×

سورة التوبة باللغة النيبالية

ترجمات القرآنباللغة النيبالية ⬅ سورة التوبة

ترجمة معاني سورة التوبة باللغة النيبالية - Nepali

القرآن باللغة النيبالية - سورة التوبة مترجمة إلى اللغة النيبالية، Surah Tawbah in Nepali. نوفر ترجمة دقيقة سورة التوبة باللغة النيبالية - Nepali, الآيات 129 - رقم السورة 9 - الصفحة 187.

بسم الله الرحمن الرحيم

بَرَاءَةٌ مِّنَ اللَّهِ وَرَسُولِهِ إِلَى الَّذِينَ عَاهَدتُّم مِّنَ الْمُشْرِكِينَ (1)
अल्लाह र उसको रसूलको तर्फबाट विरक्तिको घोषणा छ ती मुश्रिकहरूको बारेमा जोसंग तिमीले सम्झौता र सन्धि गरेका थियौ ।
فَسِيحُوا فِي الْأَرْضِ أَرْبَعَةَ أَشْهُرٍ وَاعْلَمُوا أَنَّكُمْ غَيْرُ مُعْجِزِي اللَّهِ ۙ وَأَنَّ اللَّهَ مُخْزِي الْكَافِرِينَ (2)
(हे मुशरिकहरू !) तिमी धर्तीमा (मुलुकमा) चार महीनासम्म हिंडडुल गरिहाल र जानीराख कि तिमी अल्लाहको नियन्त्रणभन्दा बाहिर जान सक्दैनौ, र यो (पनि याद रहोस्) कि अल्लाहले काफिरहरूलाई अपमानित गर्नेवाला छ ।
وَأَذَانٌ مِّنَ اللَّهِ وَرَسُولِهِ إِلَى النَّاسِ يَوْمَ الْحَجِّ الْأَكْبَرِ أَنَّ اللَّهَ بَرِيءٌ مِّنَ الْمُشْرِكِينَ ۙ وَرَسُولُهُ ۚ فَإِن تُبْتُمْ فَهُوَ خَيْرٌ لَّكُمْ ۖ وَإِن تَوَلَّيْتُمْ فَاعْلَمُوا أَنَّكُمْ غَيْرُ مُعْجِزِي اللَّهِ ۗ وَبَشِّرِ الَّذِينَ كَفَرُوا بِعَذَابٍ أَلِيمٍ (3)
र अल्लाह र उसको रसूलको तर्फबाट मानिसहरूलाई ठूलो हजको दिन स्पष्ट जानकारी छ कि अल्लाह र उसको रसूल पनि मुश्रिकहरूबाट बिरक्त छन्, र यदि अहिले पनि तिमीले प्रायश्चित गर्छौ भने तिम्रो निम्ति राम्रो हुनेछ र यदि तिमी मान्दैनौ भने जानिहाल कि तिमी अल्लाहलाई कदापि हराउन सक्दैनौ र काफिरहरूलाई कष्टदायक सजायको समाचार सुनाइदिनुस् ।
إِلَّا الَّذِينَ عَاهَدتُّم مِّنَ الْمُشْرِكِينَ ثُمَّ لَمْ يَنقُصُوكُمْ شَيْئًا وَلَمْ يُظَاهِرُوا عَلَيْكُمْ أَحَدًا فَأَتِمُّوا إِلَيْهِمْ عَهْدَهُمْ إِلَىٰ مُدَّتِهِمْ ۚ إِنَّ اللَّهَ يُحِبُّ الْمُتَّقِينَ (4)
तर ती मुश्रिकहरू बाहेक जोसित तिम्रो सन्धि भइसकेको छ, र उनीहरूले तिमीलाई अलिकति पनि कुनै प्रकारको नोक्सानी पुर्याएका छैनन्, न त कसैलाई तिम्रो विरोधमा मद्दत गरेका छन्, त तिमी पनि उनीहरूको सन्धिको अवधि उनीहरूको साथमा पुरा गर, अल्लाह आत्मसंयमीहरूलाई मित्र ठान्दछ ।
فَإِذَا انسَلَخَ الْأَشْهُرُ الْحُرُمُ فَاقْتُلُوا الْمُشْرِكِينَ حَيْثُ وَجَدتُّمُوهُمْ وَخُذُوهُمْ وَاحْصُرُوهُمْ وَاقْعُدُوا لَهُمْ كُلَّ مَرْصَدٍ ۚ فَإِن تَابُوا وَأَقَامُوا الصَّلَاةَ وَآتَوُا الزَّكَاةَ فَخَلُّوا سَبِيلَهُمْ ۚ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ (5)
अनि पवित्र महीनाहरू बितिसकेपछि, मुश्रिकहरूलाई जहाँसुकै फेला परे मारिहाल, उनीहरूलाई समात र उनीहरूलाई घेरामा लिइहाल र उनको लागि प्रत्येक घाटीमा बसिराख । तर यदि तिनीहरू प्रायश्चित गर्छन् र नमाज कायम गर्छन् र जÞकात दिन्छन् भने उनीहरूको बाटो छाडिदेऊ । निश्चय नै अल्लाह बडो क्षमाशील, दयावान् छ ।
وَإِنْ أَحَدٌ مِّنَ الْمُشْرِكِينَ اسْتَجَارَكَ فَأَجِرْهُ حَتَّىٰ يَسْمَعَ كَلَامَ اللَّهِ ثُمَّ أَبْلِغْهُ مَأْمَنَهُ ۚ ذَٰلِكَ بِأَنَّهُمْ قَوْمٌ لَّا يَعْلَمُونَ (6)
र यदि मुश्रिकहरूमध्ये कसैले तिमीसँग शरण माँग्दछ भने तिमीले उसलाई शरण दिइहाल, ताकि उसले अल्लाहको बाणी सुनिहालोस् । त्यस पश्चात उसलाई उसको सुरक्षित स्थानमा पुर्याइदेऊ, किनभने उनीहरू त्यस्ता मानिसहरू हुन् जो अज्ञानी छन् ।
كَيْفَ يَكُونُ لِلْمُشْرِكِينَ عَهْدٌ عِندَ اللَّهِ وَعِندَ رَسُولِهِ إِلَّا الَّذِينَ عَاهَدتُّمْ عِندَ الْمَسْجِدِ الْحَرَامِ ۖ فَمَا اسْتَقَامُوا لَكُمْ فَاسْتَقِيمُوا لَهُمْ ۚ إِنَّ اللَّهَ يُحِبُّ الْمُتَّقِينَ (7)
मुश्रिकहरूको कुनै सन्धिको जिम्मेवारी अल्लाह र त्यसको रसूलमाथि कसरी बाँकी रहनसक्छ ? तर उनीहरूको कुरा यसबाट अलग्गै छ, जसले तिमीसित मस्जिदे हरामको (कअ्बाको) समीपमा गरेका थिए, जबसम्म उनीहरू तिमीसित सन्धिको निर्वाह गर्दछन्, तिमी पनि उनीहरूसित निर्वाह गर । निश्चय नै अल्लाह सत्यनिष्ठहरूलाई प्रेम गर्दछ ।
كَيْفَ وَإِن يَظْهَرُوا عَلَيْكُمْ لَا يَرْقُبُوا فِيكُمْ إِلًّا وَلَا ذِمَّةً ۚ يُرْضُونَكُم بِأَفْوَاهِهِمْ وَتَأْبَىٰ قُلُوبُهُمْ وَأَكْثَرُهُمْ فَاسِقُونَ (8)
उनीहरूको वाचाको के विश्वास गर्न सकिन्छ ? यदि यिनीहरू तिमीमाथि प्रभावी हुन्छन् भने न त निकटताको मर्यादा गर्दछन् न सम्झौता र वचनको । आफ्नो मुखले त तिमीलाई खुशी पार्दछन् तर उनको हृदयले मान्दैनन्, उनीहरूमध्ये धेरैजसो अवज्ञाकारी छन् ।
اشْتَرَوْا بِآيَاتِ اللَّهِ ثَمَنًا قَلِيلًا فَصَدُّوا عَن سَبِيلِهِ ۚ إِنَّهُمْ سَاءَ مَا كَانُوا يَعْمَلُونَ (9)
उनीहरूले अल्लाहका आयतहरूलाई थोरै मूल्यमा बेचिदिएका छन् र उसको मार्गबाट रोकदैछन् । ती साह्रै नराम्रा छन् जसले यो गरिराखेका छन् ।
لَا يَرْقُبُونَ فِي مُؤْمِنٍ إِلًّا وَلَا ذِمَّةً ۚ وَأُولَٰئِكَ هُمُ الْمُعْتَدُونَ (10)
यिनीहरू त कुनै मोमिनको बारेमा नत नाता रिश्तालाई विचार गर्दछन् र न कुनै वचनलाई । र यी सीमा नाघ्नेहरू नै हुन् ।
فَإِن تَابُوا وَأَقَامُوا الصَّلَاةَ وَآتَوُا الزَّكَاةَ فَإِخْوَانُكُمْ فِي الدِّينِ ۗ وَنُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ (11)
अहिले पनि यिनीहरूले प्रायश्चित गर्छन् र नियमित नमाजÞ कायम गर्दछन् र जÞकात दिन्छन्, त धर्ममा तिम्रा दाजुभाइ हुन् । र हामी त जान्ने, बुझ्नेहरूको लागि आफ्ना आयत प्रष्टरूपमा बर्णन गरिराखेका छौं ।
وَإِن نَّكَثُوا أَيْمَانَهُم مِّن بَعْدِ عَهْدِهِمْ وَطَعَنُوا فِي دِينِكُمْ فَقَاتِلُوا أَئِمَّةَ الْكُفْرِ ۙ إِنَّهُمْ لَا أَيْمَانَ لَهُمْ لَعَلَّهُمْ يَنتَهُونَ (12)
र यदि यिनीहरू सन्धि–सम्झौता पश्चात पनि आफ्ना शपथहरू तोड्दछन् र तिम्रो धर्मको खिल्ली उडाउँछन् भने तिमी पनि यी (अधर्मका) नायकहरूसित युद्ध गर । उनीहरूका शपथ केही होइन, सम्भव छ कि यसप्रकार उनीहरूले आफ्नो क्रियाकलापको परित्याग गरुन् ।
أَلَا تُقَاتِلُونَ قَوْمًا نَّكَثُوا أَيْمَانَهُمْ وَهَمُّوا بِإِخْرَاجِ الرَّسُولِ وَهُم بَدَءُوكُمْ أَوَّلَ مَرَّةٍ ۚ أَتَخْشَوْنَهُمْ ۚ فَاللَّهُ أَحَقُّ أَن تَخْشَوْهُ إِن كُنتُم مُّؤْمِنِينَ (13)
तिमीहरू युद्ध गर्न किन तयार हुँदैनौ, जसले आफ्ना शपथलाई तोडे र पैगम्बरलाई घरबाट निकाल्ने प्रयासमा छन् । र स्वयं नै पहिलोपटक उनीहरूले तिमीहरू विरुद्ध (युद्धको) पहल गरे । के तिमी उनीसित डर मान्छौ ? यदि तिमी मोमिन् हौ भने यसको धेरै हकदार अल्लाह छ कि तिमी उनीसित डर मान ।
قَاتِلُوهُمْ يُعَذِّبْهُمُ اللَّهُ بِأَيْدِيكُمْ وَيُخْزِهِمْ وَيَنصُرْكُمْ عَلَيْهِمْ وَيَشْفِ صُدُورَ قَوْمٍ مُّؤْمِنِينَ (14)
उनीहरूसित तिमी युद्ध गर । अल्लाहले तिम्रो हातबाट उनीहरूलाई यातना दिनेछ, र उनीहरूलाई निराश र अपमानित गर्नेछ । र उनीहरूको मुकाबिलामा उसले तिम्रो सहायता गर्नेछ, र ईमानवालारुको हृदयलाई शीतल गर्नेछ ।
وَيُذْهِبْ غَيْظَ قُلُوبِهِمْ ۗ وَيَتُوبُ اللَّهُ عَلَىٰ مَن يَشَاءُ ۗ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ (15)
र उनीहरूका हृदयको दुःख र क्रोध हटाउनेछ र अल्लाह जसलाई चाहन्छ त्यसमाथि दयादृष्टि राख्दछ । र अल्लाह सर्वज्ञाता, तत्वदर्शी छ ।
أَمْ حَسِبْتُمْ أَن تُتْرَكُوا وَلَمَّا يَعْلَمِ اللَّهُ الَّذِينَ جَاهَدُوا مِنكُمْ وَلَمْ يَتَّخِذُوا مِن دُونِ اللَّهِ وَلَا رَسُولِهِ وَلَا الْمُؤْمِنِينَ وَلِيجَةً ۚ وَاللَّهُ خَبِيرٌ بِمَا تَعْمَلُونَ (16)
के तिमीले यो भन्नठान्दछौ कि तिमी छाडिदिइनेछौ ?, हुनत अल्लाहले अहिलेसम्म तिमीमध्ये तिनीहरूलाई प्रतिष्ठित बनाएको छैन, जो मुजाहिद (धर्मयुद्ध गर्ने व्यक्ति) छन् र जसले अल्लाह, उसको रसूल र मोमिन्हरू बाहेक कसैलाई घनिष्ट मित्र बनाएन । र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापबारे जान्दछ ।
مَا كَانَ لِلْمُشْرِكِينَ أَن يَعْمُرُوا مَسَاجِدَ اللَّهِ شَاهِدِينَ عَلَىٰ أَنفُسِهِم بِالْكُفْرِ ۚ أُولَٰئِكَ حَبِطَتْ أَعْمَالُهُمْ وَفِي النَّارِ هُمْ خَالِدُونَ (17)
यो उचित छैन कि मुश्रिकहरूले अल्लाहका मस्जिदहरूलाई आबाद गरुन् किनभने उनीहरू स्वयं आफ्नै बिरुद्ध कुफ्रको साक्षी भइराखेका छन्, उनीहरूका सबै कर्म बर्बाद र निरर्थक छन् । र उनीहरू स्थाई रूपमा नर्कबासी हुन् ।
