًا مِّنَ السَّمَاءِ سَاقِطًا يَقُولُوا سَحَابٌ مَّرْكُومٌ (44) यदि उनीहरू आकाशको कुनै टुक्रा खसिराखेको देख्छन् भने, भन्नेछन् कि यो त पत्रमाथि पत्र परेको बादल हो ।
 | 
| فَذَرْهُمْ حَتَّىٰ يُلَاقُوا يَوْمَهُمُ الَّذِي فِيهِ يُصْعَقُونَ (45) तसर्थ उनीहरूलाई छाडिदेऊ, यहाँसम्म कि त्यो दिनको सामना होस् जसमा उनीहरू बेहोश पारिनेछन् ।
 | 
| يَوْمَ لَا يُغْنِي عَنْهُمْ كَيْدُهُمْ شَيْئًا وَلَا هُمْ يُنصَرُونَ (46) जुन दिन उनको कुनै दाउपेच उनको काम आउँदैन र नत कहींबाट सहायता प्राप्त गर्नेछन् ।
 | 
| وَإِنَّ لِلَّذِينَ ظَلَمُوا عَذَابًا دُونَ ذَٰلِكَ وَلَٰكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ (47) निःसन्देह अत्याचारीहरूको निम्ति यस बाहेक अरु यातना पनि छ, तर उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।
 | 
| وَاصْبِرْ لِحُكْمِ رَبِّكَ فَإِنَّكَ بِأَعْيُنِنَا ۖ وَسَبِّحْ بِحَمْدِ رَبِّكَ حِينَ تَقُومُ (48) तपाईले आफ्नो पालनकर्ताको आदेशको प्रतीक्षामा धैर्य गर्नुस्, तपाई त हाम्रो आँखा अगाडि हुनुहुन्छ । बिहान उठ्ने बेला आफ्नो पालनकर्ताको प्रशंसाको वर्णन गर्नुस् ।
 | 
| وَمِنَ اللَّيْلِ فَسَبِّحْهُ وَإِدْبَارَ النُّجُومِ (49) र राती पनि उसको गुणगान गर्ने गर्नुस् र ताराहरू अस्ताउँदा पनि ।
 |