إِنَّمَا يَعْمُرُ مَسَاجِدَ اللَّهِ مَنْ آمَنَ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ وَأَقَامَ الصَّلَاةَ وَآتَى الزَّكَاةَ وَلَمْ يَخْشَ إِلَّا اللَّهَ ۖ فَعَسَىٰ أُولَٰئِكَ أَن يَكُونُوا مِنَ الْمُهْتَدِينَ (18)
अल्लाहका मस्जिदहरूको शान र अबादीत उनीहरूको भागमा परेको छ जसले अल्लाह र अन्तिम दिनमाथि ईमान राख्दछन् नमाज कायम गर्दछन् र जकात दिन्छन् र अल्लाह बाहेक कसैसित डरेनन् । अतः आशा छ यिनै मानिसहरू निश्चय नै सोझो मार्ग पाउनेवाला हुनेछन् ।
۞ أَجَعَلْتُمْ سِقَايَةَ الْحَاجِّ وَعِمَارَةَ الْمَسْجِدِ الْحَرَامِ كَمَنْ آمَنَ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ وَجَاهَدَ فِي سَبِيلِ اللَّهِ ۚ لَا يَسْتَوُونَ عِندَ اللَّهِ ۗ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الظَّالِمِينَ (19)
के तिमीले हाजीहरूलाई पानी खुवाउनु र मस्जिदे हरामको सेवा गर्नुलाई अल्लाह र अन्तिम दिनमाथि ईमान र अल्लाहको मार्गमा युद्ध गर्नेहरूका समान ठानेको छौ यो अल्लाहको नजिक एक समान छैनन् र अल्लाह अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन ।
الَّذِينَ آمَنُوا وَهَاجَرُوا وَجَاهَدُوا فِي سَبِيلِ اللَّهِ بِأَمْوَالِهِمْ وَأَنفُسِهِمْ أَعْظَمُ دَرَجَةً عِندَ اللَّهِ ۚ وَأُولَٰئِكَ هُمُ الْفَائِزُونَ (20)
जुन मानिसहरूले ईमान ल्याए, प्रवास गरे, र अल्लाहको मार्गमा आफ्नो माल र ज्यानले जिहाद गरे, अल्लाहकहाँ तिनीहरूको ओहदा धेरै ठूलो छ, ती नै सफलता प्राप्त गर्नेवाला हुन् ।
يُبَشِّرُهُمْ رَبُّهُم بِرَحْمَةٍ مِّنْهُ وَرِضْوَانٍ وَجَنَّاتٍ لَّهُمْ فِيهَا نَعِيمٌ مُّقِيمٌ (21)
उनीहरूलाई उनीहरूको पालनकर्ताले आफ्नो दयालुता, प्रसन्नता र स्वर्गको शुभसमाचार दिन्छ, जसमा उनीहरूका निम्ति स्थायी सुख सामग्री छन् ।
خَالِدِينَ فِيهَا أَبَدًا ۚ إِنَّ اللَّهَ عِندَهُ أَجْرٌ عَظِيمٌ (22)
त्यहाँ तिनीहरू सधैं रहनेछन् । निःसन्देह अल्लाहको पासमा ठूलो पारितोषिक छ ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تَتَّخِذُوا آبَاءَكُمْ وَإِخْوَانَكُمْ أَوْلِيَاءَ إِنِ اسْتَحَبُّوا الْكُفْرَ عَلَى الْإِيمَانِ ۚ وَمَن يَتَوَلَّهُم مِّنكُمْ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ (23)
हे ईमानवालाहरू ! आफ्ना पिता र आफ्ना दाजुभाइहरूलाई मित्र नबनाऊ यदि उनीहरूले ईमानभन्दा कुफ्रलाई धेरै प्रिय ठान्दछन् । तिमीमध्ये जसले पनि उनीहरूलाई आफ्नो मित्र बनाउँछ, त्यस्तो मानिस पूरा अत्याचारी हुनेछ ।
قُلْ إِن كَانَ آبَاؤُكُمْ وَأَبْنَاؤُكُمْ وَإِخْوَانُكُمْ وَأَزْوَاجُكُمْ وَعَشِيرَتُكُمْ وَأَمْوَالٌ اقْتَرَفْتُمُوهَا وَتِجَارَةٌ تَخْشَوْنَ كَسَادَهَا وَمَسَاكِنُ تَرْضَوْنَهَا أَحَبَّ إِلَيْكُم مِّنَ اللَّهِ وَرَسُولِهِ وَجِهَادٍ فِي سَبِيلِهِ فَتَرَبَّصُوا حَتَّىٰ يَأْتِيَ اللَّهُ بِأَمْرِهِ ۗ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الْفَاسِقِينَ (24)
तपाईंले भनिदिनुस्ः यदि तिम्रा पिता, तिम्रा छोराहरू, तिम्रा दाजुभाइहरू, तिम्रा पत्नीहरू र तिम्रा नातेदारहरू र सम्पत्ति, जुन तिमीले कमाएका छौ र कारोबार जसमा कमीबाट तिमीलाई भय हुन्छ र ती घरहरू, जसलाई तिमीले मन पराउँछौ, तिमीलाई अल्लाह र उसको रसूल र उसको मार्गमा जेहाद गर्नुबाट अधिक प्रिय छन् भने अल्लाहले सजाय ल्याउन्जेल प्रतीक्षा गर । अल्लाह अवज्ञाकारीहरूलाई मार्गदर्शन् गर्दैन ।
لَقَدْ نَصَرَكُمُ اللَّهُ فِي مَوَاطِنَ كَثِيرَةٍ ۙ وَيَوْمَ حُنَيْنٍ ۙ إِذْ أَعْجَبَتْكُمْ كَثْرَتُكُمْ فَلَمْ تُغْنِ عَنكُمْ شَيْئًا وَضَاقَتْ عَلَيْكُمُ الْأَرْضُ بِمَا رَحُبَتْ ثُمَّ وَلَّيْتُم مُّدْبِرِينَ (25)
निःसन्देह अल्लाहले तिमीलाई धेरै युद्धक्षेत्रहरूमा विजय प्रदान गरेको छ र ‘‘हुनैनको’’ युद्धको दिन पनि जबकि तिमीलाई आफ्नो ठूलो संख्यामा गौरव थियो, तर त्यो तिम्रो कुनै काम आएन बरु पृथ्वी आफ्नो विशालताको बावजूद तिम्रो निम्ति संकुचित भइहाल्यो । अनि तिमी पिठ्युँ फर्काइ भाग्यौ ।
ثُمَّ أَنزَلَ اللَّهُ سَكِينَتَهُ عَلَىٰ رَسُولِهِ وَعَلَى الْمُؤْمِنِينَ وَأَنزَلَ جُنُودًا لَّمْ تَرَوْهَا وَعَذَّبَ الَّذِينَ كَفَرُوا ۚ وَذَٰلِكَ جَزَاءُ الْكَافِرِينَ (26)
अनि अल्लाहले आफ्नो रसूल र मोमिनहरूमाथि आफ्नो प्रशान्ति उतार्यो र यस्तो सेनाहरू पठायो जसलाई तिमीले देखिराखेका थिएनौ । र इन्कार गर्नेहरूलाई पूरा यातना दियो, र यही इन्कार गर्नेहरूको लागि बदला थियो ।
ثُمَّ يَتُوبُ اللَّهُ مِن بَعْدِ ذَٰلِكَ عَلَىٰ مَن يَشَاءُ ۗ وَاللَّهُ غَفُورٌ رَّحِيمٌ (27)
अनि त्यस पश्चात पनि जसमाथि अल्लाहले चाहन्छ आफ्नो दया गर्छ । र अल्लाह अत्यन्त क्षमाशील र दयावान छ ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِنَّمَا الْمُشْرِكُونَ نَجَسٌ فَلَا يَقْرَبُوا الْمَسْجِدَ الْحَرَامَ بَعْدَ عَامِهِمْ هَٰذَا ۚ وَإِنْ خِفْتُمْ عَيْلَةً فَسَوْفَ يُغْنِيكُمُ اللَّهُ مِن فَضْلِهِ إِن شَاءَ ۚ إِنَّ اللَّهَ عَلِيمٌ حَكِيمٌ (28)
हे ईमानवालाहरू ! निःसन्देह मुश्रिकहरू बिल्कुलै अपवित्र छन् । अतः यस वर्ष पश्चात उनीहरू मस्जिदे हरामको समीप पनि आउन नपाउँन् । र यदि तिमीलाई निर्धनताको भय छ भने चाहेको खण्डमा अल्लाहले तिमीलाई आफ्नो अनुग्रहले समृद्ध गरिदिनेछ । निश्चय नै अल्लाह सबै कुरा जान्नेवाला, अत्यन्त तत्वदर्शी छ ।
قَاتِلُوا الَّذِينَ لَا يُؤْمِنُونَ بِاللَّهِ وَلَا بِالْيَوْمِ الْآخِرِ وَلَا يُحَرِّمُونَ مَا حَرَّمَ اللَّهُ وَرَسُولُهُ وَلَا يَدِينُونَ دِينَ الْحَقِّ مِنَ الَّذِينَ أُوتُوا الْكِتَابَ حَتَّىٰ يُعْطُوا الْجِزْيَةَ عَن يَدٍ وَهُمْ صَاغِرُونَ (29)
अहले किताबका मानिसहरूमध्ये उनीहरूसित युद्ध गर, जो अल्लाहमाथि र अन्तिम दिनमाथि आस्था राख्दैनन् । अनि अल्लाह र उसको रसूलले अवैध ठहराएका कुरालाई अवैध ठहराउँदैनन् र नत सत्य धर्मको अनुपालन गर्दछन्, जबसम्मकि पराजित भई तिनीहरूले जिजया (सुरक्षाकर) तिर्दैनन् ।
وَقَالَتِ الْيَهُودُ عُزَيْرٌ ابْنُ اللَّهِ وَقَالَتِ النَّصَارَى الْمَسِيحُ ابْنُ اللَّهِ ۖ ذَٰلِكَ قَوْلُهُم بِأَفْوَاهِهِمْ ۖ يُضَاهِئُونَ قَوْلَ الَّذِينَ كَفَرُوا مِن قَبْلُ ۚ قَاتَلَهُمُ اللَّهُ ۚ أَنَّىٰ يُؤْفَكُونَ (30)
यहुदी भन्दछन्ः उजैर अल्लाहको छोरा हुन् । र ईसाई भन्दछन्ः मसीह अल्लाहको छोरा हुन् । यो वचन उनीहरूको आफ्नै मुखको कुरा हो । यिनीहरूले ती मानिसहरूको कुरा गरिराखेका छन् जसले यसभन्दा अघि इन्कार गरिसकेका छन् । अल्लाहले यिनीहरूलाई खतम पार्नेछ ! अतः यिनीहरू कता लाग्दैछन्
اتَّخَذُوا أَحْبَارَهُمْ وَرُهْبَانَهُمْ أَرْبَابًا مِّن دُونِ اللَّهِ وَالْمَسِيحَ ابْنَ مَرْيَمَ وَمَا أُمِرُوا إِلَّا لِيَعْبُدُوا إِلَٰهًا وَاحِدًا ۖ لَّا إِلَٰهَ إِلَّا هُوَ ۚ سُبْحَانَهُ عَمَّا يُشْرِكُونَ (31)
यिनीहरूले अल्लाहलाई छाडी आफ्ना पादरी र सन्तहरू र मरियमको छोरा मसीहलाई आफ्नो पालनहार बनाए, जबकि यिनीहरूलाई मात्र एक एकलै अल्लाहकै उपासनाको आदेश दिइएको थियो, जस बाहेक कोही सत्य पूजनीय छैन । ऊ उसको साझेदार ठहराउने कार्यबाट मुक्त छ ।
يُرِيدُونَ أَن يُطْفِئُوا نُورَ اللَّهِ بِأَفْوَاهِهِمْ وَيَأْبَى اللَّهُ إِلَّا أَن يُتِمَّ نُورَهُ وَلَوْ كَرِهَ الْكَافِرُونَ (32)
उनीहरू चाहन्छन् कि अल्लाहको प्रकाशलाई आफ्नो मुखले निभाइदिउन्, तर अल्लाह आफ्नो प्रकाशलाई पूर्ण नगरि छाड्नेछैन, चाहे इन्कार गर्नेहरूलाई जतिसुकै अप्रिय लागोस् ।
هُوَ الَّذِي أَرْسَلَ رَسُولَهُ بِالْهُدَىٰ وَدِينِ الْحَقِّ لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّهِ وَلَوْ كَرِهَ الْمُشْرِكُونَ (33)
उसैले आफ्नो रसूललाई मार्गदर्शन र सत्य धर्मसहित पठाएको छ ताकि यसलाई अरु अन्य धर्महरूमाथि अधिपत्य प्रदान गरोस् । यद्यपि मुश्रिकहरूलाई नराम्रो लागोस् ।
۞ يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِنَّ كَثِيرًا مِّنَ الْأَحْبَارِ وَالرُّهْبَانِ لَيَأْكُلُونَ أَمْوَالَ النَّاسِ بِالْبَاطِلِ وَيَصُدُّونَ عَن سَبِيلِ اللَّهِ ۗ وَالَّذِينَ يَكْنِزُونَ الذَّهَبَ وَالْفِضَّةَ وَلَا يُنفِقُونَهَا فِي سَبِيلِ اللَّهِ فَبَشِّرْهُم بِعَذَابٍ أَلِيمٍ (34)
हे ईमानवालाहरू ! निःसन्देह अनेक धर्मज्ञाता र उपासकहरू यस्ता छन्, जसले मानिसहरूको माल अनुचित रूपमा खान्छन्, र अल्लाहको मार्गबाट रोक्दछन्, र जसले सुन चाँदीका खजाना (एकत्र) गरिराख्दछन् । र अल्लाहको मार्गमा खर्च गर्दैनन्, त उनीहरूलाई कष्टदायक यातनाको समाचार पुर्याइदिनुस् ।
يَوْمَ يُحْمَىٰ عَلَيْهَا فِي نَارِ جَهَنَّمَ فَتُكْوَىٰ بِهَا جِبَاهُهُمْ وَجُنُوبُهُمْ وَظُهُورُهُمْ ۖ هَٰذَا مَا كَنَزْتُمْ لِأَنفُسِكُمْ فَذُوقُوا مَا كُنتُمْ تَكْنِزُونَ (35)
जुन दिन त्यस सम्पत्तिलाई नर्कको आगोमा तताईन्छ अनि त्यसले उनीहरूका निधार र कोखा र पिठ्युहरू डामिन्छन् (र भनिनेछ) ः ‘‘यहि हो जुन तिमीले आफ्नो निम्ति खजाना बनाएर राखेका थियौ त आप्mना खजानाहरूको स्वाद (मज्जा) चाख ।’’
إِنَّ عِدَّةَ الشُّهُورِ عِندَ اللَّهِ اثْنَا عَشَرَ شَهْرًا فِي كِتَابِ اللَّهِ يَوْمَ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ مِنْهَا أَرْبَعَةٌ حُرُمٌ ۚ ذَٰلِكَ الدِّينُ الْقَيِّمُ ۚ فَلَا تَظْلِمُوا فِيهِنَّ أَنفُسَكُمْ ۚ وَقَاتِلُوا الْمُشْرِكِينَ كَافَّةً كَمَا يُقَاتِلُونَكُمْ كَافَّةً ۚ وَاعْلَمُوا أَنَّ اللَّهَ مَعَ الْمُتَّقِينَ (36)
अल्लाहनिर महिनाहरूको संख्या त्यस दिनदेखि जब उसले आकाशहरू र धर्तीको सृष्टि गर्यो बाह्र छन् । उनीहरूमध्ये चार आदर र सम्मानका हुन्, यही सोझो धर्म हो । अतः तिमी यी महिनाहरूमा आफूमाथि अत्याचार नगर र मुश्रिकहरूसित सबैमिलेर जिहाद गर, जुन प्रकारले उनीहरू सबै मिलेर तिमीसित लड्दछन् । र जानिराख कि अल्लाह आत्मसंयमीहरूको साथमा छ ।
إِنَّمَا النَّسِيءُ زِيَادَةٌ فِي الْكُفْرِ ۖ يُضَلُّ بِهِ الَّذِينَ كَفَرُوا يُحِلُّونَهُ عَامًا وَيُحَرِّمُونَهُ عَامًا لِّيُوَاطِئُوا عِدَّةَ مَا حَرَّمَ اللَّهُ فَيُحِلُّوا مَا حَرَّمَ اللَّهُ ۚ زُيِّنَ لَهُمْ سُوءُ أَعْمَالِهِمْ ۗ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الْكَافِرِينَ (37)
महिनाहरूलाई अगाडि–पछाडि पार्नु कुफ्रमा एउटा बृद्धि हो, जसबाट तिनीहरू मार्गविचलनमा पर्छन् जुन् काफिर हुन् । कुनै वर्ष उनीहरूले त्यसलाई वैध ठहराउँछन् र कुनै वर्ष त्यसलाई अवैध ठहराउँदछन् ताकि अल्लाहका महिनाहरूको संख्या पूरा गरिहालुन्, र यसप्रकार अल्लाहले अवैध गरिएकोलाई वैध ठहराइहालुन् । उनीहरूका आफ्ना नराम्रा कर्म राम्रा लाग्दछन् र अल्लाह इन्कार गर्नेहरूलाई सोझो मार्ग देखाउँदैन ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا مَا لَكُمْ إِذَا قِيلَ لَكُمُ انفِرُوا فِي سَبِيلِ اللَّهِ اثَّاقَلْتُمْ إِلَى الْأَرْضِ ۚ أَرَضِيتُم بِالْحَيَاةِ الدُّنْيَا مِنَ الْآخِرَةِ ۚ فَمَا مَتَاعُ الْحَيَاةِ الدُّنْيَا فِي الْآخِرَةِ إِلَّا قَلِيلٌ (38)
हे ईमानवालाहरू ! तिमीलाई के भएको छ ? कि जब तिमीसित भनिन्छ अल्लाहको मार्गमा निस्क तब तिमी धर्तीमै टाँसिन खोज्छौ ? के तिमीले आखिरतको अपेक्षा सांसारिक जीवनलाई नै बढी रुचायौ ? सांसारिक जीवनको सुख सामग्री त आखिरतको दाँजोमा नगन्य नै छ ।
إِلَّا تَنفِرُوا يُعَذِّبْكُمْ عَذَابًا أَلِيمًا وَيَسْتَبْدِلْ قَوْمًا غَيْرَكُمْ وَلَا تَضُرُّوهُ شَيْئًا ۗ وَاللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ (39)
यदि तिमीले प्रस्थान गरेनौ भने अल्लाहले तिमीलाई दुःखद यातना दिनेछ र तिम्रो ठाउँमा अर्को समूहलाई ल्याउनेछ र तिमीले अल्लाहलाई कुनै नोक्सानी पुर्याउन सक्दैनौ । र अल्लाह हरेक कुरामाथि सामथ्र्यवान छ ।
إِلَّا تَنصُرُوهُ فَقَدْ نَصَرَهُ اللَّهُ إِذْ أَخْرَجَهُ الَّذِينَ كَفَرُوا ثَانِيَ اثْنَيْنِ إِذْ هُمَا فِي الْغَارِ إِذْ يَقُولُ لِصَاحِبِهِ لَا تَحْزَنْ إِنَّ اللَّهَ مَعَنَا ۖ فَأَنزَلَ اللَّهُ سَكِينَتَهُ عَلَيْهِ وَأَيَّدَهُ بِجُنُودٍ لَّمْ تَرَوْهَا وَجَعَلَ كَلِمَةَ الَّذِينَ كَفَرُوا السُّفْلَىٰ ۗ وَكَلِمَةُ اللَّهِ هِيَ الْعُلْيَا ۗ وَاللَّهُ عَزِيزٌ حَكِيمٌ (40)
यदि तिमीले उनको (नबी मुहम्मदको) सहायता नगरे पनि अल्लाहले नै त्यसबेला पनि उनको सहायता गर्यो जबकि अनास्थावानहरूले उनलाई यस अवस्थामा (देशबाट) निकाले जबकि उनीमात्र दुईमध्येका दोस्रो थिए, र जबकि दुवै गुफामा थिए । जब उनी आफ्नो साथीसित भनिराखेका थिएः शोकाकुल नहोेऊ, अवश्य अल्लाह हाम्रो साथमा छ । अनि अल्लाहले उसमाथि आफ्नो तर्फबाट प्रशान्ति उतार्यो र यस्ता सेनाहरूद्धारा उनको मद्दत ग¥यो, जसलाई तिमीले देख्न सकेनौ र उसले काफिरहरूको कुरा तल पारिदियो र बोली त अल्लाहकै उच्च र प्रिय रहन्छ । र अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।
انفِرُوا خِفَافًا وَثِقَالًا وَجَاهِدُوا بِأَمْوَالِكُمْ وَأَنفُسِكُمْ فِي سَبِيلِ اللَّهِ ۚ ذَٰلِكُمْ خَيْرٌ لَّكُمْ إِن كُنتُمْ تَعْلَمُونَ (41)
हलुका र भारी दुवै अवस्थामा तिमीहरू निस्किहाल, र अल्लाहको मार्गमा आफ्नो माल, ज्यानका साथ जिहाद गर । यही नै तिम्रो निम्ति राम्रो छ, यदि तिमीमा ज्ञान छ ।
لَوْ كَانَ عَرَضًا قَرِيبًا وَسَفَرًا قَاصِدًا لَّاتَّبَعُوكَ وَلَٰكِن بَعُدَتْ عَلَيْهِمُ الشُّقَّةُ ۚ وَسَيَحْلِفُونَ بِاللَّهِ لَوِ اسْتَطَعْنَا لَخَرَجْنَا مَعَكُمْ يُهْلِكُونَ أَنفُسَهُمْ وَاللَّهُ يَعْلَمُ إِنَّهُمْ لَكَاذِبُونَ (42)
यदि छिटै नै केही धन–सम्पत्ति प्राप्त हुने भए र यात्रा पनि सजिलो भएको भए, उनीहरू अवश्य नै तपाइँको पछि हिंडिहाल्थे, किन्तु मार्गको दूरी उनीहरूलाई कठिन र लामो लाग्यो । अब उनीहरू अल्लाहका शपथ खानेछन् कि, ‘‘यदि हामीमा यसको सामथ्र्य भएको भए अवश्य नै तपाइँको साथमा निस्कन्थ्यौैं’’ । उनीहरूले स्वयं आफूलाई विनाशमा पारिराखेका छन् र अल्लाह राम्ररी जान्दछ कि निश्चय नै उनीहरू झूठा हुन् ।
عَفَا اللَّهُ عَنكَ لِمَ أَذِنتَ لَهُمْ حَتَّىٰ يَتَبَيَّنَ لَكَ الَّذِينَ صَدَقُوا وَتَعْلَمَ الْكَاذِبِينَ (43)
अल्लाहले तिमीलाई माफ गरोस्, तिमीले उनीहरूलाई अनुमति किन दिइहाल्यौ, जबकि जो सच्चा छन्, उनीहरू तिम्रो अगाडि प्रकट भइहाल्थे र झूठालाई पनि तिमी जानिहाल्थ्यौ ।
لَا يَسْتَأْذِنُكَ الَّذِينَ يُؤْمِنُونَ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ أَن يُجَاهِدُوا بِأَمْوَالِهِمْ وَأَنفُسِهِمْ ۗ وَاللَّهُ عَلِيمٌ بِالْمُتَّقِينَ (44)
अल्लाह र कियामतको दिनमाथि ईमान र विश्वास राख्नेहरूले त माल र ज्यानले जिहाद गर्नेबाट रोकनको लागी तिमीसित कहिल्यै पनि अनुमति चाहँदैनन्, र अल्लाह आत्मसंयमीहरूलाई राम्ररी जान्दछ ।
إِنَّمَا يَسْتَأْذِنُكَ الَّذِينَ لَا يُؤْمِنُونَ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ وَارْتَابَتْ قُلُوبُهُمْ فَهُمْ فِي رَيْبِهِمْ يَتَرَدَّدُونَ (45)
तिमीसित यो अनुमति त उनीहरूले नै चाहन्छन्, जसलाई न अल्लाहमाथि ईमान छ र न आखिरतको दिनमा विश्वास छ, जसको हृदयमा शंकाहरू परिसकेका छन् र उनीहरू आफ्नै शंकामा परेशान छन् ।
۞ وَلَوْ أَرَادُوا الْخُرُوجَ لَأَعَدُّوا لَهُ عُدَّةً وَلَٰكِن كَرِهَ اللَّهُ انبِعَاثَهُمْ فَثَبَّطَهُمْ وَقِيلَ اقْعُدُوا مَعَ الْقَاعِدِينَ (46)
यदि उनीहरूको विचार जिहादको निम्ति निस्कने भएको भए, उनीहरू यस यात्राको निम्ति सामग्री तयार गरेर राख्थे, तर अल्लाहले उनीहरूको उठ्ने कामलाई रुचाएन । तसर्थ उसले उनीहरूलाई सक्रिय हुनाबट रोकिदियो । उनीहरूसित भनियो तिमीहरू बस्नेहरूको साथमा बसिराख ।
لَوْ خَرَجُوا فِيكُم مَّا زَادُوكُمْ إِلَّا خَبَالًا وَلَأَوْضَعُوا خِلَالَكُمْ يَبْغُونَكُمُ الْفِتْنَةَ وَفِيكُمْ سَمَّاعُونَ لَهُمْ ۗ وَاللَّهُ عَلِيمٌ بِالظَّالِمِينَ (47)
यदि तिनीहरू तिम्रो साथमा निस्केको भएपनि तिम्रो निम्ति उत्पात बाहेक अरु कुनै कुराको वृद्धि गर्ने थिएनन् । बरु उनीहरूले तिम्रो माझमा निकै उपद्रव मचाउनको लागि दौडधूप गर्दथे । तिमीहरूमा फूट पार्ने प्रयास गर्ने थिए। उनीहरूलाई मान्नेहरू स्वयं तिमीमा विद्यमान छन् । र अल्लाह अत्यचारीहरूलाई राम्रोसँग जान्दछ ।
لَقَدِ ابْتَغَوُا الْفِتْنَةَ مِن قَبْلُ وَقَلَّبُوا لَكَ الْأُمُورَ حَتَّىٰ جَاءَ الْحَقُّ وَظَهَرَ أَمْرُ اللَّهِ وَهُمْ كَارِهُونَ (48)
यिनीहरू त यसभन्दा पहिला पनि उपद्रव मचाउँदै गरेका हुन् र तिम्रो विरुद्ध कार्य एवं कुराहरूलाई तलमाथि गरिराखेका थिए । यहाँसम्मकि हक (सच्चाई) आइपुग्यो र अल्लाहको आदेश प्रकट भयो, यद्यपि उनीहरूलाई अप्रिय नै लागिराख्यो ।
وَمِنْهُم مَّن يَقُولُ ائْذَن لِّي وَلَا تَفْتِنِّي ۚ أَلَا فِي الْفِتْنَةِ سَقَطُوا ۗ وَإِنَّ جَهَنَّمَ لَمُحِيطَةٌ بِالْكَافِرِينَ (49)
उनीहरूमध्ये कोही त भन्दछन्ः मलाई अनुमति दिनुस् र मलाई उपद्रवमा नअल्झाउनुस् । सावधान रहनु कि उनीहरू त विवादमा परिसकेका छन्, र निश्चय नै नर्कले पनि इन्कार गर्नेहरूलाई घेरामा हाल्नेछ ।
إِن تُصِبْكَ حَسَنَةٌ تَسُؤْهُمْ ۖ وَإِن تُصِبْكَ مُصِيبَةٌ يَقُولُوا قَدْ أَخَذْنَا أَمْرَنَا مِن قَبْلُ وَيَتَوَلَّوا وَّهُمْ فَرِحُونَ (50)
तपाईंलाई यदि राम्रो अवस्था आउँछ भने उनीहरूलाई नराम्रो लाग्छ र कुनै नराम्रो कुरा आइपुग्छ भने उनीहरू भन्छन्ः ‘‘हामीले त आफ्नो काम पहिले नै राम्रो पारिसकेका थियौं ।’’ र उनीहरू खुशी भएर फर्कन्छन् ।
قُل لَّن يُصِيبَنَا إِلَّا مَا كَتَبَ اللَّهُ لَنَا هُوَ مَوْلَانَا ۚ وَعَلَى اللَّهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ (51)
तपाई भनिदिनुस् हामीलाई अल्लाहले हाम्रो निम्ति लेखिदिए बाहेक अरु कुनै कुरा पुग्न सक्दैन । उही हाम्रो स्वामी र योजनाकार हो । र ईमानवालाहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्छ ।
قُلْ هَلْ تَرَبَّصُونَ بِنَا إِلَّا إِحْدَى الْحُسْنَيَيْنِ ۖ وَنَحْنُ نَتَرَبَّصُ بِكُمْ أَن يُصِيبَكُمُ اللَّهُ بِعَذَابٍ مِّنْ عِندِهِ أَوْ بِأَيْدِينَا ۖ فَتَرَبَّصُوا إِنَّا مَعَكُم مُّتَرَبِّصُونَ (52)
भनिदिनुस् तिमीहरू हाम्रो बारेमा जुन कुराको प्रतीक्षा गरिराखेका छौ, त्यो दुईटा भलाईहरूमध्ये एउटा हो र हामी तिम्रो हकमा प्रतीक्षा गर्दछौं कि या त अल्लाहले आफ्नो तर्फबाट कुनै यातना तिमीलाई देओस् वा हाम्रो हातबाट, तसर्थ एकातिर तिमी प्रतीक्षारत रह अर्कोतिर तिम्रो साथमा हामी पनि प्रतीक्षारत छौं ।
قُلْ أَنفِقُوا طَوْعًا أَوْ كَرْهًا لَّن يُتَقَبَّلَ مِنكُمْ ۖ إِنَّكُمْ كُنتُمْ قَوْمًا فَاسِقِينَ (53)
भनिदिनुस् तिमी चाहे स्वेच्छापूर्वक खर्च गर वा अनिच्छापूर्वक, तिमीबाट केही पनि स्वीकार गरिने छैन । निःसन्देह तिमी अवज्ञाकारी हौ ।
وَمَا مَنَعَهُمْ أَن تُقْبَلَ مِنْهُمْ نَفَقَاتُهُمْ إِلَّا أَنَّهُمْ كَفَرُوا بِاللَّهِ وَبِرَسُولِهِ وَلَا يَأْتُونَ الصَّلَاةَ إِلَّا وَهُمْ كُسَالَىٰ وَلَا يُنفِقُونَ إِلَّا وَهُمْ كَارِهُونَ (54)
उनीहरूको खर्च स्वीकार्य हुनुमा यसबाहेक अरु कुनै कुरा बाधक छैन, कि उनीहरू अल्लाह र उसको रसूलको अवज्ञाकारी हुन् । र नमाजÞमा धेरै अल्छी भएर आउँछन् र खर्च गर्नुपर्दा पनि अनिच्छापूर्वक गर्दछन् ।
فَلَا تُعْجِبْكَ أَمْوَالُهُمْ وَلَا أَوْلَادُهُمْ ۚ إِنَّمَا يُرِيدُ اللَّهُ لِيُعَذِّبَهُم بِهَا فِي الْحَيَاةِ الدُّنْيَا وَتَزْهَقَ أَنفُسُهُمْ وَهُمْ كَافِرُونَ (55)
अतः उनीहरूका माल र सन्तान तपाईंलाई आश्चर्यमा नपारुन् । अल्लाहको इच्छा यही छ कि उसले उनीहरूलाई सांसारिक जीवनमा नै यातना देओस् र उनीहरूका प्राण कुफ्रकै अवस्थामा निस्कुन् ।
وَيَحْلِفُونَ بِاللَّهِ إِنَّهُمْ لَمِنكُمْ وَمَا هُم مِّنكُمْ وَلَٰكِنَّهُمْ قَوْمٌ يَفْرَقُونَ (56)
यिनीहरू अल्लाहको शपथ खाई–खाई भन्दछन् कि यिनीहरू तिम्रो समूहका मानिस हुन् । जबकि यिनीहरू वास्तवमा तिम्रा होइनन्, कुरो मात्र यति छ कि यिनीहरू डरछेरुवाहरू हुन् ।
لَوْ يَجِدُونَ مَلْجَأً أَوْ مَغَارَاتٍ أَوْ مُدَّخَلًا لَّوَلَّوْا إِلَيْهِ وَهُمْ يَجْمَحُونَ (57)
यदि उनीहरूले कुनै शरण लिने ठाउँ वा कुनै गुफा वा कुनै टाउको लुकाउने ठाउँ, पाउँछन् भने त अवश्य नै त्यतातिर लगाम तोडी छिटोफर्कि भाग्नेछन् ।
وَمِنْهُم مَّن يَلْمِزُكَ فِي الصَّدَقَاتِ فَإِنْ أُعْطُوا مِنْهَا رَضُوا وَإِن لَّمْ يُعْطَوْا مِنْهَا إِذَا هُمْ يَسْخَطُونَ (58)
उनीहरूमा केही त्यस्ता पनि छन् जसले खैरातको मालको वितरण सम्बन्धमा तपाईंमाथि लान्छना लगाउँछन्, यदि उनीहरूलाई यसबाट दिइयो भने खुशी हुन्छन् र यदि त्यसबाट दिइएन भने तुरुन्त क्रोधित हुन थाल्छन् ।
وَلَوْ أَنَّهُمْ رَضُوا مَا آتَاهُمُ اللَّهُ وَرَسُولُهُ وَقَالُوا حَسْبُنَا اللَّهُ سَيُؤْتِينَا اللَّهُ مِن فَضْلِهِ وَرَسُولُهُ إِنَّا إِلَى اللَّهِ رَاغِبُونَ (59)
यदि यिनीहरू अल्लाह र रसूलले दिएको कुरामा खुशी रहन्थे र भन्थे कि अल्लाह हाम्रो निम्ति पर्याप्त छ, अल्लाहले हामीलाई आफ्नो अनुग्रहले दिनेछ र उसको रसूल पनि, हामी त अल्लाहबाटै आशा गर्नेवाला छौं ।
۞ إِنَّمَا الصَّدَقَاتُ لِلْفُقَرَاءِ وَالْمَسَاكِينِ وَالْعَامِلِينَ عَلَيْهَا وَالْمُؤَلَّفَةِ قُلُوبُهُمْ وَفِي الرِّقَابِ وَالْغَارِمِينَ وَفِي سَبِيلِ اللَّهِ وَابْنِ السَّبِيلِ ۖ فَرِيضَةً مِّنَ اللَّهِ ۗ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ (60)
सद्का (विशेष किसिमको दान) मात्र गरिब, र निमुखाहरूको निम्ति हुन्, र जो यस कामका लागि नियुक्त गरिएका हुन् र उनीहरूको लागि जसका हृदयलाई आकृष्ट गर्नु र रिझाउन अभिष्ट हुन्छ र दासहरूलाई मुक्त गराउनुमा र ऋणिहरूको ऋण तिर्नलाई र अल्लाहको बाटोमा र यात्रीहरूको सहायताको निम्ति । यो अल्लाहको तर्फबाट पठाइएको अनिवार्य आदेश हो । अल्लाह सबैकुरा जान्नेवाला, अत्यन्त तत्वदर्शी छ ।
وَمِنْهُمُ الَّذِينَ يُؤْذُونَ النَّبِيَّ وَيَقُولُونَ هُوَ أُذُنٌ ۚ قُلْ أُذُنُ خَيْرٍ لَّكُمْ يُؤْمِنُ بِاللَّهِ وَيُؤْمِنُ لِلْمُؤْمِنِينَ وَرَحْمَةٌ لِّلَّذِينَ آمَنُوا مِنكُمْ ۚ وَالَّذِينَ يُؤْذُونَ رَسُولَ اللَّهِ لَهُمْ عَذَابٌ أَلِيمٌ (61)
र उनीहरूमध्ये यस्ता पनि छन्, जो नबीलाई दुःख दिन्छन्, र भन्दछन्ः (त्यो त) कानको कमजोर हो । भनिदिनुस्ः ‘‘त्यो कान तिम्रो भलोको निम्ति हो । उसले अल्लाहमाथि ईमान राख्दछ र मुसलमानहरूको कुरामा विश्वास गर्दछ । र तिमीमध्ये जो ईमानवाला छन्, यो उनीहरूको निम्ति रहमत (पुरस्कार) हो, रसूलुल्लाहलाई जसले यातना दिन्छन्, उनीहरूको निम्ति दुःखद यातना छ ।
يَحْلِفُونَ بِاللَّهِ لَكُمْ لِيُرْضُوكُمْ وَاللَّهُ وَرَسُولُهُ أَحَقُّ أَن يُرْضُوهُ إِن كَانُوا مُؤْمِنِينَ (62)
उनीहरूले तिमीलाई खुशी पार्नको निम्ति मात्र तिम्रो अगाडि अल्लाहको शपथ खान्छन् । जबकि यदि यिनी ईमानदार भएको भए अल्लाह र उसको रसूललाई खुशी पार्न धेरै हकदार हुन्थे ।
أَلَمْ يَعْلَمُوا أَنَّهُ مَن يُحَادِدِ اللَّهَ وَرَسُولَهُ فَأَنَّ لَهُ نَارَ جَهَنَّمَ خَالِدًا فِيهَا ۚ ذَٰلِكَ الْخِزْيُ الْعَظِيمُ (63)
के यिनीहरू जान्दैनन् कि जो पनि अल्लाह र उसको रसूलको विरोध गर्नेछ, उसको निम्ति निश्चय नै नर्कको आगो छ जसमा तिनी सँधैं रहनेवाला छन् । यो ठूलो अपमानजनक कुरा हो ।
يَحْذَرُ الْمُنَافِقُونَ أَن تُنَزَّلَ عَلَيْهِمْ سُورَةٌ تُنَبِّئُهُم بِمَا فِي قُلُوبِهِمْ ۚ قُلِ اسْتَهْزِئُوا إِنَّ اللَّهَ مُخْرِجٌ مَّا تَحْذَرُونَ (64)
मुनाफिकहरू (कपटी)लाई सधैं यस कुराको भय रहन्छ कि मुसलमानहरूमाथि यस्तो सूराः अवतरित नहोस् जसले उनीहरूको हृदयका कुरा यिनीहरूलाई बताइदेओस् । भनिदिनुस् तिमी खिल्ली उडाइराख, निःसन्देह महान अल्लाह त्यसलाई प्रकट गर्नेवाला छ, जुन कुराको तिमीलाई भय छ ।
وَلَئِن سَأَلْتَهُمْ لَيَقُولُنَّ إِنَّمَا كُنَّا نَخُوضُ وَنَلْعَبُ ۚ قُلْ أَبِاللَّهِ وَآيَاتِهِ وَرَسُولِهِ كُنتُمْ تَسْتَهْزِئُونَ (65)
यदि तपाईंले उनीहरूसंग सोध्नुहुन्छ भने स्पष्ट भन्नेछन् कि हामी त यस्तै आपसमा हाँसो(खेल) गरिराखेका थियौं । भन्नुस्ः ‘‘के अल्लाह, उसको आयतहरू र उसको रसूलनै तिम्रो लागि हाँसोखेलका पात्र हुन्
لَا تَعْتَذِرُوا قَدْ كَفَرْتُم بَعْدَ إِيمَانِكُمْ ۚ إِن نَّعْفُ عَن طَائِفَةٍ مِّنكُمْ نُعَذِّبْ طَائِفَةً بِأَنَّهُمْ كَانُوا مُجْرِمِينَ (66)
तिमी बहाना नबनाऊ, निश्चय नै तिमीले ईमान ल्याएपछि काफिÞर भएका हौ । यदि हामीले तिमीमध्ये केहीलाई क्षमा गरिहालें पनि केहीलाई उनको कसूरको लागि यातना दिएर नै छाड्ने छौं किनभने उनीहरू अपराधी हुन् ।
الْمُنَافِقُونَ وَالْمُنَافِقَاتُ بَعْضُهُم مِّن بَعْضٍ ۚ يَأْمُرُونَ بِالْمُنكَرِ وَيَنْهَوْنَ عَنِ الْمَعْرُوفِ وَيَقْبِضُونَ أَيْدِيَهُمْ ۚ نَسُوا اللَّهَ فَنَسِيَهُمْ ۗ إِنَّ الْمُنَافِقِينَ هُمُ الْفَاسِقُونَ (67)
सबै कप्टी पुरुष र स्त्री आपसमा एक समान छन् । यिनीहरूले नराम्रो कामगर्न लगाउँछन् र राम्रो कुराबाट रोक्छन् र कन्जूसी गर्दछन् । उनीहरूले अल्लाहलाई बिर्सिहालेछन् त अल्लाहले उनीहरूलाई पनि बिर्सिदियो । निश्चय नै मुनाफिकÞ, अवज्ञाकारी र चरित्रहीन छन् ।
وَعَدَ اللَّهُ الْمُنَافِقِينَ وَالْمُنَافِقَاتِ وَالْكُفَّارَ نَارَ جَهَنَّمَ خَالِدِينَ فِيهَا ۚ هِيَ حَسْبُهُمْ ۚ وَلَعَنَهُمُ اللَّهُ ۖ وَلَهُمْ عَذَابٌ مُّقِيمٌ (68)
महान अल्लाहले यी मुनाफिकÞ पुरुष, स्त्री र काफिरहरूसित नर्कको आगोको वाचा गरिसकेको छ । जहाँ यिनीहरू सधैं रहनेछन्, त्यही नै यिनीहरूको निम्ति पर्याप्त छ । उनीहरूमाथि अल्लाहको धिक्कार छ । र यिनीहरूकै निम्ति स्थायी यातना छ ।
كَالَّذِينَ مِن قَبْلِكُمْ كَانُوا أَشَدَّ مِنكُمْ قُوَّةً وَأَكْثَرَ أَمْوَالًا وَأَوْلَادًا فَاسْتَمْتَعُوا بِخَلَاقِهِمْ فَاسْتَمْتَعْتُم بِخَلَاقِكُمْ كَمَا اسْتَمْتَعَ الَّذِينَ مِن قَبْلِكُم بِخَلَاقِهِمْ وَخُضْتُمْ كَالَّذِي خَاضُوا ۚ أُولَٰئِكَ حَبِطَتْ أَعْمَالُهُمْ فِي الدُّنْيَا وَالْآخِرَةِ ۖ وَأُولَٰئِكَ هُمُ الْخَاسِرُونَ (69)
उनीहरू जस्तै, जो तिमीभन्दा पहिला थिए, उनीहरू शक्तिमा तिमीभन्दा निकै शक्तिशाली र धनसम्पति र सन्तानहरूमा धेरै सम्पन्न थिए । अनि उनीहरूले आफ्नो भागको आनन्द लिन चाहे र तिमी पनि आफ्नो भागको स्वाद लिन चाहेको जुन प्रकारले तिमीभन्दा पहिलाका मानिसहरूले आफ्नो भागबाट लाभान्वित भएका थिए र जुन प्रकारले उनीहरू वादविवादमा परेका थिए, तिमी पनि उस्तै हाँसख्यालको वादविवादमा परिहाल्यौ । यी तिनै हुन् जसका कर्महरू दुनियाँ र आखिÞरतमा व्यर्थ भए, र तिनै घाटामा पर्नेवाला हुन् ।
أَلَمْ يَأْتِهِمْ نَبَأُ الَّذِينَ مِن قَبْلِهِمْ قَوْمِ نُوحٍ وَعَادٍ وَثَمُودَ وَقَوْمِ إِبْرَاهِيمَ وَأَصْحَابِ مَدْيَنَ وَالْمُؤْتَفِكَاتِ ۚ أَتَتْهُمْ رُسُلُهُم بِالْبَيِّنَاتِ ۖ فَمَا كَانَ اللَّهُ لِيَظْلِمَهُمْ وَلَٰكِن كَانُوا أَنفُسَهُمْ يَظْلِمُونَ (70)
के उनीहरूलाई ती मानिसहरूको बृत्तान्त पुगेन, जो उनीभन्दा पहिला गुज्रिसकेका छन्— नूह, आद र समूदका कौमहरू, र इब्राहीमको कौमका र मदियनवालाको र ती उल्टो बस्तीहरूका बासिन्दाको उनका रसूलहरू उनीहरूको पासमा खुल्ला निशानीहरू लिएर आएका थिए, अनि अल्लाह यस्तो थिएन कि उसले उनीहरूमाथि अत्याचार गरोस् परन्तु उनीहरू स्वयंले आफूमाथि अत्याचार गरिराखेका थिए ।
وَالْمُؤْمِنُونَ وَالْمُؤْمِنَاتُ بَعْضُهُمْ أَوْلِيَاءُ بَعْضٍ ۚ يَأْمُرُونَ بِالْمَعْرُوفِ وَيَنْهَوْنَ عَنِ الْمُنكَرِ وَيُقِيمُونَ الصَّلَاةَ وَيُؤْتُونَ الزَّكَاةَ وَيُطِيعُونَ اللَّهَ وَرَسُولَهُ ۚ أُولَٰئِكَ سَيَرْحَمُهُمُ اللَّهُ ۗ إِنَّ اللَّهَ عَزِيزٌ حَكِيمٌ (71)
मोमिन पुरुष, स्त्रीहरू परस्पर एकअर्काका सहायक र मित्र हुन् उनीहरूले राम्रो कुरा गर्न भन्दछन् र नराम्रो कुराबाट रोक्दछन् । नियमित नमाजÞ पढदछन्, जकात दिन्छन्, अल्लाह र उसका रसूलको आज्ञापालन गर्दछन् । यी तिनै मानिस हुन्, जसमाथि शीघ्र नै अल्लाहले दया गर्नेछ । निःसन्देह अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।
وَعَدَ اللَّهُ الْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا وَمَسَاكِنَ طَيِّبَةً فِي جَنَّاتِ عَدْنٍ ۚ وَرِضْوَانٌ مِّنَ اللَّهِ أَكْبَرُ ۚ ذَٰلِكَ هُوَ الْفَوْزُ الْعَظِيمُ (72)
अल्लाहले यी मोमिन् (आस्थावान) पुरुषहरू र मोमिन् स्त्रीहरूसित स्वर्गको वचन दिएको छ जसमुनि नहरहरू बगिराखेका हुनेछन्, जसमा उनीहरू सधैं बास गर्नेछन् र पवित्र निवास गृहहरूको पनि (वादा) छ, जुन समाप्त नहुनेवाला जन्नतमा छन् र अल्लाहको प्रसन्नता सबभन्दा ठूलो कुरा हो, यही नै सबभन्दा ठूलो सफलता हो ।
يَا أَيُّهَا النَّبِيُّ جَاهِدِ الْكُفَّارَ وَالْمُنَافِقِينَ وَاغْلُظْ عَلَيْهِمْ ۚ وَمَأْوَاهُمْ جَهَنَّمُ ۖ وَبِئْسَ الْمَصِيرُ (73)
हे नबी ! इन्कार गर्ने र मुनाफिकÞहरूसित धर्म युद्ध जारी राख । र उनीहरूसित कडाईकासाथ व्यवहार गर । अन्ततः उनीहरूको ठेगाना नर्क हो र त्यो साह्रै नराम्रो ठाउँ हो ।
يَحْلِفُونَ بِاللَّهِ مَا قَالُوا وَلَقَدْ قَالُوا كَلِمَةَ الْكُفْرِ وَكَفَرُوا بَعْدَ إِسْلَامِهِمْ وَهَمُّوا بِمَا لَمْ يَنَالُوا ۚ وَمَا نَقَمُوا إِلَّا أَنْ أَغْنَاهُمُ اللَّهُ وَرَسُولُهُ مِن فَضْلِهِ ۚ فَإِن يَتُوبُوا يَكُ خَيْرًا لَّهُمْ ۖ وَإِن يَتَوَلَّوْا يُعَذِّبْهُمُ اللَّهُ عَذَابًا أَلِيمًا فِي الدُّنْيَا وَالْآخِرَةِ ۚ وَمَا لَهُمْ فِي الْأَرْضِ مِن وَلِيٍّ وَلَا نَصِيرٍ (74)
उनीहरू अल्लाहको शपथ खाएर भन्दछन् कि उनीहरूले भनेनन्, जबकि उनीहरूले अवश्य नै कुफ्रको कुरा गरेका हुन् । र आफूले इस्लाम स्वीकार गरेपश्चात इन्कार गरे, र उनीहरूले त्यस कामको इच्छा पनि गरे, जुन पूरा हुनसकेन । र उनीहरूको प्रतिशोधको कारण त यो हो कि अल्लाह आफ्नो कृपाले र उसको रसूलले उनीहरूलाई समृद्ध गरिहाले । यदि उनीहरू अहिले पनि प्रायश्चित गरे भने उनीहरूकै लागि राम्रो हुनेछ र यदि उनीहरू विमुख भए भने अल्लाहले उनीहरूलाई दुनियाँ र आखिरतमा दुःखद यातना दिनेछ र धर्तीमा उनीहरूको नकोही मित्र हुनेछ र न त सहायक ।
۞ وَمِنْهُم مَّنْ عَاهَدَ اللَّهَ لَئِنْ آتَانَا مِن فَضْلِهِ لَنَصَّدَّقَنَّ وَلَنَكُونَنَّ مِنَ الصَّالِحِينَ (75)
उनीहरूमध्ये केही यस्ता व्यक्तिहरू पनि छन् जसले अल्लाहसंग वचन दिएका थिए कि यदि उसले हामीलाई आफ्नो कृपाले दियो भने हामी अवश्य नै दान गर्नेछौं र पक्कापक्की सदाचारीमध्येका हुनेछौं ।
فَلَمَّا آتَاهُم مِّن فَضْلِهِ بَخِلُوا بِهِ وَتَوَلَّوا وَّهُم مُّعْرِضُونَ (76)
तर जब अल्लाहले उनीहरूलाई आफ्नो अनुग्रहले दियो त उनीहरूले त्यसमा कन्जूस्याई गर्नथाले र आलटाल गरी विमुख भइहाले ।
فَأَعْقَبَهُمْ نِفَاقًا فِي قُلُوبِهِمْ إِلَىٰ يَوْمِ يَلْقَوْنَهُ بِمَا أَخْلَفُوا اللَّهَ مَا وَعَدُوهُ وَبِمَا كَانُوا يَكْذِبُونَ (77)
अनि त्यसको सजायमा अल्लाहले उनीहरूका हृदयमा त्यस दिनसम्मको लागि कप्टाचार हालिदियो, जबकि उनीहरू उसित भेट्नेछन् किनभने उनीहरूले अल्लाहसित जुन प्रतिज्ञा गरेका थिए, त्यसलाई भङ्ग गरिदिए र यसकारण पनि कि उनीहरू झूठ बोल्दै गरे ।
أَلَمْ يَعْلَمُوا أَنَّ اللَّهَ يَعْلَمُ سِرَّهُمْ وَنَجْوَاهُمْ وَأَنَّ اللَّهَ عَلَّامُ الْغُيُوبِ (78)
के उनीहरूलाई थाहा छैन कि अल्लाह उनीहरूको मनको रहस्य र उनीहरूको कानेखुसीलाई राम्ररी जान्दछ र यो कि अल्लाह अदृश्यका सम्पूर्ण कुराहरू राम्ररी जान्दछ ।
الَّذِينَ يَلْمِزُونَ الْمُطَّوِّعِينَ مِنَ الْمُؤْمِنِينَ فِي الصَّدَقَاتِ وَالَّذِينَ لَا يَجِدُونَ إِلَّا جُهْدَهُمْ فَيَسْخَرُونَ مِنْهُمْ ۙ سَخِرَ اللَّهُ مِنْهُمْ وَلَهُمْ عَذَابٌ أَلِيمٌ (79)
जुन मानिसहरूले उदारतापूर्वक दान गर्ने मोमिनहरूमाथि उनीहरूको दानको विषयमा कटाक्ष गर्दछन् र उनीहरूको उपहास गर्दछन् जसको पासमा उनीहरूको परिश्रम बाहेक अरु केही छैन, त तिनीहरूको उपहास अल्लाहले गर्दछ र उनीहरूको निम्ति दुःखद यातना छ ।
اسْتَغْفِرْ لَهُمْ أَوْ لَا تَسْتَغْفِرْ لَهُمْ إِن تَسْتَغْفِرْ لَهُمْ سَبْعِينَ مَرَّةً فَلَن يَغْفِرَ اللَّهُ لَهُمْ ۚ ذَٰلِكَ بِأَنَّهُمْ كَفَرُوا بِاللَّهِ وَرَسُولِهِ ۗ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الْفَاسِقِينَ (80)
तिमी उनीहरूको निम्ति क्षमाको प्रार्थना गर वा नगर । यदि तिमी उनीहरूको निम्ति सत्तरी पटक पनि क्षमाको प्रार्थना गर्छौं भने, अल्लाहले उनीहरूलाई क्षमा गर्नेछैन, किनभने उनीहरू अल्लाह र उसको रसूलसँग कुफ्र गरे र अल्लाह अवज्ञारीहरूलाई सोझो मार्ग देखाउँदैन ।
فَرِحَ الْمُخَلَّفُونَ بِمَقْعَدِهِمْ خِلَافَ رَسُولِ اللَّهِ وَكَرِهُوا أَن يُجَاهِدُوا بِأَمْوَالِهِمْ وَأَنفُسِهِمْ فِي سَبِيلِ اللَّهِ وَقَالُوا لَا تَنفِرُوا فِي الْحَرِّ ۗ قُلْ نَارُ جَهَنَّمَ أَشَدُّ حَرًّا ۚ لَّوْ كَانُوا يَفْقَهُونَ (81)
पछि परेकाहरू रसूलुल्लाह(सल्लल्लाहो अलैहे वसल्लम) गइसकेपश्चात आफू बसिराख्नुमा खुशी छन् । उनीहरूले अल्लाहको मार्गमा आफ्ना माल र आफ्नो ज्यानहरूसित जिहाद गर्न रुचाएनन् र उनीहरूले भने कि यस गर्मीमा ननिस्क । भनिदिनुस् कि नर्कको आगो साह्रै नै गरम छ । यिनीहरूले यो कुरा बुझेको भए कति राम्रो हुने थियो ।
فَلْيَضْحَكُوا قَلِيلًا وَلْيَبْكُوا كَثِيرًا جَزَاءً بِمَا كَانُوا يَكْسِبُونَ (82)
तसर्थ यिनीहरूले आफ्ना क्रियाकलापहरूको बदलामा जो यिनीहरूले गर्दथे कम हाँसुन् र धेरै रोउन् ।
فَإِن رَّجَعَكَ اللَّهُ إِلَىٰ طَائِفَةٍ مِّنْهُمْ فَاسْتَأْذَنُوكَ لِلْخُرُوجِ فَقُل لَّن تَخْرُجُوا مَعِيَ أَبَدًا وَلَن تُقَاتِلُوا مَعِيَ عَدُوًّا ۖ إِنَّكُمْ رَضِيتُم بِالْقُعُودِ أَوَّلَ مَرَّةٍ فَاقْعُدُوا مَعَ الْخَالِفِينَ (83)
अब यदि अल्लाहले तपाईलाई उनीहरूको कुनै समूहतिर फर्काएर लगाएपछि अनि भविष्यमा तिनीहरूले तपाईंसित युद्ध मैदानमा निस्कन अनुमति चाहन्छन् भने त भनिदिनुस्ः ‘‘तिमीहरू मेरो साथमा कहिल्यै पनि निस्कन सक्दैनौ र न त मेरो साथमा कुनै शत्रुसँग लड्न सक्छौ । तिमीले पहिलोपटक नै बसिराख्न रुचायौ, तसर्थ अब पछि पर्नेहरूकै साथमा बसिराख ।
وَلَا تُصَلِّ عَلَىٰ أَحَدٍ مِّنْهُم مَّاتَ أَبَدًا وَلَا تَقُمْ عَلَىٰ قَبْرِهِ ۖ إِنَّهُمْ كَفَرُوا بِاللَّهِ وَرَسُولِهِ وَمَاتُوا وَهُمْ فَاسِقُونَ (84)
यिनीहरूमध्ये कोही मर्छ भने तपाईंले उसको जनाजाको नमाज कहिल्यै नपढ्नु र न उसको चिहान छेउ उभिनु । यिनीहरूले अल्लाह र उसका रसूलको अवज्ञा गरे, र मर्ने बेलासम्म पनि उल्लङ्घनकारी र तिरस्कृत नै रहे ।
وَلَا تُعْجِبْكَ أَمْوَالُهُمْ وَأَوْلَادُهُمْ ۚ إِنَّمَا يُرِيدُ اللَّهُ أَن يُعَذِّبَهُم بِهَا فِي الدُّنْيَا وَتَزْهَقَ أَنفُسُهُمْ وَهُمْ كَافِرُونَ (85)
तपाईंलाई तिनीहरूका धन–सम्पत्ति र सन्तान आकृष्ट नगरुन् । अल्लाह त यही नै चाहन्छ कि ती कुराहरूद्वारा उनीहरूलाई संसारमा सजाय देओस् र यिनीहरू आफ्नो प्राण ननिस्कुनजेलसम्म काफिर नै रहुन् ।
وَإِذَا أُنزِلَتْ سُورَةٌ أَنْ آمِنُوا بِاللَّهِ وَجَاهِدُوا مَعَ رَسُولِهِ اسْتَأْذَنَكَ أُولُو الطَّوْلِ مِنْهُمْ وَقَالُوا ذَرْنَا نَكُن مَّعَ الْقَاعِدِينَ (86)
जब कुनै सूराः उतारिन्छ कि, ‘‘अल्लाहमाथि आस्था राख र उसका रसूलको साथ मिलेर जिहाद गर’’। त यिनीमध्ये सम्पन्नहरूको एउटा समूह तपाईंको पासमा आएर विदा माँग्दछन् र भन्छन् कि ‘‘हामीलाई त बसिराख्नेहरूसित नै छोडिदिनुस्’’।
رَضُوا بِأَن يَكُونُوا مَعَ الْخَوَالِفِ وَطُبِعَ عَلَىٰ قُلُوبِهِمْ فَهُمْ لَا يَفْقَهُونَ (87)
उनीहरूले त पर्दाभित्रका स्त्रीहरूकै साथदिने कुरामा प्रसन्न भइहाले, र उनीहरूको हृदयमा छाप लगाइहालियो । अब उनीहरू केही बुझ्दैनन् ।
لَٰكِنِ الرَّسُولُ وَالَّذِينَ آمَنُوا مَعَهُ جَاهَدُوا بِأَمْوَالِهِمْ وَأَنفُسِهِمْ ۚ وَأُولَٰئِكَ لَهُمُ الْخَيْرَاتُ ۖ وَأُولَٰئِكَ هُمُ الْمُفْلِحُونَ (88)
तर स्वयं रसूल (सन्देष्टा) र उनका साथमा ईमानवालाहरूले आफ्नो माल र ज्यानसित जिहाद गर्दछन् । यी व्यक्तिहरू नै भलाईवाला हुन् र यी मानिसहरू नै सफलता प्राप्त गर्नेवाला हुन् ।
أَعَدَّ اللَّهُ لَهُمْ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا ۚ ذَٰلِكَ الْفَوْزُ الْعَظِيمُ (89)
यिनीहरूकै निम्ति अल्लाहले ती स्वर्गहरू तयार गरेको छ, जसमुनि नहरहरू बगिराखेका छन् जसमा यिनीहरू सधैं रहनेछन् । यही ठूलो सफलता हो ।
وَجَاءَ الْمُعَذِّرُونَ مِنَ الْأَعْرَابِ لِيُؤْذَنَ لَهُمْ وَقَعَدَ الَّذِينَ كَذَبُوا اللَّهَ وَرَسُولَهُ ۚ سَيُصِيبُ الَّذِينَ كَفَرُوا مِنْهُمْ عَذَابٌ أَلِيمٌ (90)
बहाना बनाउने केही अज्ञान पनि आए ताकि उनीहरूलाई विदा दिइयोस् र जो अल्लाह र उसका रसूलसँग झूठा कुरा गरे, उनीहरू पनि बसिराखे । उनीहरूमध्ये जसले इन्कार गरे तिनीहरूलाई शिघ्र नै एउटा दुःखद यातना पुगेर नै छाड्नेछ ।
لَّيْسَ عَلَى الضُّعَفَاءِ وَلَا عَلَى الْمَرْضَىٰ وَلَا عَلَى الَّذِينَ لَا يَجِدُونَ مَا يُنفِقُونَ حَرَجٌ إِذَا نَصَحُوا لِلَّهِ وَرَسُولِهِ ۚ مَا عَلَى الْمُحْسِنِينَ مِن سَبِيلٍ ۚ وَاللَّهُ غَفُورٌ رَّحِيمٌ (91)
कम्जोर र रोगीहरूमाथि र उनीहरूमाथि जसको पासमा खर्च गर्नको निम्ति केही पनि छैन, कुनै दोष छैन, यस शर्तमा कि उनीहरू अल्लाह र उसका रसूलप्रति निष्ठावान् छन् । यस्ता असल काम गर्नेहरूमाथि दोषको कुनै गुन्जाइस छैन । अल्लाह त बडो क्षमाशील, अत्यन्त दयावान छ ।
وَلَا عَلَى الَّذِينَ إِذَا مَا أَتَوْكَ لِتَحْمِلَهُمْ قُلْتَ لَا أَجِدُ مَا أَحْمِلُكُمْ عَلَيْهِ تَوَلَّوا وَّأَعْيُنُهُمْ تَفِيضُ مِنَ الدَّمْعِ حَزَنًا أَلَّا يَجِدُوا مَا يُنفِقُونَ (92)
र न त उनीहरूमाथि कुनै दोष लाग्छ जो तपाईंको पासमा आउँछन् कि तपाईंले उनीहरूको निम्ति सवारीको प्रबन्ध गरिदिनुस् अनि तपाईंले जवाफ दिनुहुन्छ कि म तिमीहरूको सवारीको निम्ति केही पनि पाउन्न, त उनीहरू दुःखद अवस्थामा आँखाबाट आँसु बगाउँदै फर्कन्छन् कि उनीहरूसित खर्च गर्नको निम्ति केही पनि उपलब्ध छैन ।
۞ إِنَّمَا السَّبِيلُ عَلَى الَّذِينَ يَسْتَأْذِنُونَكَ وَهُمْ أَغْنِيَاءُ ۚ رَضُوا بِأَن يَكُونُوا مَعَ الْخَوَالِفِ وَطَبَعَ اللَّهُ عَلَىٰ قُلُوبِهِمْ فَهُمْ لَا يَعْلَمُونَ (93)
निःसन्देह दोष त मात्रै उनीहरूमाथि छ जो सम्पन्न हुँदा–हुँदै पनि तपाईंसित विदा माँग्दछन् । यिनीहरू त पर्दाभित्र घरमा बसिराख्ने स्त्रीहरूको साथदिनुमा खुशी छन् र उनीहरूको हृदयमा अल्लाहले छाप लगाईसकेको छ, जसबाट तिनीहरू अज्ञान भइसकेका छन् ।
يَعْتَذِرُونَ إِلَيْكُمْ إِذَا رَجَعْتُمْ إِلَيْهِمْ ۚ قُل لَّا تَعْتَذِرُوا لَن نُّؤْمِنَ لَكُمْ قَدْ نَبَّأَنَا اللَّهُ مِنْ أَخْبَارِكُمْ ۚ وَسَيَرَى اللَّهُ عَمَلَكُمْ وَرَسُولُهُ ثُمَّ تُرَدُّونَ إِلَىٰ عَالِمِ الْغَيْبِ وَالشَّهَادَةِ فَيُنَبِّئُكُم بِمَا كُنتُمْ تَعْمَلُونَ (94)
जब तिमी फर्केर उनीहरूको पासमा पुग्छौ त उनीहरूले तिमी समक्ष बहाना बनाउने छन् । तपाईं भनिदिनुस्ः यो बहाना नबनाऊः हामीले तिमीलाई कहिल्यै साँचो ठान्ने छैनौं । अल्लाहले हामीलाई तिम्रा बृतान्त भनिसकेको छ, । र पछि पनि अल्लाह र उसको रसूलले तिम्रा क्रियाकलाप देख्नेछन्, अनि यस्ताको पासमा फर्काइनेछौ जो अदृश्य र प्रकट सबैको ज्ञाता छ । अनि जे–जति क्रियाकलाप तिमीले गर्दैआएका छौ, उसले तिमीलाई भनिदिनेछ ।
سَيَحْلِفُونَ بِاللَّهِ لَكُمْ إِذَا انقَلَبْتُمْ إِلَيْهِمْ لِتُعْرِضُوا عَنْهُمْ ۖ فَأَعْرِضُوا عَنْهُمْ ۖ إِنَّهُمْ رِجْسٌ ۖ وَمَأْوَاهُمْ جَهَنَّمُ جَزَاءً بِمَا كَانُوا يَكْسِبُونَ (95)
यिनीहरू अब तपार्इं अगाडि किरिया खानेछन् जब तपार्इं उनीनिर फर्केर जानुहुन्छ ताकि तपाईंले उनीहरूलाई उनको अवस्थामा छाडिदिनुस् । तसर्थ तपाईंले उनीहरूलाई उनको हालतमा छाडिदिनुस् किनभने उनीहरू पूर्ण फोहरी छन्, उनको बासस्थान नर्क हो त्यस क्रियाकलापको साटो जुन तिनीहरूले गर्दथे ।
يَحْلِفُونَ لَكُمْ لِتَرْضَوْا عَنْهُمْ ۖ فَإِن تَرْضَوْا عَنْهُمْ فَإِنَّ اللَّهَ لَا يَرْضَىٰ عَنِ الْقَوْمِ الْفَاسِقِينَ (96)
यिनीहरू यस कारण शपथ खानेछन्, कि तपाईं उनिहरूसंग खुशी भइहाल्नुस् । यदि तपार्इं उनीसँग खुशी भए पनि अल्लाह कदापि यस्ता ‘‘फासिक’’ अवज्ञाकारी मान्छेहरूसँग खुशी हुँदैन ।
الْأَعْرَابُ أَشَدُّ كُفْرًا وَنِفَاقًا وَأَجْدَرُ أَلَّا يَعْلَمُوا حُدُودَ مَا أَنزَلَ اللَّهُ عَلَىٰ رَسُولِهِ ۗ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ (97)
अज्ञानीहरू (अरबका बद्दुहरू) साह्रै ठूला काफिर र पाखण्डी छन् र तिनीहरूका लागि यही नै मुनासिब छ कि जुन आदेशहरू अल्लाहले आफ्नो रसूललाई पठाउनु भएको छ, त्यसबाट तिनीहरू अनभिज्ञ रहुन् र अल्लाह सर्वज्ञाता र बुद्धिमत्ता सम्पन्न छ ।
وَمِنَ الْأَعْرَابِ مَن يَتَّخِذُ مَا يُنفِقُ مَغْرَمًا وَيَتَرَبَّصُ بِكُمُ الدَّوَائِرَ ۚ عَلَيْهِمْ دَائِرَةُ السَّوْءِ ۗ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ (98)
र केही अज्ञानी यस्ता छन् कि जे जति खर्च गर्दछन् त्यसलाई जरिमाना ठान्दछन् र तिम्रो निम्ति विपत्तिको प्रतिक्षामा रहन्छन् । तिनीहरूमाथि नै ठूलो आपत्ति आओस् र अल्लाह सबै कुरा सुन्ने (र) जान्नेवाला छ ।
وَمِنَ الْأَعْرَابِ مَن يُؤْمِنُ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ وَيَتَّخِذُ مَا يُنفِقُ قُرُبَاتٍ عِندَ اللَّهِ وَصَلَوَاتِ الرَّسُولِ ۚ أَلَا إِنَّهَا قُرْبَةٌ لَّهُمْ ۚ سَيُدْخِلُهُمُ اللَّهُ فِي رَحْمَتِهِ ۗ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ (99)
र केही अज्ञानीहरू यस्ता पनि छन् जो कि अल्लाह र आखिरतको दिनमाथि आस्था राख्दछन् र जे जति खर्च गर्दछन्, त्यसलाई अल्लाहको सामीप्य र पैगम्बरको आशिर्वाद प्राप्त गर्ने माध्यम ठान्दछन् । हेर, अवश्य नै त्यसले, तिनीहरूलाई त्यसको समीपमा लग्ने छ । अल्लाहले तिनीहरूलाई शीघ्र नै आफ्नो दयाको पात्र बनाउने छ । अल्लाह क्षमादाता र बडो कृपालु छ ।
وَالسَّابِقُونَ الْأَوَّلُونَ مِنَ الْمُهَاجِرِينَ وَالْأَنصَارِ وَالَّذِينَ اتَّبَعُوهُم بِإِحْسَانٍ رَّضِيَ اللَّهُ عَنْهُمْ وَرَضُوا عَنْهُ وَأَعَدَّ لَهُمْ جَنَّاتٍ تَجْرِي تَحْتَهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا أَبَدًا ۚ ذَٰلِكَ الْفَوْزُ الْعَظِيمُ (100)
र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिस) सत्मार्गमा अग्रसरता देखाएका छन् र जसले साथमा रही तिनीहरूको अनुशरण गरे, अल्लाह तिनीहरूसित खुशी छ र तिनीहरू पनि अल्लाहसित प्रसन्न छन् तिनीहरूको निम्ति यस्ता बगैंचाहरू तयार छन् जसको तल नहरहरू बगिरहने छन् (तिनीहरू) सधैं त्यसमा बास गर्नेछन् । यही ठूलो सफलता हो ।
وَمِمَّنْ حَوْلَكُم مِّنَ الْأَعْرَابِ مُنَافِقُونَ ۖ وَمِنْ أَهْلِ الْمَدِينَةِ ۖ مَرَدُوا عَلَى النِّفَاقِ لَا تَعْلَمُهُمْ ۖ نَحْنُ نَعْلَمُهُمْ ۚ سَنُعَذِّبُهُم مَّرَّتَيْنِ ثُمَّ يُرَدُّونَ إِلَىٰ عَذَابٍ عَظِيمٍ (101)
र केही तिम्रा छरछिमेकका र केही मदीनाका बासिन्दाहरू पनि पाखण्डमा परेका छन् । तपाईंले तिनीहरूलाई जान्नुहुँदैन, हामीले तिनीहरूलाई जान्दछौं, हामीले तिनीहरूलाई दोब्बर सजाय दिनेछौं, अनि तिनीहरू झन् ठूलो सजायतिर लगिने छन् ।
وَآخَرُونَ اعْتَرَفُوا بِذُنُوبِهِمْ خَلَطُوا عَمَلًا صَالِحًا وَآخَرَ سَيِّئًا عَسَى اللَّهُ أَن يَتُوبَ عَلَيْهِمْ ۚ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ (102)
र केही अरु मानिसहरू छन् जसले कि आफ्ना त्रुटिहरू स्पष्टरूपले स्वीकार गर्दछन्, जसले असल र खराब दुवै किसिमका काम गरेका थिए । आशा छ कि अल्लाहले तिनीहरूको पश्चाताप स्वीकार गर्नेछ । निःसन्देह अल्लाह ठूलो क्षमादाता, दयावान् छ ।
خُذْ مِنْ أَمْوَالِهِمْ صَدَقَةً تُطَهِّرُهُمْ وَتُزَكِّيهِم بِهَا وَصَلِّ عَلَيْهِمْ ۖ إِنَّ صَلَاتَكَ سَكَنٌ لَّهُمْ ۗ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ (103)
तिनीहरूको सम्पत्तिबाट तपाईंले सदका (दान) लिनुस् जसबाट तिनीहरूलाई तपार्इंले शुद्ध र पवित्र गरिदिनुस् र तिनीहरूको लागि प्रार्थना गर्नुस्, निःसन्देह तपार्इंको प्रार्थना तिनीहरूको सन्तुष्टिको श्रोत हो र अल्लाह धेरै सुन्नेवाला र जान्नेवाला छ ।
أَلَمْ يَعْلَمُوا أَنَّ اللَّهَ هُوَ يَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهِ وَيَأْخُذُ الصَّدَقَاتِ وَأَنَّ اللَّهَ هُوَ التَّوَّابُ الرَّحِيمُ (104)
के यिनीहरूलाई यो थाहा छैन कि अल्लाहले नै आफ्ना भक्तहरूबाट प्रायश्चित स्वीकार गर्दछ र उसैले दानहरू स्वीकार गर्दछ, र निःसन्देह अल्लाह नै प्रायश्चित स्वीकार गर्नेवाला र परम दयालु छ ।
وَقُلِ اعْمَلُوا فَسَيَرَى اللَّهُ عَمَلَكُمْ وَرَسُولُهُ وَالْمُؤْمِنُونَ ۖ وَسَتُرَدُّونَ إِلَىٰ عَالِمِ الْغَيْبِ وَالشَّهَادَةِ فَيُنَبِّئُكُم بِمَا كُنتُمْ تَعْمَلُونَ (105)
भनिदिनुस् कि तिमी सत्कर्म गर्दै जाऊ, अल्लाह र उसका रसूल र मोमिनहरू सबैले तिम्रा क्रियाकलाप हेर्नेछन् । र तिमीले दृश्य–अदृश्यको ज्ञातातर्फ अवश्य फर्काइनेछौ । अनि उसले जे जति गर्दै आएका छौ, त्यो सबै तिमीलाई बताउने छ ।
وَآخَرُونَ مُرْجَوْنَ لِأَمْرِ اللَّهِ إِمَّا يُعَذِّبُهُمْ وَإِمَّا يَتُوبُ عَلَيْهِمْ ۗ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ (106)
र केही यस्ता छन् जसको मुद्दा अल्लाहको आदेश आउञ्जेलसम्म मुल्तवी छ, (उसले) चाहे तिनीहरूलाई सजाय देओस्, वा उनको प्रयाश्चित स्वीकार गरोस् र अल्लाह सर्वज्ञाता र तत्वदर्शी छ ।
وَالَّذِينَ اتَّخَذُوا مَسْجِدًا ضِرَارًا وَكُفْرًا وَتَفْرِيقًا بَيْنَ الْمُؤْمِنِينَ وَإِرْصَادًا لِّمَنْ حَارَبَ اللَّهَ وَرَسُولَهُ مِن قَبْلُ ۚ وَلَيَحْلِفُنَّ إِنْ أَرَدْنَا إِلَّا الْحُسْنَىٰ ۖ وَاللَّهُ يَشْهَدُ إِنَّهُمْ لَكَاذِبُونَ (107)
र तिनीहरूमध्ये केही यस्ता पनि छन् जसले कि यस उद्देश्यले मस्जिदको निर्माण गरे ताकि हानि पुर्याऊन् र कुफ्रको कुरा गरुन्, र मोमिनहरूमा कलह सृजना गरुन् र तिनीहरूको लागि साधन जुटाऊन् जसले अघि अल्लाह र उसका रसूलको विरोध गरिसकेछन् र किरिया खान्छन् कि हाम्रो उद्देश्य त मात्र भलो गर्नु थियो, तर अल्लाह साक्षी छ कि तिनीहरू झूठा छन् ।
لَا تَقُمْ فِيهِ أَبَدًا ۚ لَّمَسْجِدٌ أُسِّسَ عَلَى التَّقْوَىٰ مِنْ أَوَّلِ يَوْمٍ أَحَقُّ أَن تَقُومَ فِيهِ ۚ فِيهِ رِجَالٌ يُحِبُّونَ أَن يَتَطَهَّرُوا ۚ وَاللَّهُ يُحِبُّ الْمُطَّهِّرِينَ (108)
तपाईं त्यस (मस्जिद)मा कहिले पनि न उभिनु । त्यस बाहेक जुन मस्जिदको जग नै प्रारम्भदेखि अल्लाहको भक्तिमा आधारित छ, त्यो यस योग्य छ कि तपाईं त्यसमा गएर उभिनुस् । यसमा यस्ता मानिसहरू छन् जसले कि पवित्र रहन रुचाउँछन् ! र अल्लाहले पनि पवित्र रहनेहरूलाई प्रेम गर्दछ ।
أَفَمَنْ أَسَّسَ بُنْيَانَهُ عَلَىٰ تَقْوَىٰ مِنَ اللَّهِ وَرِضْوَانٍ خَيْرٌ أَم مَّنْ أَسَّسَ بُنْيَانَهُ عَلَىٰ شَفَا جُرُفٍ هَارٍ فَانْهَارَ بِهِ فِي نَارِ جَهَنَّمَ ۗ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الظَّالِمِينَ (109)
के त्यो मानिस जसले आफ्नो भवनको जग अल्लाहको भय र उसको प्रसन्नतामा राखेको छ, ऊ राम्रो हो वा त्यो राम्रो छ, जसले आफ्नो भवनको जग भत्कन लागेको भीरको छेउमा हाल्यो, जुन उसलाई लिएर नर्कको आगोमा ढलिहाल्छ र अल्लाहले यस्ता अपराधीहरूलाई मार्गदर्शन गर्दैन ।
لَا يَزَالُ بُنْيَانُهُمُ الَّذِي بَنَوْا رِيبَةً فِي قُلُوبِهِمْ إِلَّا أَن تَقَطَّعَ قُلُوبُهُمْ ۗ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ (110)
उनीहरूको यो भवन जुन तिनीहरूले निर्माण गरेका छन्, सधैं तिनीहरूको हृदयमा (काँडा बनेर) शंका र छटपटि उब्जाइराख्ने छ, जबसम्म तिनीहरूका मुटु छिया–छिया हुँदैनन् र अल्लाह सर्वज्ञ, तत्वदर्शी छ ।
۞ إِنَّ اللَّهَ اشْتَرَىٰ مِنَ الْمُؤْمِنِينَ أَنفُسَهُمْ وَأَمْوَالَهُم بِأَنَّ لَهُمُ الْجَنَّةَ ۚ يُقَاتِلُونَ فِي سَبِيلِ اللَّهِ فَيَقْتُلُونَ وَيُقْتَلُونَ ۖ وَعْدًا عَلَيْهِ حَقًّا فِي التَّوْرَاةِ وَالْإِنجِيلِ وَالْقُرْآنِ ۚ وَمَنْ أَوْفَىٰ بِعَهْدِهِ مِنَ اللَّهِ ۚ فَاسْتَبْشِرُوا بِبَيْعِكُمُ الَّذِي بَايَعْتُم بِهِ ۚ وَذَٰلِكَ هُوَ الْفَوْزُ الْعَظِيمُ (111)
निःसन्देह अल्लाहले मोमिनहरूबाट तिनीहरूको प्राण र माल तिनीहरूका लागि स्वर्गको सट्टामा किनिसकेको छ । यिनीहरू अल्लाहको मार्गमा युद्ध गर्दछन्, जसमा मार्दछन् र मारिन्छन् पनि । यो तौरात, इंजील र कुरआनमा भएको सत्य वचन हो, र अल्लाहभन्दा बढी आफ्नो वचन पूरा गर्नेवाला को छ ? तसर्थ जुन सौदा तिमीले उससँग गरेका छौ त्यसबाट प्रसन्न रह, र यही नै ठूलो सफलता हो ।
التَّائِبُونَ الْعَابِدُونَ الْحَامِدُونَ السَّائِحُونَ الرَّاكِعُونَ السَّاجِدُونَ الْآمِرُونَ بِالْمَعْرُوفِ وَالنَّاهُونَ عَنِ الْمُنكَرِ وَالْحَافِظُونَ لِحُدُودِ اللَّهِ ۗ وَبَشِّرِ الْمُؤْمِنِينَ (112)
प्रायश्चित गर्नेहरू, उपासना गर्नेहरू, (अल्लाहको) प्रशंसा गर्नेहरू, उपवास बस्नेहरू, (अथवा सत्मार्गमा यात्रा गर्नेहरू) रुकूअ् गर्नेहरू, ढोगनेहरू सत्कर्मको उपदेश दिनेहरू र दुष्कर्मबाट रोक्नेहरू, अल्लाहका सीमाहरूको (अल्लाहले निर्धारित गरेको सीमा) रक्षा गर्नेहरू (मोमिन हुन्), र हे मुहम्मद मोमिनहरूलाई स्वर्गको शुभसन्देश सुनाइदिनुस् ।
مَا كَانَ لِلنَّبِيِّ وَالَّذِينَ آمَنُوا أَن يَسْتَغْفِرُوا لِلْمُشْرِكِينَ وَلَوْ كَانُوا أُولِي قُرْبَىٰ مِن بَعْدِ مَا تَبَيَّنَ لَهُمْ أَنَّهُمْ أَصْحَابُ الْجَحِيمِ (113)
सन्देष्टा र अन्य मुसलमानलाई उचित छैन कि मुश्रिकहरूको लागि क्षमा याचना गरुन्, जबकि यो प्रकट भइसकेको छ कि तिनीहरू नारकिय हुन् चाहे तिनीहरू नजिकका नातेदार नै किन नहोऊन् ।
وَمَا كَانَ اسْتِغْفَارُ إِبْرَاهِيمَ لِأَبِيهِ إِلَّا عَن مَّوْعِدَةٍ وَعَدَهَا إِيَّاهُ فَلَمَّا تَبَيَّنَ لَهُ أَنَّهُ عَدُوٌّ لِّلَّهِ تَبَرَّأَ مِنْهُ ۚ إِنَّ إِبْرَاهِيمَ لَأَوَّاهٌ حَلِيمٌ (114)
र इब्राहीमले आफ्नो पिताको निम्ति क्षमायाचना गरेको कुरा त एउटा वाचाको कारणले थियो, जुन उनले ऊसँग गरिसकेका थिए, तर जब उनलाई थाहा भयो कि ऊ अल्लाहको शत्रु हो । त त्यसबाट अलग भइहाले । यसमा कुनै सन्देह छैन कि इब्राहीम(अलैहिस्सलाम) धेरै कोमल हृदयका र सहनशील थिए ।
وَمَا كَانَ اللَّهُ لِيُضِلَّ قَوْمًا بَعْدَ إِذْ هَدَاهُمْ حَتَّىٰ يُبَيِّنَ لَهُم مَّا يَتَّقُونَ ۚ إِنَّ اللَّهَ بِكُلِّ شَيْءٍ عَلِيمٌ (115)
र अल्लाह यस्तो छैन कि कुनै कौमलाई मार्गदर्शन गरे पछि, मार्ग विचलित गरोस् जबसम्म तिनीहरूलाई त्यो कुरा न भनिहालोस् जसबाट कि उनीहरू पंछिनु पर्छ । निःसन्देह अल्लाह सबै कुराको ज्ञाता छ ।
إِنَّ اللَّهَ لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ ۖ يُحْيِي وَيُمِيتُ ۚ وَمَا لَكُم مِّن دُونِ اللَّهِ مِن وَلِيٍّ وَلَا نَصِيرٍ (116)
निःसंदेह अल्लाह नै हो जसलाई आकाशहरू र पृथ्वीमाथि अधिपत्य प्राप्त छ । उसैले जिन्दगी प्रदान गर्दछ र मृत्यु दिन्छ, अल्लाह बाहेक तिम्रो अरु कोही मित्र र सहायता दिनेवाला छैन ।
لَّقَد تَّابَ اللَّهُ عَلَى النَّبِيِّ وَالْمُهَاجِرِينَ وَالْأَنصَارِ الَّذِينَ اتَّبَعُوهُ فِي سَاعَةِ الْعُسْرَةِ مِن بَعْدِ مَا كَادَ يَزِيغُ قُلُوبُ فَرِيقٍ مِّنْهُمْ ثُمَّ تَابَ عَلَيْهِمْ ۚ إِنَّهُ بِهِمْ رَءُوفٌ رَّحِيمٌ (117)
अल्लाहले पैगम्बरमाथि कृपा गरेको छ, र मुहाजिर तथा अन्सारहरूमाथि पनि, जसले संकटको अवस्थामा उहाँको साथ दिए यसको बावजूद कि तिनीहरूमध्ये केहीका हृदयहरू झण्डै विमुख हुने अवस्थामा थिए, फेरि अल्लाहले तिनीहरूमाथि दया गर्यो । निःसन्देह ऊ तिनीहरूलाई धेरै माया गर्नेवाला र दयावान छ ।
وَعَلَى الثَّلَاثَةِ الَّذِينَ خُلِّفُوا حَتَّىٰ إِذَا ضَاقَتْ عَلَيْهِمُ الْأَرْضُ بِمَا رَحُبَتْ وَضَاقَتْ عَلَيْهِمْ أَنفُسُهُمْ وَظَنُّوا أَن لَّا مَلْجَأَ مِنَ اللَّهِ إِلَّا إِلَيْهِ ثُمَّ تَابَ عَلَيْهِمْ لِيَتُوبُوا ۚ إِنَّ اللَّهَ هُوَ التَّوَّابُ الرَّحِيمُ (118)
र ती तीन जनाको अवस्थामाथि पनि ध्यान दियो जसको कुरा (निर्णय) मुल्तवी (स्थगित) गरिएको थियो, यहाँसम्म कि पृथ्वी आफ्नो विस्तारको बावजूद तिनीहरूको निम्ति साँगुरो भइहाल्यो र तिनीहरूका आत्मा पनि व्याकुल भइहाले र तिनीहरूलाई थाहा भयो कि अल्लाहबाट बच्नको लागि कहीं शरण छैन, शरण छ भने त उसैको समीपमा छ । अनि (अल्लाहले) तिनीहरूमाथि दया गर्यो ताकि प्रायश्चित गर्न सकुन् । निःसन्देह अल्लाह नै प्रयाश्चित स्वीकार गर्नेवाला र दयावान छ ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَكُونُوا مَعَ الصَّادِقِينَ (119)
हे ईमानवालाहरू ! अल्लाहसँग डर मान्ने गर र सत्यवादीहरूको संगतमा रह ।
مَا كَانَ لِأَهْلِ الْمَدِينَةِ وَمَنْ حَوْلَهُم مِّنَ الْأَعْرَابِ أَن يَتَخَلَّفُوا عَن رَّسُولِ اللَّهِ وَلَا يَرْغَبُوا بِأَنفُسِهِمْ عَن نَّفْسِهِ ۚ ذَٰلِكَ بِأَنَّهُمْ لَا يُصِيبُهُمْ ظَمَأٌ وَلَا نَصَبٌ وَلَا مَخْمَصَةٌ فِي سَبِيلِ اللَّهِ وَلَا يَطَئُونَ مَوْطِئًا يَغِيظُ الْكُفَّارَ وَلَا يَنَالُونَ مِنْ عَدُوٍّ نَّيْلًا إِلَّا كُتِبَ لَهُم بِهِ عَمَلٌ صَالِحٌ ۚ إِنَّ اللَّهَ لَا يُضِيعُ أَجْرَ الْمُحْسِنِينَ (120)
मदीनाका बासिन्दाहरू र उनीहरूको छरछिमेकमा बस्ने ग्रामिणहरूका निम्ति अल्लाहका पैगम्बरलाई छोडेर घरमा बसिरहनु उचित थिएन न त आफ्नो प्राणलाई उनको ज्यानभन्दा प्रिय ठान्नु, यो यस कारण कि अल्लाहको बाटोमा तिनलाई जुन तिर्खा लाग्यो, थकाई लाग्योे वा भोक लाग्यो वा यस्ता ठाउँमा हिंडे जहाँ काफिरहरूलाई रिस उठ्छ वा शत्रुहरूलाई ठीक पारे, यस्ता प्रत्येक कर्ममा तिनीहरूको नाममा एक–एक सत्कर्म लेखियो । निःसन्देह अल्लाहले सत्कर्म गर्नेहरूको प्रतिफल नष्ट पार्दैन ।
وَلَا يُنفِقُونَ نَفَقَةً صَغِيرَةً وَلَا كَبِيرَةً وَلَا يَقْطَعُونَ وَادِيًا إِلَّا كُتِبَ لَهُمْ لِيَجْزِيَهُمُ اللَّهُ أَحْسَنَ مَا كَانُوا يَعْمَلُونَ (121)
र (यसै प्रकार) तिनीहरूले जे खर्च गरे थोरै अथवा धेरै अथवा (साहसपूर्ण तरिकाले) जति मैदान पार गरे, यी सबै तिनीहरूको नाममा (सत्कर्महरू अन्तर्गत) लेखिन्छन् ताकि अल्लाहले तिनीहरूका कर्महरूको राम्रो प्रतिफल प्रदान गर्न सकोस् ।
۞ وَمَا كَانَ الْمُؤْمِنُونَ لِيَنفِرُوا كَافَّةً ۚ فَلَوْلَا نَفَرَ مِن كُلِّ فِرْقَةٍ مِّنْهُمْ طَائِفَةٌ لِّيَتَفَقَّهُوا فِي الدِّينِ وَلِيُنذِرُوا قَوْمَهُمْ إِذَا رَجَعُوا إِلَيْهِمْ لَعَلَّهُمْ يَحْذَرُونَ (122)
र यो त हुनै सक्तैन कि मोमिनहरू सबै निस्किहालुन्, त यस्तो किन नगरियोस् कि प्रत्येक ठूलो समूहमध्येबाट एउटा सानो समूह जाने गरोस् ताकि धर्मको शिक्षा ग्रहण गरुन् र आफ्ना समूहतिर फर्केर आएपछि भयको कुरा सुनाउन् ताकि तिनीहरू डरुन् (र आफूलाई दृष्कर्मबाट टाढा राखुन्) ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا قَاتِلُوا الَّذِينَ يَلُونَكُم مِّنَ الْكُفَّارِ وَلْيَجِدُوا فِيكُمْ غِلْظَةً ۚ وَاعْلَمُوا أَنَّ اللَّهَ مَعَ الْمُتَّقِينَ (123)
हे मोमिनहरू ! आफ्नो समीपका काफिरहरूसँग युद्ध गर र तिनीहरूले तिमीमा कठोरता पाउनु पर्छ र जानिराख कि अल्लाह परहेजगारहरूको साथमा छ ।
وَإِذَا مَا أُنزِلَتْ سُورَةٌ فَمِنْهُم مَّن يَقُولُ أَيُّكُمْ زَادَتْهُ هَٰذِهِ إِيمَانًا ۚ فَأَمَّا الَّذِينَ آمَنُوا فَزَادَتْهُمْ إِيمَانًا وَهُمْ يَسْتَبْشِرُونَ (124)
र जब कुनै सूरः अवतरित हुन्छ त केही कपटीहरूले भन्दछन्ः कि यस सूरःले तिमीहरूमध्ये कसको ईमानमा अभिवृद्धि गरेको छ ? हो, जो ईमानवाला छन् तिनीहरूको ईमानमा वृद्धि गरेको छ, र तिनीहरू प्रसन्न हुने गर्दछन् ।
وَأَمَّا الَّذِينَ فِي قُلُوبِهِم مَّرَضٌ فَزَادَتْهُمْ رِجْسًا إِلَىٰ رِجْسِهِمْ وَمَاتُوا وَهُمْ كَافِرُونَ (125)
र जुन मानिसहरूको हृदयमा रोग छ, तिनीहरूको निम्ति फोहरमाथि फोहरको वृद्धि गर्यो र तिनीहरू काफिर भएकै अवस्थामा नै मरे ।
أَوَلَا يَرَوْنَ أَنَّهُمْ يُفْتَنُونَ فِي كُلِّ عَامٍ مَّرَّةً أَوْ مَرَّتَيْنِ ثُمَّ لَا يَتُوبُونَ وَلَا هُمْ يَذَّكَّرُونَ (126)
र के यिनीहरूले देख्दैनन् कि यिनीहरू प्रत्येक वर्ष एक दुई पटक कुनै नकुनै संकटमा पर्ने गर्दछन्, तै पनि प्रायश्चित गर्दैनन् र न उपदेश नै ग्रहण गर्दछन् ।
وَإِذَا مَا أُنزِلَتْ سُورَةٌ نَّظَرَ بَعْضُهُمْ إِلَىٰ بَعْضٍ هَلْ يَرَاكُم مِّنْ أَحَدٍ ثُمَّ انصَرَفُوا ۚ صَرَفَ اللَّهُ قُلُوبَهُم بِأَنَّهُمْ قَوْمٌ لَّا يَفْقَهُونَ (127)
र जब कुनै सूरः अवतरित हुन्छ त एकअर्कातिर हेर्न थाल्दछन् (र सोध्छन्) ‘‘के कसैले तिमीलाई देख्दछ? फेरि हिंडी हाल्छन् । अल्लाहले तिनीहरूको हृदयलाई मोडिदिएको छ, किनभने यिनीहरू यस्ता मानिस हुन् जसले बुद्धिले काम लिंदैनन् ।
لَقَدْ جَاءَكُمْ رَسُولٌ مِّنْ أَنفُسِكُمْ عَزِيزٌ عَلَيْهِ مَا عَنِتُّمْ حَرِيصٌ عَلَيْكُم بِالْمُؤْمِنِينَ رَءُوفٌ رَّحِيمٌ (128)
(हे मानिसहरू हो !) तिमीहरूको माझमा तिमीहरूमध्येबाटै एउटा पैगम्बर आएका छन् । तिम्रो पीडाबाट उनी दुःखी हुन्छन् र तिम्रो भलोको निम्ति चिन्तित रहन्छन्, र ईमानवालाहरूलाई निकै मायाँ गर्ने र दयालु छन् ।
فَإِن تَوَلَّوْا فَقُلْ حَسْبِيَ اللَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ ۖ عَلَيْهِ تَوَكَّلْتُ ۖ وَهُوَ رَبُّ الْعَرْشِ الْعَظِيمِ (129)
तर यदि तिनीहरू विमुख हुन्छन् भने, भनिदिनुस् कि अल्लाह मेरो निम्ति पर्याप्त छ । उस बाहेक अरु कोही पूजा योग्य छैन । उसैमाथि मेरो भरोसा छ, र ऊ ठूलो अर्श (सिंहासन) को स्वामी हो ।
❮ السورة السابقة السورة التـالية ❯

قراءة المزيد من سور القرآن الكريم :

1- الفاتحة2- البقرة3- آل عمران
4- النساء5- المائدة6- الأنعام
7- الأعراف8- الأنفال9- التوبة
10- يونس11- هود12- يوسف
13- الرعد14- إبراهيم15- الحجر
16- النحل17- الإسراء18- الكهف
19- مريم20- طه21- الأنبياء
22- الحج23- المؤمنون24- النور
25- الفرقان26- الشعراء27- النمل
28- القصص29- العنكبوت30- الروم
31- لقمان32- السجدة33- الأحزاب
34- سبأ35- فاطر36- يس
37- الصافات38- ص39- الزمر
40- غافر41- فصلت42- الشورى
43- الزخرف44- الدخان45- الجاثية
46- الأحقاف47- محمد48- الفتح
49- الحجرات50- ق51- الذاريات
52- الطور53- النجم54- القمر
55- الرحمن56- الواقعة57- الحديد
58- المجادلة59- الحشر60- الممتحنة
61- الصف62- الجمعة63- المنافقون
64- التغابن65- الطلاق66- التحريم
67- الملك68- القلم69- الحاقة
70- المعارج71- نوح72- الجن
73- المزمل74- المدثر75- القيامة
76- الإنسان77- المرسلات78- النبأ
79- النازعات80- عبس81- التكوير
82- الإنفطار83- المطففين84- الانشقاق
85- البروج86- الطارق87- الأعلى
88- الغاشية89- الفجر90- البلد
91- الشمس92- الليل93- الضحى
94- الشرح95- التين96- العلق
97- القدر98- البينة99- الزلزلة
100- العاديات101- القارعة102- التكاثر
103- العصر104- الهمزة105- الفيل
106- قريش107- الماعون108- الكوثر
109- الكافرون110- النصر111- المسد
112- الإخلاص113- الفلق114- الناس